फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दोश्रो संविधानसभाको पहिलो बैठक माघ 8 गते बस्ने

(GMT+08:00) 2014-01-12 18:35:26

          नेपालमा दोश्रो संविधानसभाको पहिलो बैठक माघ 8 अर्थात् जनवरी 22 तारिखमा गते बस्ने भएको छ। संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले माघ 8 गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौँमा बस्ने गरी आह्वान गर्नुभएको हो। बैठक आह्वानसँगै संविधानसभाको बैठक कसले बोलाउने भन्ने विषयमा रहँदै आएको अन्योलको अन्त्य भएको छ।

          निर्वाचन आयोगले पुस 18 गते संविधानसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश गरेको थियो। राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएको माघ 8 गते 21 दिन पुग्छ। संविधानसभाको बैठक बसाउन संविधानसभा सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको जानकारी यसअघि नै दिएको छ।

          अध्यक्ष रेग्मीले नेपालको अन्तरिम संविधान, 2063 को धारा 69को उपधारा (1) बमोजिम संविधानसभाका सदस्यको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको 21 दिनभित्र प्रधानमन्त्रीले आह्वान गरेबमोजिम संविधानसभाको पहिलो बैठक बस्ने व्यवस्था भएअनुरूप बैठक आह्वान गर्नुभएको हो।

          संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउने कि मन्त्रिपरिषद्का अध्यक्षले बोलाउने विषयको छुट्टाछुट्टै रिट सर्वोच्च आदलतमा विचाराधीन छ। सर्वोच्चको फैसला हुन नै केही दिन लाग्ने कानुनविद्हरूको भनाइ छ। तर, राष्ट्रपति यादव र अध्यक्ष रेग्मीबीच शनिबार शीतलनिवासमा भएको छलफलपछि राष्ट्रपतिले बैठकबारे अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराउने निष्कर्षमा पुग्नुभएको गोरखापत्र अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह