फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युन्नान प्रान्तीय साङ्ग्रिलामा आगलागी

(GMT+08:00) 2014-01-12 19:28:27

       11 तारिख विहान सवेरै यु नान प्रान्तीय डिछिङ्ग प्रिफेक्चर साङ्ग्रिलास्थित तुकचुङ्ग प्राचीन टाउनमा आगलागी भएको छ। प्रारम्भिक तथ्याँक अनुसार, 40 हजार वर्गमिटर क्षेत्रफल अग्नि प्रकोपग्रस्त हुँदा तीन सय 35 परिवारका दुई हजार छ सय जना प्रभावित भएका छन्। आगोमा दुई सय 42 घर-आवास ध्वस्त भएर आर्थिक क्षति दश करोड चिनियाँ युआन पुगेको छ। हाल आगो पूर्ण रुपमा निभाइसकिएको छ।

       तुकचुङ्ग प्राचीन टाउनलाई चन्द्रमाको किरण टाउन पनि भनिन्छ। यो एक हजार तीन सय वर्षअघि स्थापित भएर टी-हर्ष रोडको केन्द्र बनेको थियो। त्यो चीनको सबैभन्दा अखण्ड र ठूलो सामूहिक तिब्बती बसोवास क्षेत्र पनि हो। केही वर्षदेखि यता त्यहाँ दृश्य क्षेत्रको निर्माण गरेर विभिन्न बजार र होटलहरु स्थापना गरिएको छ। हालसम्म आगलागीमा घर-आवासबाहेक केही सम्पदा र थाङ्गा पनि ध्वस्त भएका छन्।

       प्रारम्भिक जाँचबुझका अनुसार, जानाजानी आगलागी गरिएको भन्ने सम्भावना देखिएको छैन। ठोस कारण पत्ता लगाउन निरन्तर जाँचबुझ भैरहेको छ। 11 तारिख दिउँसो छ बजेसम्म युन्नान प्रान्तीय वित्त विभागले 50 लाख चिनियाँ युआन पुनस्थापनाका लागि निकासा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह