फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्बारा अमेरिकी कूटनीतिज्ञलाई निष्काशित गरिएकोमा अमेरिकाद्वारा खेद

(GMT+08:00) 2014-01-11 15:31:45

        अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले भारतले प्रतिक्रियास्वरुप एकजना अमेरिकी कूटनीतिज्ञलाई निष्काशित गरेको घटनाप्रति खेद व्यक्त गर्नुका साथै दुवै देश बीचको कूटनीतिक तिक्तताबाट द्बिपक्षीय सम्बन्धमा चुनौती ल्याइएको स्वीकार गर्नुभएको छ।

        उहाँले दश तारिखका दिनमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै भारत सरकारको आग्रह बमोजिम भारतका लागि अमेरिकाका एकजना कूटनीतिज्ञलाई अरु काममा सरुवा गर्ने दाबी गर्नुभयो।

        उहाँले यस पटक परराष्ट्र अन्तर्द्वन्द अन्त्य हुनसक्ने आशा व्यक्त गर्नुका साथै अमेरिकासँगै मिलेर "अर्थपूर्ण कदम" चालेर दुवै देश बीचको सम्बन्धमा सुधार ल्याई द्बिपक्षीय सम्बन्धलाई "अझ रचनात्मक चरण"मा फर्काउनसक्ने अपेक्षा पनि प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह