फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जनताको जीवन र समाजको विकास 2

(GMT+08:00) 2011-09-21 18:45:40

            आगामी पाँच वर्षको अवधिमा तिब्बत स्वायत्त प्रदेशले यातायात तथा ढुवानीको निर्माणका लागि अरु बढी लगानी गर्नेछ। महत्वपूर्ण राजमार्गको स्तर उकास्न, ग्रामीण क्षेत्रको राजमार्ग तथा यातायात र ढुवानीको सञ्जालको निर्माणलाई सबल पार्नका लागि तिब्बतले उनान्चास अर्ब उनान्नब्बे करोड चिनियाँ युआन लगानी गर्नेछ। सन् 2015सम्म तिब्बतमा सञ्चालनमा आउँने राजमार्गको कूल लम्बाइ सत्तरी हजार किलोमिटर पुग्नेछ। त्यसबेला तिब्बतको यातायात समस्या क्रमश: समाधान गरिनेछ। यो तिब्बतको उर्जा उद्योग, विशेषतायुक्त उद्योग तथा पर्यटन उद्योगको अरु थप विकासमा पनि उपयोगी हुनेछ।

            पहिले शिक्षा क्षेत्रमा "निःशुल्क खाने, बस्ने र शिक्षा लिने" नीतिले नौ वर्षको अनिवार्य शिक्षासम्म मात्र ढाकेको थियो। स्वायत्त प्रदेश सरकारले चालु वर्षदेखि यस नीतिको परिधिलाई विस्तार गर्ने निर्णय गरेको छ। भविष्यमा यस नीतिले पूर्व प्राथमिक शिक्षादेखि माध्यमिक विद्यालयका पछिल्ला तीन वर्षसम्म ढाक्नेछ। प्रतिवर्ष हरेक विद्यार्थीले दुई हजार चिनियाँ युआनको भत्ता प्राप्त गर्नेछन्। यस नयाँ नीति थाहा पाएपछि ल्हासा माध्यमिक विद्यालयकी छात्री पद्मा जोद्रोनलाई निकै खुसी लागेको छ। उनी भन्छिन्,

            "यो कुरा सुनेर मलाई निकै खुसी लाग्यो। अहिले मैले पढ्नका लागि त्यति धेरै पैसा तिर्नुपर्दैन र यसबाट मेरा बुवा कम चिन्तित हुनुहुनेछ। हामी जस्तै किसानका छोरा-छोरीका लागि यो नीति धेरै राम्रो कुरा हो।"

              नयाँ नीतिले विपन्न विद्यार्थीको शिक्षा आर्जन समस्याको समाधान गरेको कुरा ल्हासा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री थाङ्ग च ह्वै भन्नुहुन्छ।

            "हरेक विद्यार्थीले प्रतिवर्ष दुई हजार चिनियाँ युआन भत्ता प्राप्त गर्नसक्छन्। त्यसैले यिनीहरूको दवाव कम हुने छ। अबदेखि किसान तथा पशुपालकहरूका केटा-केटीहरूका तन्ना तथा शिरकलगायत सामानहरू पनि सरकारले दिनेछ। यिनीहरूले अरु उच्च विद्यालयमा पढ्न पाउँछन्। विपन्न भएका कारणले शिक्षा आर्जन गर्न नसक्ने कुरा पूर्ण रुपमा हटेर जानेछ।"

            सन् 1959को मार्च अठाईस तारिखका दिन चीनको राज्य परिषद्ले राजशासन र धर्म गाँसिएको सामन्ती-भूदास व्यवस्थाको उन्मूलन गरेको थियो। जसबाट लाखौंलाख भूदास मुक्त भएका थिए। यस दिनलाई सम्झना गर्नका लागि, सन् 2009 को जनवरी उन्नाईस तारिख तिब्बत स्वायत्त प्रदेशको जन काङ्ग्रेसले हरेक वर्षको मार्च अठाईस तारिखका दिन लाखौँलाख भूदासहरू मुक्त भएको सम्झना दिवस मनाउने निर्णय गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह