फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका नागरिकको धर्बबारेमा जानकारी दोस्रो

(GMT+08:00) 2010-08-10 19:33:39

         सन 1996को अन्तमा गरिएको सर्वेक्षणको तथ्यांक अनुसार, चीनका बौद्ध धर्म, ताओ धर्म, क्रिश्चियन धर्म र इस्लाम धर्मका विभिन्न किसिमका गतिबिध गर्ने स्थानको संख्या 85 हजार भन्दा बढी रहेको छ र धर्मालम्वीहरुको संख्या करिब तीन लाख रहेको छ। धार्मिक संगठनहरुको संख्या तीन हजार भन्दा बढी रहेको छ। धार्मिक विद्यालयहरुको संख्या 74 छ। यी मध्ये बौद्ध धर्मका गुम्बा र विहारहरुको संख्या तेह्र हजार भन्दा बढी रहेको छ र भिक्षु भिक्षुनीहरुको संख्या दुई लाख जति छ। यी मध्ये तिब्बती बौद्ध धर्मका लामा र आनिहरुको संख्या एक लाख बीस हजार जति रहेको छ तथा अवतारी लामाको संख्या एक हजार सात सय जति रहेको छ। गुम्बाहरुको संख्या तीन हजार भन्दा बढी रहेको छ। चीनको धार्मिक क्षेत्रले विश्वका 70 वटा भन्दा बढी देश र क्षेत्रका धार्मिक संगठनहरुसँग आदान प्रदान गरेको तथा सम्पर्क राखेका छन्। चीनका धार्मिक क्षेत्रका व्यक्तिहरुले व्यापक रुपमा देशको राजनैतिक जीवनमा भाग लिएका छन्।

         विभिन्न स्तरीय जन कांग्रेसका प्रतिनिधि र चिनियाँ जन राजनैतिक परामर्शदात्रि सम्मेलनका विभिन्न स्तरीय समितिका सदस्यको पदमा बस्ने धार्मिक व्यक्तीहरुको संख्या 17 हजार जति रहेको छ। यो व्यवहारिक अवस्थाबाट प्रशस्त रुपमा चीनमा धर्म मान्ने स्वतन्त्र अबस्था देखाइएको छ।

         अहिले मेरो हातमा भारतको काट्रा मुबाराकपुर अजमगार्ह आजमी रेडियो श्रोता क्लबका अध्यक्ष मसुद अहमेद आजमीको एउटा पत्र छ। पत्रमा उहाँहरुले चीनको याड्गसी नदि कुन प्रान्तमा पर्दछ भनेर सोध्नुभएको छ ।

याङ्ग सि नदि चीनको सबैभन्दा लामो नदि हो र विश्वमा तेस्रो ठूलो नदि पनि हो। याड्ग सि नदि चीनको पश्चिमी क्षेत्रमा पर्ने छिङ्ग हाइ प्रान्तमा रहेको थाँकुरा पर्वतको मुख्य पहाड ग्राटान्तुङ्ग पहाडको वरिपरिका हिउँ नदी पग्लिएर बनेका खोलाहरु जम्म भई पूर्व दिशातर्फ बगेर शाङ्ग हाइ शहर नजिकको उ सुड्ड्ग खौ भन्ने ठाँउबाट समुद्रमा मिसिएको छ। यसको कुल लम्बाई छ हजार तिन सय किलोमिटर जति छ। यो याड्ग सि नदि छिंग हाइ , तिब्बत, स छ्वान, युन नान, हु पै, हु नान, च्याड सि, आन् ह्वै, च्याङ सु, शाङ्ग हाइ आदि जम्मा दश वटा प्रान्त, स्वायत प्रदेश र केन्द्र शासित शहरबाट बगेको छ। यसको बग्ने क्षेत्रको क्षेत्रफल अठार लाख वर्ग किलोमिटर भन्दा बढी पुगेको छ। यो बग्ने क्षेत्रको इतिहास निकै लामो छ। यो क्षेत्र चिनियाँ राष्ट्रको साँस्कृतिक जन्म भूमि पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह