फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनी च्याम्पियनशिप अन्तर्गत पोखरामा राष्ट्रिय महिला भलिवल सुरु

(GMT+08:00) 2014-01-12 18:37:26

         प्रथम लुम्बिनी च्याम्पियनशिप 2070 अन्तर्गत शनिबारदेखि पोखरामा 18 औं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालामा हजारौ दर्शकहरु माझ भएको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन पश्चिमाञ्चल विकास क्षेत्रले बिजयी सुरुआत गरेको छ।

         पश्चिमाञ्चले सुदुरपश्चिमाञ्चललाई 25-12, 25-11, 25-7 को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो। अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको कप्तानीमा मैदानमा उत्रिएको पश्चिमाञ्चलको टिममा यसपाली पुनः सिपोरा गुरुङ पनि मैदानमा उत्रिदै छन्। अस्वस्थताका कारण करीब दुई बर्ष पछि उनी पुनः खेलमा फर्किएकी हुन्।

         लिगकम नकाउटका आधारमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा 7 टिम सहभागि भएको संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक यामबहादुर गुरुङले बताउनुभयो। माघ 1 गतेसम्म चल्ने प्रतियोगितालाई सफल पार्न राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग, क्षेत्रिय भलिवल संघले संयोजन गरेको हो। प्रतियोगितामा बिभागिय दुई नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी वल(एपिएफ) सहित पाँच विकास क्षेत्रबाट पाँच गरी 7 टिमको सहभागिता रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह