फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई स्थापनाको सत्तरीऔं वार्षिकोत्सव 1

(GMT+08:00) 2012-01-09 17:50:15

           आज म गत डिसेम्बर तीनमा भव्यताका साथ मनाइएको सिआरआईको 70औँ वार्षिकोत्सबका अवशरमा भएको विशेष कार्यक्रम तथा सिआरआई वास्तवमा कसरी सुरु भयो र हाल यो संस्था कुन अवस्थामा पुगेको छ भन्नेबारेमा केही बताउन जाँदैछु।

           हुन त लामो इतिहासमा सत्तरी वर्ष एउटा छोटो समय हुनसक्छ, तथापि यही समयमा सिआरआई कस्तो अवस्थाबाट हालको अवस्थासम्म परिवर्तन भएर आयो यो कुरा धेरै नै महत्वपूर्ण छ। वास्तवमा चीनको अन्तर्राष्ट्रिय प्रसारण कार्य तथा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका लागि सत्तरी वर्षको अवधिमा एकातिर कठिनाइ अनि अर्कातिर गौरव तथा सपना भरिएको छ। येन आनको गुफाजस्तो अँध्यारो कोठामा जापानी भाषाको पहिलो स्वरबाट एकसट्ठी भाषाबाट रातदिन विश्वमा प्रसारण गरिएकोसम्म सिआरआई विकसित हुन पुगेको छ।

           हरेक दिन दश मिनेट जतिको कार्यक्रमको अवधि थियो उबेला तर हाल हरेक दिन कूल तीन हजार घण्टा लामो कार्यक्रम प्रसारण गरिएकोसम्म विकासित भएको छ यो। शर्टवेभ रेडियोबाट माल्टिमिडियासम्म, अहिले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले नयाँ सुरुवातमा उभिएर "सि.आई.बि.एन"तथा "आकाश र जमिन दृश्य वेभसाइट"को एउटै समयमा स्थापना गरिएको कुराले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले नयाँ सञ्चार माध्यमको क्षेत्रमा चौतर्फी रुपमा प्रवेश गरेको र आधुनिक, मिलीजुली, नयाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रारम्भिक प्रारुपको स्थापना गरिएको देखिन्छ।

          चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको जन्म विश्वको फासिस्ट प्रतिरोधी युद्धमा भएको थियो। सत्तरी वर्षअघिको डिसेम्बर तीन तारिख युद्धविरोधी जापानी महिला युआन छिङ चले चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत क्षेत्र येन आनको गुफाजस्तै अँध्यारो कोठामा जापानी भाषामा "यो येन आन सिन ह्वा रेडियो हो"भन्ने पहिलो स्वर प्रसारण गरेकी थिइन्। सन् 1947 मा येन आन सिन ह्वा रेडियोले अङ्ग्रेजी प्रसारण खोलेको थियो।

           गत शताव्दीको पचासौं र साट्ठीऔं दशकको अवधिमा धुमधामसँग गरिरहेको राष्ट्रिय मुक्ति आन्दोलनको साथसाथै विश्वको तेस्रो जगतमा रहेका व्यापक मुलुकहरुले अघि पछि गरी स्वतन्त्रता कायम गरेर अन्तर्राष्ट्रिय राजनीतिक प्रारुपमध्येको महत्वपूर्ण शक्ति बनेका थिए।

          नयाँ चीनको कूटनीतिमा पनि ठूलो प्रगति हासिल भएको थियो। यस पृष्ठभूमिमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले खोलेको विदेशी भाषाको प्रसारणको सङ्ख्या झन् झन् बढ्दै आएको थियो। गत शताव्दीको सत्तरीऔं दशकको अन्त्यसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले प्रसारण गरेका भाषाहरुको संख्या चालीसभन्दा बढी पुगेको थियो।

          सन् 1998मा "सि.आर.आई अनलाइन"भन्ने विविध भाषासहितको वेभसाइटको स्थापना भएको थियो। अहिलेसम्म "सि.आर.आई. अनलाइन"का एकसट्ठी वटा भाषा रहेका छन्। चालुवर्षको आरम्भमा सि.आई.बि.एन.को स्थापना भएको छ।

          चिनियाँ चिनियाँ अन्तर्राष्ट्रिय रेडियो एउटा परम्परागत सञ्चार माध्यमबाट इन्टरनेट रेडियो तथा इन्टरनेट टेलिभिजनसम्म परिवर्तित नयाँ सञ्चार माध्यम बनेको बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह