फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रजातान्त्रिक सुधारद्वारा तिब्बती जनतालाई जीवन्त शक्ति पुर्‍याइएको 2

(GMT+08:00) 2011-08-10 18:40:17

              तिब्बती जनताको जीवन दिन-प्रतिदिन सुधार हुँदै आएको छ। बितेका दश वर्षदेखि प्रतिवर्ष तिब्बतका किसान तथा पशुपालकहरुको आम्दानीको औसत वृद्धि दर बाह्र प्रतिशतभन्दा बढी पुगेको छ। जीवनयापन तथा चिकित्साको वातावरणमा सुधार भएको कुराबाट तिब्बती जनताको औसत आयु सत्सट्ठी वर्षको पुगेको छ। यो बितेका आधा शताव्दीको तुलनामा एक गुणाले बढेको हो।

              विगतमा तिब्बतका किसान तथा पशुपालकहरुको परिवारको आर्थिक स्थितिको मूल्याङ्कन गर्ने मापदण्ड भनेको धेरै गाई-गोरु, धेरै भेडा-बाख्रा तथा राम्रो घर भएको थियो। तथापि युगको विकासको क्रममा अहिले यसमा एउटा नयाँ मापदण्ड अर्थात निजी मोटर-गाडी भएको कुरा पनि थपिएको छ। किसान तथा पशुपालकहरु आफ्नो निजी मोटर-गाडी ग्रामीण क्षेत्रको बाटोमा चलाउनुको एउटा दृश्य बनिसकेको छ।

              तिब्बती सँस्कृतिलाई बिँडो थाम्ने क्रममा त्यसको विकास हुँदै आएको छ। पहिले बोल्दै गाउने कलाकारहरुमध्ये प्रचलित विश्वको सबैभन्दा लामो महाकाव्य "राजा गेसार"लाई पुस्तकको रुपमा प्रकाशन गरिनुका साथै त्यसलाई सि.डी तथा डी.भि.डी लगायत विविध रुपमा बनाइएको छ। पहिले अलिकति मात्रै व्यक्तिले जानेको तिब्बती भाषा शिक्षाको विकासको परिप्रेक्ष्यमा त्यसलाई अत्याधिक जनताले जानेका छन्। यसका साथै तिब्बती भाषालाई व्यापक रुपमा मोबाइल तथा कम्प्युटरमा प्रयोग गरिएको छ। झन् झन् बढी तिब्बती साँस्कृतिक दलहरुले विश्वका विभिन्न स्थलमा गएर अभिनय गरेका छन्। तिब्बती जातिको साँस्कृतिक प्रभाव निरन्तर रुपमा विस्तार हुँदै आएको छ।

              धार्मिक स्वतन्त्रता झन् झन् बढ्दै आएको छ। तिब्बती जातिका किसान तथा पशुपालकहरुको घरमा बुद्ध धर्मको प्रार्थनाका लागि विशेष पूजा-कोठा पनि बनाइएको अवस्था छ। अहिले तिब्बतमा तिब्बती बुद्ध धर्मसम्बन्धी स्थलहरुको सङ्ख्या एक हजार सात सय वटाभन्दा बढी पुगेको छ भने भिक्षु तथा भिक्षुणीहरुको सङ्ख्या करिब छयालीस हजार पुगेको छ।

             तिब्बतमा चार वटा मस्जिद छन् भने इस्लामिक धर्मावलम्बीहरुको सङ्ख्या तीन हजारभन्दा बढी छ। यसका साथै तिब्बतमा एउटा क्याथोलिक चर्च छ भने क्याथोलिक धर्मावलम्बीहरुको सङ्ख्या सात सय जना पुगेको छ। विभिन्न किसिमको धार्मिक गतिबिधि सामान्य रुपमा चलेको छ भने धार्मिक स्वतन्त्रताको पूर्ण रुपमा कदर गरिन्छ।

              इतिहासको सम्झना गर्ने उद्देश्य आजलाई महत्व दिनु हो। तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष वाइमा छिरिङले यस महिनाको सत्ताइस तारिखका दिन टेलिभिजनमार्फत सम्बोधन गर्दै इतिहासबाट हेर्दा तिब्बतमा आजको समृद्धि तथा विकास प्राप्त गर्न सजिलो छैन। तिब्बतको स्थिर विकासको परिस्थितिको संरक्षण गर्नु तिब्बती जनताको सबैभन्दा मुलभूत अभिलाषा हो।

             चालुवर्ष चीनको "बाह्रौं पञ्चवर्षीय योजना" सुरु भएको वर्ष हो। चीनको ठूलो परिवारमा भएको एक सदस्यको रुपमा आगामी पाँच वर्षसम्बन्धी परिकल्पनामा तिब्बतले सर्वसाधारणको जीवनसँग सम्बन्धित रहेका आबास, शिक्षा तथा चिकित्सालगायत विषयहरुलाई अरु टड्कारो स्थानमा राखेको छ। तिब्बती जनताले चीनको भविष्यप्रति प्रतीक्षा गरेका छन्। इतिहासको नयाँ सुरुवातमा उभिएको तिब्बतको भविष्य अरु उज्यालो हुने विश्वास हामीले गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह