फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

18 औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला 2011"   2

(GMT+08:00) 2011-11-14 18:53:20

 

             आज म 18 औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला 2011 गत अगस्ट 31 तारिखका दिन पैचिङको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको नयाँ भवनमा आयोजना भएको र उक्त अवशरमा आफूले त्यहाँ गएर अवलोकन गर्दा पाएका अनुभवहरूलाई संगालेर यो कार्यक्रम तयार गरेको छु। यो कार्यक्रम अघिल्लो हप्ताको कार्यक्रमको निरन्तरताको भाग हो।अघिल्लो हप्ताको कार्यक्रममा मैले यस पुस्तक मेलाको मुख्य अतिथि राष्ट्र छानिएको नेदरल्याण्डका प्रतिनिधि श्री जोन गार्लान्तका आफ्ना भनाइहरू जस्ताको तस्तै राखेर कार्य्रक्रम प्रसारण गरेको थिएँ। आजको यस कार्यक्रममा म त्यस्तै अर्का व्यक्तित्वको भनाइलाई जस्ताको तस्तै राखेर कार्यक्रम प्रस्तुत गर्ने भएको छु।

              अन्य स्टलहरूको पनि केही वर्णन गरौँ। मेलामा साठी देश र क्षेत्रले भाग लिएता पनि त्यहाँ केवल पुस्तक प्रदर्शनी मात्र देखिएन। मैले एउटा अनौठो फेसन शो पनि देखेँ जसमा युवतीहरूले छोटा लुगामा र्‍याम्पमा हिँड्दा विभिन्न प्रकारका पुस्तकहरू पल्टाएर पढ्दै हिँडेका देखिएका थिए। त्यो भनेको इटाली देशको स्टलको विशेष प्रस्तुति रहेको थियो। चीनको हङकङले विशेष गरेर खाना बनाउने तरिका उल्लेख गरिएका पुस्तकहरू प्रदर्शनी गरेको थियो।यसका साथमा उसले बालबालिकालाई आकर्षण गराएर अध्ययन गराउने पुस्तकहरू पनि राखेको थियो। त्यहाँ पुस्तक प्रकाशक मात्र होइन कतिपय देशका लेखकहरू पनि आएका थिए। ठाउँठाउँमा उनीहरूसँग अन्तरवार्ता लिने र सँगै फोटो खिच्नेहरुको निकै भिड पनि लागेको थियो। प्रसिद्ध कार्टुनिष्ट बाबाबाबा पनि उपस्थित थिए। चिनियाँ युवा जगत जो कार्टुन हेर्न मन पराउछन् तिनीहरूले बाबाबाबालाई उम्कनै दिएका थिएनन्। अनि जापानले कलासम्बन्धी अनि चीनको मुख्य भूमिले बालबच्चालाई अङ्ग्रेजी सिकाउने व्यवहारिक पुस्तकहरू प्रदर्शनीमा राखेको थियो।चीनको कन्फ्युसियस इन्स्टिच्यूटले चिनियाँ भाषा सिकाइका पुस्तकहरू प्रदर्शनीमा राखेको थियो।दक्षिण एशियाको प्रतिनिधित्व गर्दै भारत पनि पुस्तक प्रदर्शनीमा समावेश भएको देखिएको थियो। दक्षिण एशियाको प्रतिनिधि भारतबाट श्री पंकज चतुर्बेदी आउनुभएको थियो। नेशनल बुक ट्रस्ट इन्डिया भन्ने संस्थाको प्रतिनिधित्व गरेर आउनुभएका पंकज चतुर्बेदीले पनि मेलासम्बन्धी अनि चीन-भारत सम्बन्धका बारेमा आफ्ना भनाइहरू राख्नुभएको थियो।यस मेलाले विभिन्न देशहरूबीचको सम्बन्ध बढाउने कुरा उहाँले बताउनुभयो। त्यसै गरेर चीन र भारत उस्तै भौगोलिक अवस्थितिमा रहेका ठूला र विकासोन्मुख मलुकहरू भएका हुनाले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह