फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण मुक्तिद्बारा तिब्बतको सामाजिक विकास तथा प्रगतिमा जग बसालिएको 2

(GMT+08:00) 2011-11-16 18:32:01

           चिनियाँ केन्द्रीय सरकार, तिब्बतको शान्तिपूर्ण मुक्तिसम्बन्धी कार्यनीति, राष्ट्रिय समानता नीतिको प्रभावमा सन् 1951 मा तिब्बती सरकारले प्रतिनिधि मण्डललाई पैचिंग पठाएर चिनियाँ केन्द्रीय सरकारसँग भेट-वार्ता गरेको थियो। दुई पक्षले तिब्बतको शान्तिपूर्ण मुक्तिसम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौता-पत्रमा सत्र वटा विषय समावेश थिए। श्री चाङ युनकाअनुसार, ती सत्र वटा विषय तिब्बतको विशेष अवस्थाका लागि प्रस्तुत गरिएका थिए। श्री चाङले भन्नुभयो

           "उक्त सम्झौता-पत्रअनुसार, राजनीति र धर्म गाँसिएको का स्या सरकार अर्थात् तिब्बती भूदास व्यवस्थामा भएको तिब्बती सरकार सुरक्षित राखिएको थियो। र त्यस सरकारका अधिकारीहरुको पदमा परिवर्तन भएको थिएन। तर उक्त सम्झौता-पत्रमा तिब्बतले सुधार गर्नुपरेको कुरा पनि उल्लेख गरिएको थियो। यसका साथै चिनियाँ केन्द्रीय सरकारले तिब्बतको अर्थतन्त्र, सँस्कृति तथा विभिन्न क्षेत्रको कार्यमा विकास गर्ने वचन दिएको थियो।"

            "तिब्बत शान्तिपूर्ण रुपमा मुक्त हुने सम्झौता-पत्र"सम्पन्न भएपछि दलाइले त्यही बेला चिनियाँ कम्युनिष्ट पार्टीका नेता माउ च तुङलाई एउटा चिट्ठी पठाएर आफू तथा तिब्बतका विभिन्न क्षेत्र उक्त सम्झौता-पत्रको समर्थन व्यक्त गरेका थिए। तथापि राजनीति र धर्म गाँसिएको सामन्तवादी भूदास व्यवस्थामा सुधार गर्ने चिन्ता गरेर सन् 1959को मार्च महिनामा तिब्बतका उच्च तहका केही शक्तिले सशस्त विप्लव गरेको थियो। त्यसपछि दलाइ गुट विदेश भागेको थियो।

            चिनियाँ केन्द्रीय सरकारले जनताको इच्छा बमोजिम विद्रोहलाई साम्य पारी तिब्बतमा प्रजातान्त्रिक व्यावस्थामा सुधार गरेको, भूदास व्यवस्थाको उन्मूलन गरेको र तिब्बतको उत्पादन-क्षमतालाई बढाएको छ। त्यसपछि तिब्बत स्वायत्त प्रदेशको स्थापना भएको छ। जसबाट तिब्बती जनताले क्षेत्रीय मामिलामा निर्भर भएर व्यवस्थापन गर्ने अधिकार प्राप्त गरेका छन्। तिब्बतको अर्थतन्त्र तथा समाजले फड्को मार्ने गरी विकास हासिल गरेका छन्। सन् 2010 मा तिब्बतको कूल गार्हस्थ उत्पादनको मात्रा पचास अर्ब चिनियाँ युआन भन्दा बढी पुगेको छ। जुन सन् 1951 को तुलनामा एक सय गुणाभन्दा बढीले बृद्धि भएको हो। आर्थिक स्तर कमजोर भएका स्थानीय किसान तथा पशुपालकहरु नयाँ घरमा सरेका छन्। तिब्बतीहरुको औसत उमेर शान्तिपूर्ण रुपमा मुक्त हुनुअघिको 35.5 वर्षबाट बढेर 67 वर्ष पुगेको छ। तिब्बती भाषाको पढाइ, प्रयोग, संरक्षण र विकासमा उच्च महत्व दिइएको छ। धार्मिक विश्वास पूर्ण रुपमा स्वतन्त्र भएको छ। धार्मिक अनुयायीहरुको आवश्यकता पूर्ण रुपमा पूरा भएको छ।

             चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रअन्तर्गत इतिहास अध्ययन विभागका विद्वान लि द छङका अनुसार, तिब्बतको शान्तिपूर्ण मुक्ति भएको कुराले तिब्बतको विकासको जग बसालेको र त्यो अर्थपूर्ण रहेको ठहर गर्नुभएको छ। उहाँले भन्नुभयो, चीनका अरु जातिहरु जस्तै तिब्बती जातिले पुन:रुत्थानको मार्गमा लागेको छ। वास्तविक अवस्थाबाट साठी वर्षअघि तिब्बतको शान्तिपूर्ण मुक्तिसम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरिएको कुराको अर्थ भनेको तिब्बत सामन्ती भूदास व्यवस्थाबाट छुटेर समाजवादसम्म पुगेको, गरिबी र पिछडिएको अवधिबाट विकास भएर खुलस्त, धनी र सभ्य अवधिमा प्रवेश भएको कुरा प्रमाणित भएको छ। तिब्बतमा फड्को मार्ने गरी भएको विकासले मानवीय चमत्कार खडा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह