फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एघारौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतमा आर्थिक तथा सामाजिक क्षेत्रमा फड्को मार्ने गरी प्रगति भएको

(GMT+08:00) 2011-07-27 17:44:18

 

              "एघारौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बत स्वायत्त प्रदेशमा आर्थिक तथा सामाजिक क्षेत्रमा फड्कोमार्ने गरी प्रगति हुँदै आएको छ। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् तिब्बत समितिका सचिव चाङ छिङ लिले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै यो पाँच वर्ष तिब्बतको आर्थिक विकास सबैभन्दा छिटो गतिले भएको, शहर तथा गाउँबस्तीको छविमा सबैभन्दा ठूलो परिवर्तन भएको, तिब्बती सर्वसाधारणले सबैभन्दा बढी फाइदा प्राप्त गरेको पाँच वर्ष हो भन्ने कुरा बताउनुभएको छ। "बाह्रौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतले वैज्ञानिक विकासमा डटिरहने, फड्कोमार्ने प्रगतिको प्रवृत्तिलाई कायम राख्ने कुरा पनि उहाँले बताउनुभएको छ। आजको चीनको तिब्बत कार्यक्रममा यस विषयसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

             चीनको दक्षिण-पश्चिमी भागमा पर्ने तिब्बत स्वायत्त प्रदेश चीनको आर्थिक तथा सामाजिक विपन्न क्षेत्र हो। सन् 2020मा समस्त चीनले चौतर्फी रुपमा सम्पन्न सामाजिक लक्ष्यलाई साकार तुल्याउने क्रममा तिब्बतको आधार कमजोर भएको अवस्था देखिन्छ। यसका साथै तिब्बतको सामु प्राकृतिक वातावरण नराम्रो भएको तथा अन्तर्राष्ट्रिय वातावरण जटिल भएको लगायत धेरै सीमित कारकतत्व देखापरेका छन्। यसो भएतापनि चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् तिब्बत स्वायत्त प्रदेशका सचिव चाङ छिङ लिले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै बितेका पाँच वर्षदेखि चीनको केन्द्रीय सरकार, विभिन्न प्रान्त तथा शहरको सहायतामा तिब्बतको अर्थतन्त्रको फड्कोमार्ने गरी विकासको प्रवृत्ति कायम भएको छ। सन् 2010मा तिब्बतको कूल गार्हस्थ उत्पादन मात्रा पचास अर्ब साठी करोड चिनियाँ युआन पुगेको थियो। यो सन् 2005को तुलनामा उनासी दशमलब तीन प्रतिशतले बढेको थियो। श्री चाङ छिङ लि भन्नुहुन्छ,

 

               एघारौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बतको कूल गार्हस्थ उत्पादन मात्रा प्रतिवर्ष सरदर बाह्र दशमलब चार प्रतिशत बढेको छ भने किसान तथा पशुपालकहरूको आम्दानी प्रतिवर्ष सरदर तेह्र दशमलब नौ प्रतिशत बढेको छ। यो वृद्धिदरलाई साकार तुल्याउन निकै गाह्रो थियो।

 

               तिब्बतको आर्थिक विकास महत्वपूर्ण परियोजनाको निर्माणसँग घनिष्ठ सम्बन्धित रहेको छ। गत वर्षसम्म चीनको केन्द्रीय सरकारले निर्धारण गरेको "एघारौं पञ्चवर्षीय योजना"का सम्पूर्ण एक सय असी वटा महत्वपूर्ण परियोजनाको निर्माण सुरु भइसकेको छ। विशेष गरी छिङहाई-तिब्बत रेलमार्गलगायत द्योतकरुपी परियोजनाको निर्माण तथा त्यसको सञ्चालन आएपछि "तिब्बत आउन जान अप्ठ्यारो रहेको" समस्याको समाधान भइसकेको थियो। यातायातले तिब्बतको विकासलाई सीमित पार्नसकेको छैन। यस कुराबारे चर्चा गर्दा चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् तिब्बत स्वायत्त प्रदेशका सचिव चाङ छिङ लिले केही तुलनाको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँ भन्नुहुन्छ,

              एक हजार तीन सय वर्षअघि थाङ वंशकी राजकुमारी वन छङलाई तिब्बत पुग्न तीन वर्षसम्म लागेको थियो। चिनियाँ जनमुक्ति सेनाले राजमार्गको निर्माण गर्दा गर्दै तिब्बत आउन एक वर्षसम्म लागेको थियो। अहिले रेलमार्गबाट कर्मुदेखि लासासम्म पुग्न चौबीस घण्टा बीस मिनेट मात्र लाग्छ।

                प्राप्त तथ्याङ्कअनुसार, छिङहाई-तिब्बत रेलमार्ग सञ्चालनमा आएको चार वर्षदेखि त्यसले पैंसट्ठी लाख असी हजार पर्यटक भित्र्याउँनुका साथै त्रीसट्ठी लाख साठी हजार टन मालसामान पनि ढुवानी भएको छ।

                गतगर्ष लिन च विमानस्थल तथा आली खुनशा विमानस्थल सञ्चालनमा आएपछि तिब्बत स्वायत्त प्रदेशमा कूल पाँच वटा विमानस्थल पुगेका छन्। जसबाट रेलमार्ग, राजमार्ग तथा वायु-सेवालगायत यातायात सञ्जालको गठन भएको छ।

                यातायातलाई मुख्य स्थानमा राखिएको आधारभूत प्रबन्ध निर्माण निरन्तर रुपमा सबल हुँदै आएको छ। जसबाट तिब्बतमा लगानी गर्ने वातावरणमा प्रभावकारी रुपमा सुधार गरिएको छ। स्वदेश र विदेशका व्यापारीहरूले "विश्वको छानो" गएर लगानी गरेका छन्। प्राप्त तथ्याङ्कअनुसार, सन् 2010मा तिब्बतले हस्ताक्षर गरेको लगानी भित्र्याउँने ठेक्कापट्टामा चार अर्ब पैंसठी करोड साठी लाख चिनियाँ युआन पुगेको थियो। यो सन् 2009को तुलनामा छब्बीस प्रतिशत बढेको हो।

                चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् तिब्बत समितिका सचिव चाङ छिङ लिलाई अरु गौरव लागेको अर्को कुरा भनेको बितेका पाँच वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत समिति तथा तिब्बत सरकारले अर्थतन्त्रको वैज्ञानिक विकासको प्रभावकारी उपाय पाएको छ। त्यो भनेको "पहिलो उद्योगको गुणस्तरलाई उकास्नु, दोस्रो उद्योगमध्येको महत्वपूर्ण विषयको जोडतोडसँग विकास गर्नु, तेस्रो उद्योगको ठूलो विकास गर्नु" भन्ने आर्थिक विकाससम्बन्धी रणनीति हुन्।

               श्री चाङ छिङ लिले उक्त रणनीतिबारे व्याख्या गर्दै भन्नुभयो, पहिलो उद्योगको गुणस्तर उकास्ने भनेको श्रम शक्तिको गुणस्तर तथा वैज्ञानिक र प्राविधिक स्तर उकास्नु, नियमित क्षेत्रफलको खेतीमा कृषि उत्पादन मात्रा बढाउनु हो। दोस्रो उद्योगमध्येको महत्वपूर्ण विषयको जोडतोडसँग विकास गर्नु भनेको पर्यावरणीयको राम्रोसँग संरक्षण गर्ने पूर्वार्धमा तथा तिब्बतको स्रोत-साधनको श्रेष्ठताको आधारमा विशेषतायुक्त पर्यटन उद्योग, मिनरल वाटर, तिब्बती चिकित्सा तथा जडिबुटी औषधि, जातीय हस्तकलाको विकास गर्नु हो। तेस्रो उद्योगको ठूलो विकास गर्नु भनेको तिब्बतको पर्यटन विकासलाई महत्व दिनु हो।

              श्री चाङ छिङ लि विश्वास्त भएर भन्नुहुन्छ,

              स्पेन विश्वको प्रख्यात पर्यटन मुलुक हो। त्यसले प्रचार-प्रसार गर्ने पर्यटनको स्रोत "सूर्योदय तथा सूर्यास्तको दृश्य, वायु तथा बगर" हो। तर वास्तवमा तिब्बतको पर्यटन स्रोत स्पेनको भन्दा पनि बढी छ। विश्वमा तिब्बतका विशेष "अग्लो पर्वत, हिउँदे पठारभूमि, सूर्योदय तथा सूर्यास्तको दृश्य तथा तिब्बती संस्कृति" छन्।

                प्राप्त तथ्याङ्कअनुसार, सन् 2010मा तिब्बतले सत्कार गरेका स्वदेशी र विदेशी पर्यटकहरूको संख्या सत्सट्ठी लाख पुगेको थियो। यो सन् 2005 को तुलनामा दुई दशमलब सात गुणाले बढेको हो।

               श्री चाङ छिङ लिका अनुसार, "एघारौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतले पर्याप्त उपलव्धि हासिल गरेतापनि चीनका अरु क्षेत्रहरूको तुलनामा तिब्बत यथावत रुपमा पिछडिएको देखिन्छ। "बाह्रौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतले नागरिकहरूको जीवनमा सुधार गर्ने, पठारभूमिको वातावरण संरक्षण गर्ने, सामाजिक स्थिरता तथा मेलमिलापलाई अघि बढाउने क्षेत्रमा प्रयास गरी सन् 2020 सम्ममा चीनका अरु क्षेत्रहरूसँगै सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने महान लक्ष्य साकार तुल्याउनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह