फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लण्डन ओलम्पिक खेलकुदबाट बेलायतको सामाजिक तथा आर्थिक विकासमा पर्ने प्रभाव

(GMT+08:00) 2012-07-25 14:59:08

           आर्थिक वा सामाजिक दृष्टिकोणबाट हेर्दा कुनै पनि मुलुकका लागि ओलम्पिक खेलकुदको आयोजना एउटा ठूलो प्रतिष्ठाको कुरा हो। बेलायतका विद्वानले हाल बेलायतका लागि सीआरआईका पत्रकारलाई अन्तर्वार्ता दिँदै लण्डन ओलम्पिक खेलकुदले लण्डन र बेलायतको सामाजिक तथा आर्थिक विमासमा ठूलो प्रभाव पार्ने कुरा बताउनुभयो।

         आयोजना हुनलागेको तीसौं लण्डन ग्रीष्मकालीन ओलम्पिक खेलकुद लण्डनले आयोजना गरेको तेस्रो पटकको खेलकुद हो। लण्डन ओलम्पिक खेलकुदको संयोजन समितिले ओलम्पिक खेलकुद पार्क, खेलमैदान र रंगशालाको निर्माणमा धेरै रकम खर्चिएको छ। बेलायती बोर्नेमाउथ बोर्नेमोज विश्वविद्यालयका विद्वान डेब्बी सादले ओलम्पिक खेलकुद पार्क, खेलमैदान र रंगशालालगायतका ती आधारभूत प्रबन्धहरु ओलम्पिक खेलकुदले स्थानीय वासिन्दालाई दिने सम्पदा हुने कुरा बताउनुभयो।

        "पहिले ओलम्पिक खेलकुदबाट शहरमा परिवर्तन हुने विषयमा ध्यान दिइएको छ। जस्तै भनौं आधारभूत प्रबन्धको परिवर्तन र आबासको परिवर्तन। मेरो विचारमा लण्डनका लागि सार्वजनिक पार्कको प्रयोग सुअवसर हुनेछ। आधारभूत पार्क एक खुलस्त पार्क र हरियो पार्क हो। पार्कको वरिपरि बस्ने मानिसहरुबाट आधारभूत पार्कमा लाभान्वित हुने छ। र आधारभूत पार्कबाट लण्डनमा साकारात्मक सामाजिक प्रभाव पार्ने छ।"

          बेलायती बोर्ने माउथ विश्वविद्यालयको अर्थशास्त्रका उच्च शिक्षक डेर्मोट मेककार्थिनले लण्डन ओलम्पिक खेलकुदबाट बेलायतको अर्थतन्त्रमा पर्ने प्रभावबारे चर्चा गर्दै छोटो र लामो समयबाट हेर्दा ओलम्पिक खेलकुदले आर्थिक विकासलाई प्रर्बद्धन गर्ने कुरा बताउनुभयो।

        "मेरो विचारमा ओलम्पिक खेलकुद लण्डन खास गरी रोजगारका लागि हितकर हुने छ। पूर्वी लण्डनका लागि ओलम्पिक खेलकुद पनि हितकर हुने छ। मेरो विचारमा ओलम्पिक खेलकुदका बेलामा बेलायतको पर्यटन व्यवसायमा ठूलो विकास हुनेछ। लण्डन ओलम्पिक खेलकुदले धेरै पर्यटकहरुलाई लण्डन घुम्न आकर्षित गर्नेछ। साथै लण्डन ओलम्पिक खेलकुदले बेलायतको आर्थिक बृद्धि दरलाई प्रबर्द्धन गर्ने छ।"

         हाल यूरोपेली ऋण संकटबारे चर्चा गर्दा श्री मेककार्थिनले यसले लण्डन ओलम्पिक खेलकुदको आयोजनामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो "यूरोपेली ऋण संकटले लण्डन ओलम्पिक खेलकुदको आयोजनालाई कठिनाई पुर्‍याउने ठहर मैले गरेको छैन। लण्डन ओलम्पिक खेलकुदको अवलोकन गर्ने आशा लिएका यूरोपेलीहरुले अझै बढी शुल्क तिर्नेछन्। किनभने बेलायती पाउन्डप्रति यूरोको विनिमय दर निरन्तर रुपमा घटेको छ। यूरो क्षेत्रको संकटले ओलम्पिक खेलकुदमा प्रभाव पार्ने ठहर मैले गरेको छैन।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह