फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारद्वारा महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) छनौट

(GMT+08:00) 2014-01-12 18:35:52

       अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने 35 उद्योगी व्यवसायी/प्रतिष्ठानलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) का रूपमा सम्मान गर्ने भएको छ।

        निकासी बढाउन र आयात प्रतिस्थापन, बढी कर दाखिला र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको आधारमा प्रतिष्ठानको सूची वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुमोदन गरेको हो। हरेक 2/2 वर्षमा दिइने सीआईपी यस वर्ष भने वितरणमा सात महिना ढिलाइ भइसकेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा रहने सीआईपी छनोट उपसमितिले सूची तयार पारी मुख्य समितिमा प्रस्ताव पठाई छनोट गरेको हो।

        सीआईपी निकासी व्यापार प्रवर्द्धनका लागि सरकारले दिने एक प्रोत्साहन हो। सीआईपी राष्ट्रप्रमुखको हातबाट एक लोगोसहित सम्मान गरिन्छ। उक्त लोगोको आधारमा महत्त्वपूर्ण स्थानमा सरकारी निकाय तथा अघिकारीले छिटोछरितो रूपमा सेवा तथा सुविधा दिनुपर्ने हुन्छ। यो लोगो कोट वा सर्टमा देखिने गरी लगाउनुपर्ने हुन्छ। त्यस्तो सीआईपी पाउने प्रतिष्ठानलाई सरकारले 16 भागमा विभाजन गरेको छ। मन्त्रालयका अनुसार सीआईपी तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका पाँच वस्तुको सबैभन्दा निकासी गर्ने, भारततर्फ निर्यात रकमको आधारमा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने, हस्तकला वस्तुको सबैभन्दा बढी निर्यात गर्ने प्रतिष्ठानको आधारमा छनोट गरिएको छ। त्यस्तै कृषिजन्य वस्तु तथा जडीबुटी क्षेत्रमा अग्रस्थानमा हुन आउने निर्यातकर्ता, चीनतर्फको निर्यातमा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने, सबैभन्दा बढी निर्यात गर्ने महिला उद्यमी पनि सीआईपी छनोटमा परेको ईकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह