फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा आतंकवादीलाई ढाल बनाएर हज्जारौं विद्यार्थीको ज्यान जोगाउने किशोरलाई सर्वोच्च नागरिक पुरस्कार

(GMT+08:00) 2014-01-12 16:26:54

          पाकिस्तानी सञ्चार-माध्यमले जनवरी एघार तारिख जनाएअनुसार, पन्ध्र वर्षीय पाकिस्तानी किशोर एटेजाज हुसेनले स्कुल जाँदा आत्मघाती आक्रमणकारीलाई ढाल बनाएर स्कुलका एक हजार जनाभन्दा बढी विद्यार्थीको जीवन रक्षा गरेका छन्। तर त्यस क्रममा हुसेन आफ्नै ज्यान भने गुमाएका छन्। यस बहादुरीको कदर गर्दै पाकिस्तान सरकारले हुसेनलाई सर्वोच्च नागरिक पुरस्कार दिने भएको छ।

          हुसेनका बुबाले पत्रकारसमक्ष अन्तर्वार्ता दिँदै छोराको मृत्यु भएको तर छोराले आक्रमणको प्रतिरोध गरेको कुरा बताएका छन्। हुसेनको बहादुरकीको पाकिस्तानमा व्यापक प्रतिक्रिया जनाइएको छ। उनी सञ्चार-माध्यमद्वारा "किशोर बहादुर" कहलाइएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह