फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पदमार्गका लागि विश्वमा ख्यातिप्राप्त नेपालको अन्नपूर्णमा भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि

(GMT+08:00) 2014-01-10 17:08:12

         पदमार्गका लागि विश्वमा ख्याती कमाएको राउण्ड अन्नपूर्णमा भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ। सन् 2012 तुलनामा सन् 2013 मा अन्नपूर्ण क्षेत्रको भ्रमण गर्न पर्यटकको संख्यामा 14 दशमलव 53 प्रतिशतले वृद्धि भएको हो। अङ्ग्रेजी गत वर्षमा राउण्ड अन्नपूर्णको भ्रमण गर्ने पर्यटकको संख्या 1 लाख 13 हजार 4 सय 95 रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका पर्यटन अधिकृत नरबहादुर अंगाईले जानकारी दिनुभयो।

         यसरी भ्रमण गर्ने पर्यटकका सार्क मुलकका पर्यटक 14 हजार 9 सय 15 अन्य विदेशी मुलकका पर्यटकको संख्या 98 हजार 5 सय 80 रहेको अंगाइले जानकारी दिनुभयो। पर्यटकबाट प्रवेश शुल्क वापत 20 करोड 1 लाख 43 हजार रुपैया आयोजनाले संकलन गरेको अंगाइको भनाइ छ। उहाँले सन् 2012 मा 1 लाख 6 हजार 4 सय 99 सय पर्यटकले भम्रण गरेका जानकारी दिनुभयो। सन् 2013 को अक्टोवरमा सबै भन्दा बढि 22 हजार पर्यटक भ्रमणका लागि अन्नपूर्ण क्षेत्रमा पुगेका थिए।

         त्यसैगरी अप्रिलमा 14 हजार, मार्चमा 13 हजार र नोबेम्वरमा 11 हजार पर्यटकले भ्रमण गरेका थिए। मोटर बाटोले पदयात्राको दूरी कम हुँदै जाँदा पनि बर्षेनी पर्यटक वढ्दै जानु पर्यटन क्षेत्रमा उत्साह जनक भएको देखिएको छ। यस वर्ष नेपाल संविधान सभाको चुनाव हुँदा हुँदै पनि पर्यटन आगमनमा बृद्धि भएको थियो। त्यसैगरी विश्वको उत्कृष्ट गन्तव्यमा पर्न सफल उपल्लो मुस्ताङ्ग जाने पर्यटकको संख्यामा पनि बृद्धि भएको छ। लोन्ली प्लानेटले गरेको गरेको अध्ययनमा उपल्लो मुस्ताङ्ग विश्वका पर्यटकीय गन्तव्यमा तेस्रो नम्वरमा परेको थियो। उपल्लो मुस्ताङ्ग भ्रमण गर्ने पर्यटकको संख्या सन् 2012 मा 3 हजार 2 सय 66 जना रहेकोमा 13 मा 3 हजार 3 सय 44 रहेको सेतोपाटी अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह