फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय आकस्मिक सार्वजनिक घटना सम्बन्धी पूर्व चेतावनी प्रकाशन प्रणाली परीक्षणका रुपमा सञ्चालन

(GMT+08:00) 2014-01-11 18:03:25
        चीनको मौसम ब्युरोद्बारा निर्माण गरिएको राष्ट्रिय आकस्मिक सार्वजनिक घटना सम्बन्धी पूर्व चेतावनी प्रकाशन प्रणाली एघार तारिखदेखि परीक्षणका रुपमा सञ्चालन आरम्भ गरिएको छ।

        यस प्रकारको प्रणाली राष्ट्रिय आकस्मिक सार्वजनिक घटना सम्बन्धी आपतकालीन प्रणालीको एक महत्वपूर्ण अङ्ग हो। चीनको मौसम ब्युरोको वर्तमान सूचनाकरण आधारभूत प्रबन्ध र सूचना प्रकाशनको आधारमा रही त्यस प्रणालीले एउटा राष्ट्रिय स्तरीय, एकतीसवटा प्रान्तस्तरीय र तीन सय बयालीसवटा शहर स्तरका व्यवस्थापन मञ्चको आयोजना गरेर आफ्नो क्षमतालाई अझ पूर्णता दिलाएको छ। त्यसबाट सारा देशमा प्रचलित हुने आकस्मिक सार्वजनिक घटना सम्बन्धी पूर्व चेतावनी प्रकाशन प्रणाली सम्पन्न हुनसक्नेछ।

        चीनको मौसम ब्युरो अन्तर्गत सार्वजनिक मौसम सेवा केन्द्र मातहत पूर्व चेतावनी प्रकाशनको नियन्त्रण कार्यालयका उपप्रमुख छाउ च युका अनुसार, परिक्षणात्मक सञ्चालन हुने क्रममा उक्त प्रणालीले विभिन्न प्रकारका आकस्मिक घटनाको पूर्व चेतावनीको सङ्कलन, उपभोग र यथाशीघ्र प्रकाशन गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह