फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई स्थापनाको सत्तरीऔं वार्षिकोत्सव 2

(GMT+08:00) 2012-01-16 19:34:15

            चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको विकासक्रममा त्यसको लक्ष्य परिवर्तन भएको छैन। त्यो भनेको चीनप्रति विश्वको जानकारीलाई बढाउनु, राष्ट्रको राम्रो छविको निर्माण गर्नु तथा चिनियाँ जनता र विदेशका जनताबीचको सम्पर्क तथा जानकारी गर्ने पुलको निर्माण गर्नु हो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले आधुनिक, मिलीजुली, नयाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमको निर्माणका लागि भ्याएसम्म प्रयास गरी चीनको अन्तर्राष्ट्रिय प्रसारण कार्यको नयाँ अध्याय खोल्नेछ।

             गत डिसेम्बर तीनका दिन सिआरआईले एक विशेष कार्यक्रम गरेको थियो। उक्त दिन बिहान पैचिङ शहरको केन्द्रमा अवस्थित जनबृहत सभा भवनको तेस्रो तलामा रहेको हलमा खुसीयाली तथा मनोरम वातावरण भरिएको थियो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विदेशी श्रोताका प्रतिनिधिहरू, विदेशका लागि प्रसारण गर्ने कर्मचारीहरू तथा विदेशका लागि प्रसारणसम्बन्धी चिनियाँ अधिकृतलगायत सात सय जना व्यक्तिहरू भेला भएर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव भव्यताका मनाएका थिए।

           सत्तरी वर्षको विकासपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पन्ध्रवटा कन्फ्युसियस कक्षा, विदेशमा चालीस वटा पत्रकार स्टेशन र चार हजार भन्दा बढी श्रोता क्लब छन्।

           रेडियो, टेलिभिजन, समाचार-पत्र, वेभसाइट तथा मोबाइललगायत माल्टीमिडियालगायत प्रसारणका तरिकाले चीन र विदेशका श्रोताहरूलाई घनिष्ठ रुपमा जोडेको छ।

           विदेशका लागि प्रसारण गर्ने सिद्धान्त तथा तरिकाको नवीकरणको परिप्रेक्षमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको कार्यक्रमले विश्वका विभिन्न स्थानका साधारण श्रोतालाई आकर्षित पार्नुका साथै विदेशका धेरैजना राष्ट्रनायकलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको श्रोता बनाएको छ।

           कार्यम्रममा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाङ कङ नेनले यस सम्मेलनलाई सम्बोधन गर्दै भविष्यमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले आधुनिक, मिलीजुली, नयाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमको निर्माणलाई सबल पार्ने कुरा बताउनुभयो।

           समस्टिगत रुपमा हेर्दा सि.आर.आई.का समस्त श्रोता,पाठक तथा दर्शक महानुभावहरूका लागि सन् 2011 निकै उत्साहप्रद वर्ष रहेको थियो।किनभने सि.आ.आई.ले यसवर्ष आफ्नो 70 वर्षे प्रौढता र परिपक्वता प्रदर्शन गरिसकेको थियो।यस वर्षसम्म आइपुग्दा सि.आर.आई. दुनियाँको एक सानो गुफाजस्तो कोठाबाट निस्किएको एक सानो आवाजबाट सुरु भई विश्व रेडियो सेवा,समुद्रपार रेडियो सेवा, टेलिभिजन सेवा तथा भिडियो प्रोडक्सन, छापा मिडिया, वेभसाइट सेवा, इन्टरनेट टि.भी. सेवा, इन्टरनेट रेडियो सेवा तथा सि.आई.बी.एन.मोबाइल तथा टेलिभिजन सेवाको स्तरसम्म विकसित भइसकेको छ।सि.आर.आई.को 70औँ वार्षिकोत्सव विश्वका धेरै देशमा श्रोता,दर्शक र पाठकहरूले पनि मनाउनुभएको थियो र यो खबर हामीले विश्वबाट नै पाएका छौँ। पैचिङमा त यसलाई एउटा पर्बकै रुपमा मनाइएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह