फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अठारौं ओलम्पिक संग्रह मेला

(GMT+08:00) 2012-07-25 14:56:29
          अठारौं ओलम्पिक संग्रह मेला गत बीस तारिख एथेंसस्थित प्रसिद्ध जाप्पेओन भवनमा सम्पन्न भएको छ। विश्वको ओलम्पिक संग्रहकर्ताको वार्षिक भव्य समारोहको रुपमा अठारौं ओलम्पिक संग्रह मेलामा धेरै ध्यानाकर्षण छ।

           एथेंसको राष्ट्रिय पार्कमा पर्ने जाप्पेओन भवन ग्रीसका सबैभन्दा प्रसिद्ध भवनहरुमध्येको एक हो। सन् 1896 पहिलो आधुनिक ओलम्पिक खेलकुद आयोजना भएको बेलामा ओलम्पिक गाउँको रुपमा जाप्पेओन भवन प्रयोग गरिएको थियो र तरवार बाजी रंगशाला भएको थियो।

          यस मेलामा हाम्रा सम्वाददाताले "ओलम्पिक वस्तुसम्बन्धी संग्रहकर्ताहरुमध्ये पहिलो स्थानमा रहेका व्यक्ति" भनिएका श्री हौ खुनसँग भेटेका छन्। श्री हौ खुनले सम्वाददातालाई ओलम्पिक संग्रह मेलाको इतिहास र संग्रह मेलामा सहभागिताको उद्देश्यबारे जानकारी दिएका छन्।

       "यस पटकको ओलम्पिक संग्रह मेला अन्तर्राष्ट्रिय ओलम्पिक समिति र ग्रीस ओलम्पिक खेलकुद समितिद्बारा संयुक्त रुपमा आयोजना गरिएको हो। यो मेला हरेक वर्ष विश्वको कुनै एक मुलुकमा आयोजना हुन्छ। सन् 1994देखि यस मेला आयोजना गरिंदैआएको छ। चालू वर्षको मेला अठारौं मेला हो। म ओलम्पिक प्रेमी हुँ। हरेक वर्ष मैले ओलम्पिक संग्रह मेला आयोजना भएको मुलुकमा पुग्ने गरेको छु। मैले विश्वको विभिन्न मुलुकका संग्रहकर्ताहरुसँग आदान-प्रदान गर्ने मौका पाएको छु।"

         श्री हौ खुनको स्टल निकै विशेषतायुक्त छ। यसले धेरै दर्शकहरुको मन जित्न सफल भएको छ। ओलम्पिक संग्रहकर्ताहरु र संग्रह वस्तुको अवलोकन गर्न आएका दर्शकहरुबाटै संकलित सामग्रीहरु हुन ती । त्यो संग्रहमा श्री हौ खुनद्बारा जम्मा गरिएका चिनियाँ विशेषतायुक्त सामग्रीहरुको अवलोकन पनि गरिएकोछ।

         "चालू वर्षको ओलम्पिक खेलकुद लण्डन ओलम्पिक खेलकुद हो र तीसौं ओलम्पिक खेलकुद पनि। मैले मेरो स्टलमा पैचिंगको ओलम्पिक झण्डा राखेको छु। त्यसबाट सबैलाई थाहा हुन्छ, म चीनबाट आएको हुँ। साथै मैले पैचिंगको विशेषतायुक्त सामग्रीहरु ल्याएको छु। मैले पैचिंगका धेरै स्मरण उपहार र पैचिंग ओलम्पिक खेलकुदसम्बन्धी संग्रह गर्न लायकका वस्तुहरु पनि ल्याएको छु। खास गरी मैले पैचिंग ओलम्पिक खेलकुदको ज्योति ल्याएको छु।"

          श्री हौ खुनले सम्वाददातासँग कुराकानी गर्दै यस पटकको ओलम्पिक संग्रह मेलाको अनुभवबारे चर्चा गरेका छन्। उनले भने "मेलाको परिमाण हेर्दा यस पटकको मेला ठीकैको भएको छ । प्रदर्शन गरिएका संग्रह वस्तुहरुमध्ये ज्योति र पदक सबैभन्दा बढी आकर्षक छन्। ओलम्पिक खेलकुदमा पुरस्कार प्राप्त खेलाडीहरुको प्रमाण पत्र पनि आकर्षणको विषय हो । मैले लण्डन ओलम्पिक खेलकुदको ब्याच पनि देखेँ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह