फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यवसायमा नैतिकतासम्बन्धी सम्मेलन आगामी हप्ता नेपालमा आयोजना हुने

(GMT+08:00) 2014-01-09 16:25:11

       'वर्ल्ड फोरम फर इथिक्स इन बिजनेस (डब्लूएफइबी) स्याटेलाइट कन्फ्रेन्स' आगामी साता नेपालमा हुने भएको छ। सम्मेलन माघ 3 देखि 5 (जनवरी 17 देखि 19)सम्म हुनेछ। त्यसअघि माघ 1 र 2 ( जनवरी 15 र 16)मा वल्र्ड युथ फोरम फर इथिक्स इन बिजनेस नामक युवालक्षित कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा 30 जना छानिएका युवाले भाग लिनेछन् र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक क्रिस्टोफ ग्लसरले प्रशिक्षण दिनेछन्। राजनीति तथा व्यापार व्यवसाय र समाजका हरेक क्षेत्रमा नैतिकता गुमेको आवाज उठिरहेका बेला व्यवसायमा नैतिकता विषयक सम्मेलन नेपालमा पहिलोपल्ट हुन लागेको हो ।

          अहिलेको चुनौतीपूर्ण समयमा मानव मूल्य र नैतिकतामा केन्द्रित भएर नैतिकतामा देखिएको ह्रास घटाउन सम्मेलनले जोड दिने बजिनेस इथिक्स फर प्रस्परस नेपालका संयोजक तीर्थमान शाक्यले बताउनुभयो। ब्रसेल्सको युरोपियन संसद्मा हरेक वर्ष डब्लूएफईबीले यससम्बन्धी कार्यक्रम गर्नेछ । गत नोभेम्बरमा भएको 9औं कार्यक्रममा 45 देशका 1 सय प्रतिनिधिले भाग लिएका थिए।

          सम्मेलनले राष्ट्रका हितका लागि वकालत समुदायलाई लामो र छोटो समयका लागि व्यवसायको नीति प्रवर्द्धन गर्न मद्दत गर्ने शाक्यले जानकारी दिनुभयो। सम्मेलनले सबै क्षेत्रका अगुवाहरूलाई निजी तथा सार्वजनिक क्षेत्रमा मानव मूल्य र नीतिलाई प्रोत्साहन गर्न दिनेछ। त्यसैगरी सरकारी नीति नियमको कार्यान्वयन, नियम पालना, व्यावसायिक नियमको आचरण र गतिविधि कार्यको निरिक्षणसमेत गर्नेछ।

          कारोबार अनलाईनका अनुसार वर्ल्ड फोरम फर इथिक्स इन बिजनेस सर्वसाधरणको हितमा काम गर्ने वेल्जियमको संस्था हो। यसको मुख्य काम संसारभर रहेका सबै व्यवसायका महत्वपूर्ण पूर्वाधारलाई बुझाउनु र स्थापना गर्नु हो। व्यापारमा नैतिकतासम्बन्धी अन्तर्राष्ट्रिय नेत्तृव गोष्ठी गर्दै डब्लूएफईबीले समाजका निजी र सरकारी सबै क्षेत्रका अग्रजलाई मानव मूल्य र नैतिकतामा जोड दिँदै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह