फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युद्ध अपराध जस्ता ऐतिहासिक समस्यामा जर्मनी र जापानको व्यवहारिक गतिविधिमा भिन्नता रहेको चीनको परराष्ट्र मन्त्रालयको टिप्पणी

(GMT+08:00) 2014-01-10 17:55:17

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले युद्ध अपराध आदि ऐतिहासिक समस्याको व्यवहार गर्ने सन्दर्भमा जर्मनी र जापान दुवै देशको कारवाईमा निकै ठूलो भिन्नता रहेको बताउनुभएको छ। उहाँका अनुसार, जापानी नेताले सैन्यवाद र अतिक्रमणकारी इतिहासको स्वविचार नगर्ने बरु जथाभावी रुपमा यासुकुनी देवलको पूजा गर्ने गरेका छन्। त्यस कारवाईबाट जापानको भावी विकासमा उच्च सतर्कता र चिन्ता जन्माएको सम्बन्धित जनताको बुझाइ छ।

          प्राप्त जानकारीअनुसार, जनवरी नौ तारिखका दिन फ्रान्सेली विदेश मन्त्री लाउरेन्ट फाबियुसले त्यहाँको भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्री फुमिओ किसिदासँग भेटघाट गरेपछि चीन र जापानबीच इतिहासबाट छाडिएका समस्याहरूको समाधानका लागि फ्रान्स र जर्मनी बीचको सम्बन्धबाट अनुभव लिनुपर्ने बताउँदै इतिहासको कदर गर्ने कुरालाई दुवै पक्ष बीचको शान्तिपूर्ण र मैत्रीपूर्ण सम्बन्धको पूर्वार्धार बनाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो।

          दश तारिखका दिन पैचिङ्गमा बोल्दै प्रवक्ता व्हाले इतिहास बिर्सेको मान्छे अन्ततः पुन: गलत बाटोमा फर्कने कुरामा पनि जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह