फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"18 औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला 2011"   1

(GMT+08:00) 2011-11-07 19:06:14

             आज म 18 औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला 2011 गत अगस्ट 31 तारिखका दिन पैचिङको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको नयाँ भवनमा आयोजना भएको र उक्त अवशरमा आफूले त्यहाँ गएर अवलोकन गर्दा पाएका अनुभवहरूलाई संगालेर यो कार्यक्रम तयार गरेको छु।

              18 औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला 2011 गत अगस्ट 31 तारिखका दिन पैचिङको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको नयाँ भवनमा आयोजना भएको थियो। उक्त पुस्तक प्रदर्शनी मेला सेप्टेम्बर 5 सम्म गरी जम्मा पाँच दिनसम्म चलेको थियो। यस मेलामा 60 मुलुक तथा क्षेत्रको सहभागिता रहेको थियो। चीनको मुख्य भूमिमात्र होइन त्यहाँ तिब्बतका स्टलहरू पनि प्रशस्त रहेका थिए भने विशेष प्रशासनिक क्षेत्र हङकङको स्टल व्यापक र सुन्दर रहेका थिए। त्यसैगरेर थाइवान क्षेत्रको पुस्तकको स्टल पनि ज्यादै राम्रो रहेको थियो। उक्त पुस्तक मेलामा कतिपय स्टलले केवल पुस्तक प्रदर्शनीको कार्यक्रम मात्र राखेका थिए भने कतिपयले त पुस्तक तथा अन्य प्रवन्धहरु बिक्रीमा पनि राखेका थिए। चीनको मुख्य भूमिका स्टलहरू थुप्रैको सङ्ख्यमा रहेका देखिन्थे। त्यसमा पनि चीनको डिजिटल पढाइको बजार त व्यापक नै थियो। चीनको डिजिटल पढाइको बजारले विश्वलाई नै माथ गरेको देखिएको थियो। बालबालिकाहरूले किन किताब र कपिको भारी बोकेर विद्यालय जाने ? अब किताब पढेर आँखा दुखाउने दिन सकिएछन्। केवल एउटै सानो आइ पोडमा सबै कुरा गर्न मिल्ने। ओह! यो संसार त कति पर पुगिसकेछ। केवल एउटै औँलाले सबै कुरा गर्न मिल्ने। विषयगत पाठ पनि त्यहीँ राखिएका थिए अनि भाषा पढाइका कुरा पनि त्यहीँ नै राखिएका देखिन्थे। त्यहाँ तपाईँले तुरुन्तै परीक्षा दिन सक्नुहुन्छ अनि रिजल्ट आउँछ पाँच सेककेन्ड भित्र। कस्तो अचम्म देखेँ मैले। मैले पनि जाँच दिएँ।मैले एउटा अङ्ग्रेजी श्द पढेँ रझ वा गुलाब भन्ने। तर हामी नेपालीहरूको अङ्ग्रेजी उच्चारण त्यति मिल्दो रहेनछ क्यारे पाँचमा दुई मात्र पाएँ। अनि डिजिटल संसारकै दुनियाँमा एकछिन रमेँ मैले। एउटा बडेमानको पुस्तक थियो तर कागजको हेन प्लास्टिकको। हातले इशारा गर्नासाथ रेको माध्यमबाट पानाहरू पल्टँदै जाने रहेकछन्। जुन र जति नंबर पेजको पाठ चाहिने हो भर सेकेन्डमा नै पल्टाएर हेर्न र अध्ययन गर्न मिल्ने रहेछ। जुन एउटा सर्बसाधारण नेपालीका लागि अचम्मकै अवस्था आएको देखिन्थ्यो।आवाज------डिजिटल किताबको वर्णन गरेको आवाज।

             यस मेलामा युरोपको ढोका मानिएको नेदरल्याण्ड नै यस पुस्तक मेलाको मुख्य अतिथि बनेको थियो यसपटक। नेदरल्याण्डलगायत् इरान,भारत,क्यानडा,फ्रान्स,अमेरिका,जर्मनी आदि देश र चीनको हङकङ तथा तिब्बतका स्टलहरूको आकर्षण विशेष देखिएको थियो। नेदरल्याण्ड देशबाट प्रतिनिधित्व गर्नुहुने आयोजकका रुपमा श्री जोन गार्लान्तसँग मैले केही कुराकानी गर्ने अवशर पाएको थिएँ। उहाँले आफ्ना भनाइहरू राख्दै यस मेलाले चीन र नेदरल्याण्डबीचको साहित्यीकलगायत अन्य सम्बन्धहरू अझ बढ्ने बताउनु भयो। त्यसै गरेर उहाँले यस मेलामा आफ्नो देश प्रमुख अतिथिमा परेकोमा चीनप्रति धन्यवाद व्यक्त गर्नुभयो।त्यसै गरेर चीनले आफूलाई छनौट गरेकोमा सबै हल्याण्डबासीहरू धेरै खुसी भएको जनाउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह