फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा अरबेली मुलुकहरुसम्बन्धी लिइएको नीतिबारे चीनको दृष्टिकोण प्रस्तुत

(GMT+08:00) 2014-01-09 18:29:37

         चीनका परराष्ट्र मन्त्री वाङ यीले हाल कतारको अल जजीरालाई दिनुभएको विशेष अन्तर्वार्तामा अरबेली मुलुकहरुसम्बन्धी चीनको नयाँ सरकारको नीति, प्यालेष्टाइन र इजरेलबीचको सम्बन्ध, सिरिया समस्या, इरानको आणविक वार्ताआदि विषयहरुबारे चीनको अवधारणा ब्याख्या गर्नुभएको छ।

         परराष्ट्र मन्त्री वाङ यीले चीनले अरबेली मुलुकहरुलाई आफ्नो बाटो हिड्न निरन्तर रुपमा समर्थन दिने, अरबेली मुलुकहरुलाई राजनैतिक उपायमार्फत् क्षेत्रीय समस्याको समाधान गर्न समर्थन दिने, अरबेली मुलुकहरुलाई चीनसँग संयुक्त रुपमा विकास गर्न समर्थन दिने, अरबेली मुलुकहरुलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा अझै ठूलो भूमिका निर्वाह गर्न समर्थन दिने कुरा बताउनुभयो।

         यसैबीच वाङले शान्ति वार्ता प्यालेष्टाइन र इजरेलको मेलमिलापको एक मात्रै वस्तुगत उपाय भएको विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह