फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको क्यानोयिङ टोलीले लण्डन ओलम्पिक खेलकुदका लागि तयार गरिरहेको

(GMT+08:00) 2012-07-25 15:03:31

           सन् 2012 क्यानोयिङ विश्व कपको पहिलो स्टप अर्थात् पोज्नान स्टपको प्रतियोगिता गत मे महिनाको बीस तारिखका दिन उत्तर-पश्चिमी पोल्याण्डको पोज्नान शहरको मार्था तालमा सम्पन्न भएको छ। चीनको क्यानोयिङ टोलीले यस स्टपको प्रतियोगितामा भाग लिएको र निर्धारित उपलब्धि हासिल गरेको छ। यस युवा टोलीले यस स्टपको प्रतियोगितामार्फत अन्तर खोज्ने र लण्डन ओलम्पिक खेलकुदमा प्रतिष्ठाको संरक्षण गर्ने आशा लिएको छ।

          क्यानोयिङ विश्व कपअन्तर्गत पोज्नान स्टपको प्रतियोगिता चालू वर्षको लण्डन ओलम्पिक खेलकुदअन्तर्गत यूरोपेली क्षेत्रको योग्यता प्रतियोगिता भएको हो। त्यसैले लण्डन ओलम्पिक खेलकुदमा सहभागी हुनका लागि यूरोपका धेरै टोली पोज्नान स्टपको प्रतियोगितामा सहभागी भएका छन्। लण्डन ओलम्पिक खेलकुदअघि यस स्टपको प्रतियोगितामा सहभागी भएको उद्देश्यबारे चर्चा गर्दा चीनको राष्ट्रिय खेलकुद व्यूरोअन्तर्गत पौडी व्यवस्थापन केन्द्रका प्रमुख वाङ तुले भन्नुभयो "हामी पोज्नान स्टपको प्रतियोगितामा मात्र सहभागी भएका छौं। पछिको प्रतियोगितामा हामी सहभागी हुने छैनौं। हामीले पोज्नान स्टपको प्रतियोगितामार्फत अगाडि अवधिमा अभ्यासको नतिजालाई परीक्षण गरेका र विश्वका शक्तिशाली टोलीहरुको तुलनामा हाम्रो अन्तर खोजेका छौं। त्यसपछि हामीले लण्डन ओलम्पिक खेलकुदका लागि तयारी गर्ने छौं।"

           पोज्नान स्टपको प्रतियोगितामा हासिल गरिएको उपलब्धिप्रति चीनको क्यानोयिङ टोलीका प्रशिक्षक सुङ क्वाङ लिलले सन्तुष्टी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो "यस पटकको प्रतियोगिताको अवस्थाबाट हेर्दा हाम्रा खेलाडीहरुले आफ्नो क्षमता निर्वाह गरेका छन्। हामीले यस पटकको प्रतियोगितामार्फत निर्धारित लक्ष्य साकार तुल्याएका छौं। यस पटकको प्रतियोगितामार्फत खेलाडीहरुले सशक्त संकल्प लिएका र अरु टोलीहरुसित हाम्रो अन्तर देखेका छन्। साथै खेलाडीहरु आशावादी भएका छन्।"

           तीसौं लण्डन ओलम्पिक खेलकुद चीनको क्यानोयिङ टोलीको मुख्य लक्ष्य हो। तर चीनको क्यानोयिङ टोलीको सामु धेरै कठिनाई देखापरेको छ। वातावरण, खाना, सँस्कृतिआदि कारक-तत्वहरु खेलाडीहरु र प्रशिक्षकको सामु देखापरेको कठिनाइ हो। साथै चीनको क्यानोयिङ टोली एउटा युवा टोली हो। श्री वाङ तुले भन्नुभयो "हाम्रो टोलीमा दुई जना खेलाडी ओलम्पिक खेलकुदमा सहभागी भएका थिए। प्रशिक्षकहरु पनि नयाँ हुन्। हाम्रो टोली विश्वका अत्याधुनिक टोलीहरुभन्दा फरक छ।"

          लण्डन ओलम्पिक खेलकुदको च्याम्पियनसीप प्राप्त गर्न धेरै कठिनाइ छ तर लण्डन ओलम्पिक खेलकुदमा च्याम्पियन प्राप्त गर्नु चीनको क्यानोयिङ टोलीको पनि एउटा सपना हो। प्रशिक्षक सुङले भन्नुभयो "हाम्रा प्रति खेलाडीले आफ्नो क्षमतालाई देखाउने र लण्डन ओलम्पिक खेलकुदमा पदकहरु पाउने आशा लिएको छु। उनीहरुले खेलकुदको टाकुरामा उभिने आशा लिएका छन्।"

           सन् 2004 एथेन्स ओलम्पिक खेलकुदमा चीनको क्यानोयिङ खेलाडी मङ क्वान ल्याङ र याङ वै च्युनले ऐतिहासिक टड्कारो उपलब्धि हासिल गरेका थिए । सन् 2008 मा पैचिंग ओलम्पिक खेलकुदमा चीनको क्यानोयिङ टोलीले पनि राम्रो उपलब्धि प्राप्त गरेको थियो। स्वर्ण पदक कुनै पनि खेल र खेलाडीका लागि महत्वपूर्ण कुरा हो। प्रतिष्ठा अझै महत्वपूर्ण हो। आउन लागेको लण्डन ओलम्पिक खेलकुदबारे श्री वाङ तुले भन्नुभयो "क्यानोयिङ प्रतियोगिताका लागि हाम्रो उद्देश्य के हो भने प्रतिष्ठाको संरक्षण गर्ने हो।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह