फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आहा रारा गोल्डकपको 12 औं संस्करण मार्च चारदेखि पन्ध्रसम्म हुने

(GMT+08:00) 2014-01-10 17:08:45

        नेपालको प्रतिष्ठित आहा रारा गोल्डकपको 12 औं संस्करण आगामी फागुन तेस्रो साता हुने भएको छ। आयोजक सहारा क्लब पोखराले पत्रकार सम्मेलन गरी फागुन 20 देखि चैत 1 सम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। यसअघि माघमा हुदै आएको प्रतियोगिता एक महिना पछि सरेको हो। सहिद स्मारक ए डिभिजन लिगको कारण प्रतियोगिता पछि सरेको हो।

        सहारा क्लबको आयोजनामा बिगत 11 बर्षदेखि बर्षेनी पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका 12 क्लवले सहभागि जनाउने आयोजकले जानकारी दिएको छ। त्यस्तै प्रतियोगिताको पुरस्कार राशीमा समेत बृद्धि गर्ने जानकारी दिएको छ।

        प्रतियोगिता सञ्चालनको लागि करिब 65 लाख खर्च लाग्ने र 80 लाख आम्दानी गरी 15 लाख बचतको लक्ष्य राखिएको क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए।

        प्रतियोगिताबाट बचत भएको रकमबाट सहारा क्लबले कठिन परिस्थिति एबं बिपन्न बर्गका बालकहरुलाई फुटबल प्रशिक्षण सहित खान बस्न र शिक्षा दिक्षाको ब्यबस्था मिलाउदै आएको छ। क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा अहिले बिभिन्न 10 जिल्लाका 17 जना बालकहरु रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह