फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बसोबास गर्ने तिब्बतीहरूको एक जीवन्त कथा 2

(GMT+08:00) 2011-08-24 19:56:06

            काठमाडौंको बौद्ध क्षेत्रमा विश्वको सबैभन्दा ठूलो "बौद्ध स्तुपा"रहेको छ। त्यसलाई सँयुक्त राष्ट्र संघीय युनेस्कोबाट विश्वको साँस्कृतिक सम्पदा भएको निश्चित गरिएको छ। यस बौद्ध स्तुपाको वरिपरि तिब्बती बौद्ध धर्मका धेरै गुम्बाहरू छन् भने त्यसभित्र प्रशस्त तिब्बती बस्छन्। तिब्बतको जोखाङ गुम्बा जस्तै प्रतिदिन बिहानदेखि रातीसम्म तिब्बती बौद्ध स्तुपाको पूजा-आजा गरिरहेका तिब्बती भेट्न सकिन्छ। यस क्षेत्रमा तिब्बती जातिको साँस्कृतिक विशेषता भएको कारण यस क्षेत्रलाई नेपालीहरूद्वारा "सानो तिब्बत"मानिन्छ र उक्त स्थान एउटा प्रसिद्ध दृश्यावलोकन क्षेत्र पनि बनेको छ।

            हाम्रा सम्वाददाताले त्यहाँ तिब्बती तान चङसँग चिनजान गरेका छन्। नयाँ सूर्यकिरणमा भएको बौद्ध स्तुपा तलको सिंढीमा बसेर श्री तान चङले हाम्रा सम्वाददातालाई उहाँको अनुभवबारे जानकारी दिनुभयो। काठमाडौंमा होटेल संचालन गर्ने तान चङको कूलिन परिवारमा जन्म भएको थियो। सन् 1959 मा उहाँ रेशमको व्यापार गर्न भारत जानुभयो।

              सन् 1970 मा उहाँ होटेल खोल्न नेपाल जानुभयो। नेपाल गएपछि उहाँले केही जुहारत किन्न थाल्नुभयो। गत शताव्दीको नब्बेऔं दशकमा चीनका केही आपराधिक तत्वले विभिन्न तरिकामार्फत चीनबाट पूरातात्विक वस्तु चोरी गरी नेपालमा विक्री गर्न थालेका थिए। स्वदेशका पूरातात्विक वस्तुहरू विदेशीहरूको हातमा पर्नबाट जोगाउन श्री तान चङले ती पूरातात्विक वस्तु खरिद गर्नुभयो।

              कुराकानी गर्दा गर्दै उहाँले हाम्रा सम्वाददातालाई उहाँको होटेलमा बस्न निम्त्याउनुभयो। उहाँको होटेल काठमाडौंको केन्द्रीय स्थानमा रहेको छ। यो होटेल एउटा ठूलो चोकमा अवस्थित छ। उहाँको घर पनि काठमाडौंको केन्द्रमा रहेको छ। उहाँको घरको पनि एउटा ठूलो चोक छ। यस चोकमा बगैंचा तथा ग्यारिज छन्। घरको मुख्य भवन तीन तलाको छ। त्यसमा धेरै ध्वजा पताका झुण्ड्याइएको छ। जसबाट घरका मालिकका जातीय विशेषता तथा धार्मिक विश्वास प्रतिबिम्बित गरिएको छ।

             दीर्घकालीन अवधिदेखि नेपालमा बसोबास गर्ने तिब्बतीहरूको जीवन तथा साँस्कृतिक परम्पराले नेपालीहरूमा प्रभाव पारेको छ भने त्यसलाई पनि नेपालीहरूले प्रभाव पारेको छ। तथापि तिब्बतीहरू र नेपालीहरू सँगै मेलमिलापयुक्त रुपमा बसेका छन्।

            अहिले तान चङको सबैभन्दा ठूलो अभिलाषा भनेको यताका केही वर्षदेखि संकलन गरिएका पूरातात्विक वस्तुहरू चीनलाई फर्काउनु हो। दीर्घकालीन अवधिदेखि केही विदेशीहरूले उहाँका यी सामानहरू खरिद गर्न खोजेतापनि उहाँले ती सामान विक्री गर्नुभएको छैन। उहाँका छोरा-छोरीहरूले पनि उहाँको समर्थन गरेका छन्।

             यताका केही वर्षदेखि चीनको अर्थतन्त्र द्रूत गतिले विकास भएको कुराले विदेशमा बसेका तिब्बतीहरूमा प्रभाव पारेको छ। नेपालका काठमाडौं तथा पोखरामा रहेका तिब्बती आबास क्षेत्रमा भएका तिब्बतीहरूले तिब्बतको वर्तमान परिस्थितिलाई ठूलो ध्यान दिएका छन्। आफ्नो घर फर्केर हेर्ने इच्छा उनीहरूको रहेको छ। तिब्बतमा बसेका तिब्बतीहरू पनि नेपालमा बसेका तिब्बतीहरूलाई कहिल्यै पनि बिर्सँदैनन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह