फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विज्ञान प्रतिष्ठानको अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक सहयोग पुरस्कारबाट पाकिस्तान र अमेरिकी वैज्ञानिक पुरस्कृत

(GMT+08:00) 2014-01-10 10:10:34

          चिनियाँ विज्ञान प्रतिष्ठानको अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक सहयोगसम्बन्धी पुरस्कार 2013 जनवरी नौ तारिखका दिन पैचिङ्गमा सार्वजनिक गरिएको छ। पाकिस्तानी विज्ञान प्रतिष्ठानका प्रमुख अटा ऊर रहमान र अमेरिकी डूक विश्वविद्यालयका प्राध्यापक वाङ स्याउ फानले सो पुरस्कार प्राप्त गर्नुभएको छ।

          पाकिस्तानी विजेता रहमानले जैविक तथा प्राकृतिक औषधीको रासायनिक अध्ययन गरिरहनुभएको छ। साथै उहाँले पाकिस्तानी विज्ञान प्रतिष्ठान र चिनियाँ विज्ञान प्रतिष्ठानबीचको सहयोगात्मक तथा साझेदारी सम्बन्धलाई अगाडि बढाइरहनुभएको छ।

           वाङ स्याउ फान अमेरिकी डूक विश्वविद्यालयका प्राध्यक्षक हुनुहुन्छ साथै अन्तर्राष्ट्रिय ट्यूमर मोलिक्युलर जीव विज्ञान क्षेत्रका वरिष्ठ वैज्ञानिक हुनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह