फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अन्तरिक्ष ल्याब प्रक्षेपण-2

(GMT+08:00) 2011-10-31 17:02:49

             आज म गत सेप्टेम्बर 29 तारिख राती नौ बजेर सोह्र मिनेट जाँदा "थेन कुङ एक नम्बर"अन्तरिक्ष यान वा चीनको पहिलो अन्तरिक्ष प्रयोगशालाको प्रक्षेपण चीनको उत्तर-पश्चिमी भागमा पर्ने च्यु छ्वेन उप-ग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको कुरा प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गरेपछि उक्त अवस्थामा देखिएका खास खास कुराहरू र यसबारे देश विदेशको प्रतिक्रियाबारे बताउन जाँदैछु । "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानको सफल प्रक्षेपणबाट चीनको आफ्नो अन्तरिक्ष केन्द्र निर्माणका लागि एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको कुरामा आज म प्रकाश पार्दैछु।यो कार्यक्रम भनेको अघिल्लो हप्ताको कार्यक्रमकै सिलसिलाबद्ध कार्यक्रम पनि हो।

             सन् 2011 सेप्टेम्बर उनन्तीस तारिखका दिन चीनले लङ मार्च दुई नम्बरको एफ.टी. एक ढाँचाको रकेटद्वारा "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ। जसबाट चीनले आफ्नो अन्तरिक्ष केन्द्रको निर्माण गर्नका लागि एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रमाणित भएको छ।

              मानवसहित अन्तरिक्ष विज्ञानको विकास गर्नका लागि चीनले"तीन कदम"को नीति तोकेको छ। पहिलो कदम भनेको मावनसहित हवाइ यानको प्रक्षेपण गरी सम्बन्धित प्रारम्भिक मानवसहित परीक्षण कार्यको निर्माण गर्नु हो। त्यो कदम शन चौ पाँच नम्बर र शन चौ छ नम्बरका मावनसहित अन्तरिक्ष यानको प्रक्षेपणबाट व्यवहारमा उतारिएको थियो। जसबाट चीनलाई विश्वको आफ्नो शक्तिद्बारा मानवसहित अन्तरिक्ष यानको प्रक्षेपण गर्ने तेस्रो मुलुक बनाएको छ। दोस्रो कदम भनेको अन्तरिक्ष-यात्रीले अन्तरिक्ष यानको बाहिर जाने प्रविधि,मावनसहित हवाइ यान र अन्तरिक्ष यान जोड्ने प्रविधि,अन्तरिक्ष परीक्षण केन्द्रको प्रक्षेपण आदि समस्याको समाधान गर्नु हो। चिनियाँ अन्तरिक्ष-यात्रीले शन चौ सात नम्बर अन्तरिक्ष यानको बाहिर निस्केको कुरा सो दोस्रो कदमको पहिलो उपलब्धि हो। हिजो प्रक्षेपण गरिएको "थेन कुङ एक नम्बर"अन्तरिक्ष यान यस दोस्रो कदमको एउटा अबिच्छिन्न भाग पनि हो भने चीनको मानवसहित अन्तरिक्ष विज्ञानको विकाससम्बन्धी तेस्रो कदमका लागि यसको निकै महत्वपूर्ण अर्थ रहेको छ। तेस्रो कदम भनेको अन्तरिक्ष केन्द्रको निर्माण गर्नुका साथै ठूलो परिमाणको र मावनद्बारा दीर्घकालीन रुपमा संरक्षण गरिएको अन्तरिक्ष प्रयोग गर्ने समस्याको समाधान गर्नु हो।

             "थेन कुङ एक नम्बर"अन्तरिक्ष यान एउटा परीक्षण अन्तरिक्ष केन्द्र हो भने यसको अन्तरिक्ष यान जोड्ने प्रविधिको परीक्षणको मुख्य कार्यभार रहेको छ। जसबाट भविष्यमा अन्तरिक्ष केन्द्रको निर्माणका लागि सम्बन्धित प्राविधिक परीक्षण पनि गर्नसकिने छ। यस "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानले एकपछि अर्को गरी शन चौ आठ,नौ र दश नम्बर हवाइ यानसँग जोड्ने कार्यक्रम रहेको छ। यस जोडाइ प्रविधि एउटा नवीन प्रविधि हो र यसबाट चौतर्फी रुपमा चिनियाँ जनताको बुद्धिमान क्षमता प्रतिबिम्बित भएको छ। यस नवीन प्रविधिका तीन विशेषता रहेका छन्। एक,"थेन कुङ एक नम्बर"अन्तरिक्ष यानले धेरै पटक अन्य अन्तरिक्ष यानसँग जोड्ने क्षमता रहेको छ। दुई,यस अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको निर्माणसम्बन्धी केही महत्वपूर्ण प्रविधिको परीक्षण गर्नसक्ने क्षमता रहेको छ। तीन,यसको अन्तरिक्ष वैज्ञानिक परीक्षण र प्राविधिक परीक्षण गराउनसक्ने क्षमता रहेको छ।

              अन्तरिक्ष यान जोड्ने प्रविधि अन्तरिक्ष विज्ञान क्षेत्रद्बारा मानिएको एउटा प्राविधिक चुनौती हो। तर यो प्रविधि अन्तरिक्ष केन्द्रको निर्माण र सञ्चालन गर्ने पूर्वाधार हो। त्यसैले "थेन कुङ एक नम्बर"अन्तरिक्ष यानले सफलताका साथ यस प्रविधि चलाएको खण्डमा चिनियाँ जनताले अझ स्वतन्त्र र सरल रुपमा अन्तरिक्ष क्षेत्रमा प्रवेश गरी अझ प्रभावकारी रुपमा अन्तरिक्ष उद्योगको विकास गर्नुका साथै स्वतन्त्र र न्यायपूर्ण रुपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष विज्ञान क्षेत्रको सहयोगमा भाग लिन सक्नेछन्। यस "थेन कुङ एक नम्बर" अन्तरिक्ष यान जाड्ने प्रविधिले मिलिजुली रुपमा चीनको अन्तरिक्ष विज्ञान प्रविधिबारे जानकारी दिनेछ।

              "थेन कुङ एक नम्बर" अन्तरिक्ष यानको सफल प्रक्षेपणपछि अझ महत्वपूर्ण कार्यभार पनि रहेको छ। चीनले पहिलो रुपमा अन्तरिक्ष यानलाई जोड्ने कुराका सामु उच्च प्रविधि,नयाँ प्रविधिको प्रयोग गर्ने,परीक्षण जटिल हुने,संयोजन तथा सञ्चालन कार्य कठिन हुनेजस्ता धेरै चुनौति देखापरेका छन्। तर चिनियाँ अन्तरिक्ष विज्ञान अनुधन्धानकर्ताहरुले सक्दो प्रयास र दृढ नवीन तरिकाले ठूलो त्रासको समाधानसम्बन्धी प्रभावकारी कदम हासिल गरेका छन्। त्यसैले "थेन कुङ एक नम्बर" अन्तरिक्ष यानले आगामी नोभेम्बरमा शन चौ आठ नम्बर हवाइ यानसँग जोड्ने कुराप्रति हाम्रो पूर्ण विश्वास र आशा रहेका छन्। चीनको मानवसहितको अन्तरिक्ष महाकार्यले विश्वसमक्ष एउटा नयाँ अनुहार झल्काउने छ। चीन विश्वमा चौतर्फी र स्वतन्त्र रुपमा अन्तरिक्ष यान जोड्ने प्रविधि जन्माउने तेस्रो मुलुक बन्ने निश्चित नै छ।

              चीनको "थेन कोङ्ग एक नम्बर" अन्तरिक्ष यानले सेप्टेम्बर तीस तारिखका दिन निश्चित लीगमा प्रवेश गरी पहिलेको लीगबाट परिवर्तित हुने पहिलो कार्यभार सफलताका साथ सिध्याएको छ।

              "थेन कोङ्ग एक नम्बर"अन्तरिक्ष यानको प्रक्षेपण हिजो उनन्तीस तारिख मध्यरातमा लङ मार्च दुई नम्बरको एफ.टि.एक क्यारियर रकेटले चीनको उत्तर-पश्चिमी भागमा पर्ने च्यौ छ्युआन उपग्रह प्रक्षेपण केन्द्रबाट गरेको हो। प्रक्षेपण गरिएको झण्डै दश मिनेटपछि "थेन कोङ्ग एक नम्बर"अन्तरिक्ष यान नजिकको झण्डै दुई सय किलोमिटर र टाढाको झण्डै तीन सय छयालीस किलोमिटरको अर्बिटमा प्रवेश गरेको छ।

             निर्धारित योजनाअनुसार, "थेन कोङ्ग एक नम्बर"अन्तरिक्ष यान तेह्रौं चक्र घुम्दा दोस्रो पटक लीकबाट परिवर्तित हुने कार्यभार पूरा गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह