फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा यातायातको निर्माणमा टड्कारो उपलब्धि हासिल 2

(GMT+08:00) 2011-09-08 19:07:15

              शान नान क्षेत्र तिब्बतका ग्रामीण क्षेत्रमा राजमार्गको निर्माणको सङ्ख्या तथा यात्रा बजारमा तुलनात्मक रुपमा राम्रोसँग विकास भएका क्षेत्रहरुमध्येको एक हो। तथापि गत वर्षको अन्त्यसम्म शान नान क्षेत्रमा गाउँस्तरीय यात्रुवाहक बस सेवा पच्पन्न प्रतिशत स्थानमा मात्र उपल्बध थियो।

             धेरै प्रशासनिक गाउँका किसान तथा पशुपालकहरु बस चढेर बाहिर जाने समस्याको समाधान भएको थिएन। शान नान क्षेत्रको यातायात तथा ढुवानीको व्यवस्थापन कार्यालयका प्रमुख हु हङ लिनले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै भन्नुभयो,

            ग्रामीण क्षेत्रमा सार्वजनिक बस सेवा खोल्न अप्ठ्यारो थियो। किनभने दुर्गम क्षेत्रमा बाटोको स्थिति त्यति राम्रो थिएन। त्यसै कारण सर्वसाधारणको बाहिर घुम्ने ठूलो चासो पनि थिएन। सार्वजनिक बस सेवा कम्पनीले नाफा नभएको कारणले यो सेवा बन्द गरेको थियो।

           तिब्बतको ग्रामीण क्षेत्रमा यात्रुवाहक बजारको विकाससम्बन्धी समस्याको समाधान गर्न तथा दुर्गम क्षेत्रमा आर्थिक विकास गर्नका लागि चालुवर्ष तिब्बतले विशेष गरी "ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवाको विकासलाई सहायता दिने राय-सुझाव" को तर्जुमा गरेको छ। जसअनुसार, ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवासम्बन्धी तेलको भत्ता उपलव्ध गराइने तथा मोटर-गाडीको किसिमबमोजिम हरेक महिना बढीमा एक हजार चार सय चिनियाँ युआनको आर्थिक भत्ता उपलव्ध गराइनेछ। चालुवर्ष ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवाका लागि सतासी लाख साठी हजार चिनियाँ युआन भत्ता उपलव्ध गराइनेछ।

           तिब्बत स्वायत्त प्रदेशको यातायात व्यूरोका उप-प्रमुख सोनाम चोपेलले भन्नुभयो,

           बाह्रौं पञ्चवर्षीय योजनाको अवधिमा प्रशासनिक गाउँमा यात्रुवाहक बस सेवाले ढाक्ने दर अहिलेको चालीस प्रतिशतबाट बढेर साठी प्रतिशतसम्म पुग्नेछ। जसले स्थानीय किसान तथा पशुपालकहरु बाहिर घुम्ने माग पूर्ण रुपमा पूरा गर्नेछ।

           आगामी पाँच वर्षको अवधिमा तिब्बत स्वायत्त प्रदेशले यातायात तथा ढुवानीको निर्माणका लागि अरु बढी लगानी गर्नेछ। महत्वपूर्ण राजमार्गको स्तर उकास्न, ग्रामीण क्षेत्रको राजमार्ग तथा यातायात र ढुवानीको सञ्जालको निर्माणलाई सबल पार्नका लागि तिब्बतले उनान्चास अर्ब उनान्नब्बे करोड चिनियाँ युआन लगानी गर्नेछ। सन् 2015सम्म तिब्बतमा सञ्चालनमा आउँने राजमार्गको कूल लम्बाइ सत्तरी हजार किलोमिटर पुग्नेछ। त्यसबेला तिब्बतको यातायात समस्या क्रमश: समाधान गरिनेछ। यो तिब्बतको उर्जा उद्योग, विशेषतायुक्त उद्योग तथा पर्यटन उद्योगको अरु विकासमा पनि उपयोगी हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह