फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लण्डन ओलम्पिक खेलकुदबाट बेलायतलाई धेरै आर्थिक फाइदा ल्याइने

(GMT+08:00) 2012-07-25 15:06:17

            तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुद सत्ताईस तारिखका दिन बेलायतको लण्डनमा शुरू हुने्छ। यूरोपेली ऋण संकटबाट बेलायतमा प्रभाव परेको र बेलायतको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको कारणले गर्दा बेलायतले ओलम्पिक खेलकुदको आयोजना गर्ने सुअवसरमार्फत आर्थिक पुनरुत्थानालई अगाडि बढाउने आशा लिएको छ। यसै जुलाई तीन तारिख सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनअनुसार, लण्डन ओलम्पिक खेलकुदले बेलायतलाई धेरै र दीर्घकालीन आर्थिक फाइदा दिने र बेलायतको रोजगारलाई प्रबर्द्धन गर्नेछ।

         बेलायतको ल्योड बैकिङ समूहले एक अनुसन्धान गरेर सन् 2005मा लण्डनले ओलम्पिक खेलकुदको आयोजना अधिकार पाएदेखि सन् 2017सम्म ओलम्पिक खेलकुदबाट बेलायतको अर्थतन्त्रमा पर्ने प्रभावमाथि ध्यान दिएको छ। शहरी निर्माण र पर्यटन व्यवसायले प्राप्त गर्ने फाइदा मुख्यतःअनुसन्धान गरिएको छ। यस प्रतिवेदनअनुसार, सन् 2017सम्म बेलायतको अर्थतन्त्रले ओलम्पिक खेलकुदबाट प्राप्त गर्ने फाइदाको कुल रकम सोह्र अर्ब पचास करोड बेलायती पाउन्ड पुग्नेछ। ओलम्पिक खेलकुद सम्पन्न भएपछिको पाँच वर्षमा बेलायतले कुल फाइदाको एक तिहाई अर्थात् पाँच अर्ब बेलायती पाउन्ड प्राप्त गर्नेछ। ओलम्पिक खेलकुदको खेलमैदान र रंगशाला अरु क्षेत्रमा प्रयोग गरिने र बेलायत घुम्न जाने पर्यटकहरुको संख्यामा निरन्तर रुपमा बृद्धि हुने कारणले गर्दा बेलायतले आगामी पाँच वर्षमा पाँच अर्ब बेलायती पाउन्ड प्राप्त गर्नसक्नेछ। ओलम्पिक खेलकुदबाट बेलायती वासिन्दाको उपभोग खर्चमा पनि बृद्धि हुनेछ।

           ल्योड बैकिङ समूहका प्रथम अर्थशास्त्री प्याट्रिक पत्रिक फोलीकाअनुसार, सन् 2012 लण्डन ओलम्पिक खेलकुद बेलायतले इतिहासमा आयोजना गर्ने सबैभन्दा ठूलो परिमाणको खेलकुद गतिविधि हुनेछ। बेलायतले लण्डन ओलम्पिक खेलकुदका लागि आधारभूत प्रबन्धको अभूतपूर्व निर्माण गरेको छ। सन् 2017सम्म वास्तुकला व्यवसायले कूल गार्हस्थ उत्पादन अर्थात् जी.डी.पी.लाई योगदान दिने रकम तेह्र अर्ब पचास करोड बेलायती पाउन्ड पुग्नेछ। तीमध्ये 57प्रतिशत रकम लण्डन ओलम्पिक खेलकुद शुरु हुनुअघि खेलमैदान र रंगशालाको निर्माण र आधारभूत प्रबन्धको निर्माणबाट आएको छ। ओलम्पिक खेलकुद पार्कको निर्माणले जी.डी.पीलाई योगदान दिएको रकम दुई अर्ब तीस करोड बेलायती पाउन्ड पुगेको छ। 24प्रतिशत रकम लण्डन ओलम्पिक खेलकुदपछि निर्माण हुने परियोजनाहरुबाट आउने छ। आधारभूत प्रबन्धको निर्माणले लण्डनमा प्रभाव पार्नुका साथै बेलायतको विभिन्न क्षेत्रको अर्थतन्त्रको विकासलाई प्रबर्द्धन गरेको छ। लण्डन ओलम्पिक खेलकुदले चालू वर्ष र आगामी केही वर्षमा रोजगार, पर्यटन, उपभोगकर्ताको खर्च, जीवन स्तरआदि क्षेत्रहरुमा निरन्तर रुपमा भूमिका निर्वाह गर्ने र बेलायतको आर्थिक पुनरुत्थानलाई प्रबर्द्धन गर्ने छ। लण्डन ओलम्पिक खेलकुदले एक करोड जना पर्यटक भित्र्याउने अनुमान गरिएको छ। आगामी पाँच वर्षमा बेलायतको पर्यटन व्यवसाय ओलम्पिक खेलकुदको प्रभावमा निरन्तर रुपमा विकास हुने छ। ओलम्पिक खेलकुदसम्बन्धी पर्यटनको आम्दानी दुई अर्ब बेलायती पाउन्ड पुग्ने छ।

           साथै रोजगार क्षेत्रमा ल्याड बैकिङ समूहको सम्बन्धित प्रतिवेदनअनुसार, लण्डन ओलम्पिक खेलकुदले बेलायतलाई साठी हजार वटाभन्दा बढी रोजगार अवसर बढाउने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह