फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18 औं महाधिवेशनको भब्य सफलताका लागिहार्दिक बधाई तथा शुभकामना

(GMT+08:00) 2012-11-05 15:21:39

      यही नो भेम्बर 18 तारिखका दिन हाम्रो छिमेकी मित्रराष्ट्र चीनको अत्यन्त सुन्दर राजधानी शहर बेइजिङमा चिनिया" कम्युनिष्ट पार्टीको 18 औं महाधिवेशनको शुभारम्भ हुन गइरहेको खबरले हामी अत्यन्त हर्षित भएका छौं । चिनिया" कम्युनिष्ट पार्टी, चिनिया" सरकार र मेहेनतकश चिनियाँ जनताका लागि यो गौरव, स्वाभिमान र खुशी मान्नुपर्नेर् विषय हो भन्ने हामीलाई लागिरहेको छ । यसै महाधिवेशनबाट चिनियाँ" कम्युनिष्ट पार्टीले आफ्नो नया" नेतृत्व प्राप्त गर्नेछ भने समस्त विश्व समुदायले एउटा उदाउँर्दो सूर्यको रुपमा विकासमार्गमा अघि बढिरहेको चम्चमाउँर्दो जनवादी गणतन्त्र चीनको हार्दिकतापूर्वक नेतृत्व गर्ने सक्षम अगुवा प्राप्त गर्नेछ । हामी आसन्न चिनियाँ" कम्युनिष्ट पार्टीको 18औं महाधिवेशनको भब्य, सभ्य र कौशलतापूर्ण सफलताका लागि हार्दिक शुभकामनाका साथमा चिनियाँ " कम्युनिष्ट पार्टी, चिनियाँ " सरकार र महान् तथा गौरवशाली चिनिया " जनताहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहान्छौं ।

            नेपालको छिमेकी मित्रराष्ट्र चीनले खासगरी देङ सिआओ पिङको समयावधीपश्चात दिन दुईगुण राता चारगुणको दरले हरेक क्षेत्रमा विकास र प्रगती गर्दै आएको कुरा अब कसैको लागि अचम्मको विषय रहेन । नया " चीनको स्थापना पछि अत्यन्तै सबल ढंगले चीनले आफूलार्इ अन्तर्राष्टि्रय रङ्गमञ्चमा चिनाउँदै आएको छ। चीनले सामाज विकास, आर्थिक विकास तथा विज्ञानप्रविधिको विकासका क्षेत्रमा हासिल गरेको सफलता पक्कै पनि चानचुने सफलता होइन । 21 सौं शताब्दी सुहाउँदो राजनैतिक व्यवस्था, जनपक्षीय उदार अर्थतन्त्र तथा प्रतिष्पर्धात्मक राजनैतिक प्रणाली, एवं विश्वशान्ति प्रवर्द्धनमा चीनले खेलेको भूमिका सारा विश्वका लागि अनुकरणय कामहरु हुन् । पञ्चशीलका सिद्धान्तमा अटुट आस्था र प्रतिवद्धता जनाएको चीनले आजका दिनसम्म छिमेकीमुलुक र विश्वका अन्य मुलुकहरुसंग तठस्थताकै आधारमा व्यवहार गरेको देखिएको छ ।

           पछिल्लो समयमा युरोपीयन र अमेरिकी देशहरुले भोग्नुपरेको आर्थिक मन्दीबाट चीनले खासै प्रभावित हुनुपरेको अवस्था छैन। आफ्नो सुझबुभझपूर्ण आर्थिक अनुशासनका कारणले चीनले आफ्नो अर्थतन्त्रलाई मजबुद बनाउने विभिन्न क्रियाकलापहरु सञ्चालन गरिआएको छ । विश्व बजारमा आज चीनमा उत्पादन भएका सामग्रीहरुको बाहुल्यता छ। हाम्रो परम हितैषी छिमेकी देश चीनले आर्थिक क्षेत्रमा हासिल गरेको यो उच्च सफलताबाट हामी अत्यन्तै हर्षित भएका छौं । हामी यो अवसरमा चिनिया सरकार, महान् चिनियाँ जनता र चीनको हित चाहने सबै सुभेच्छुक महानुभावहरुमा हार्दिक बधाई दिन चाहान्छौं । हामी अपेक्षा गर्दछौं कि चीनले आगामी दिनमा पनि आफ्नो अग्रगामी प्रगतिको बाटोलाई पछ्यायी रहनेछ । हालसालै सम्पन्न हुन लागिरहेको 18 औं महाधिवेशनले चीनको सुदृढ, सवल र प्रभाकारी नेतृत्व गर्न सक्ने नेताहरुको चयन गर्ने कुरामा कुनै शंका छैन ।

           21 सौं शताब्दीको बाँकी समयका हाँक, चुनौती र सम्भावनाहरुलाई सम्बोधन गर्न सक्ने दूरदर्शी नेतृत्व चयन गर्नमा देशभरीबाट भेलाहुने महान् चिनियाँ " कम्युनिष्ट पार्टीका प्रतिनिधि तथा पार्षदसदस्यहरु सफल हुनेछन् भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ ।अहिले बा"की विश्वले चिनिया" विशेषतायुक्त समाजवादको सफलतालाई नजिकबाट नियालिरहेको अवस्था छ । चीनले जुन हिसावले दिनप्रतिदिन सफलताका पुञ्जहरु प्राप्त गरिरहेको छ त्यसबाट यथार्थमै विश्वसमुदाय चकित बनिरहेको छ । विश्वको एकतिहाइ जनसंख्या भएको देश चीनले प्राप्त गरेको यो उच्च स्तरको सफलताका पछाडि यसले अवलम्बन गरेको चिनियाँ विशेषतामा आधारित समाजवादी राजनैतिक प्रणली, चिनियाँ कम्युनिष्ट पार्टीका इमान्दार कार्यकर्ता, आफ्नो मिसनमा प्रतिबद्ध चिनियाँ सरकार र कर्तव्यनिष्ठ चिनियाँ जनताको रातदिनको खटनपटनकै मुख्य भूमिका रहेको तथ्य बुझ्न कुनै कठिनाई छैन । वास्तवमै चीनले दिनु दुईगुण र रात चारगुणको दरले विकासको दिशामा फड्को मारिरहेको छ । शिक्षा, स्वास्थ्य, कृषी, उद्योग व्यवसाय, अन्तरिक्ष विज्ञान, खोज अनुसन्धान, यातायात, खेलकुद, सञ्चार आदिका क्षेत्रमा चीनले विगतमा हासिल गरेको सफलता साच्चिकै लोभलाग्दो छ । विगतका सफलताहरुबाट पाठ सिकेर आगामी दिनहरुमा पनि चीनले आफूलाई चौतर्फी रुपमा सफल सावित गर्ने कुरामा फरक मत हुन सक्दैन। चीनले संसारलाई नै आश्चर्य चकित पार्दै गरेको उन्नती र प्रगतिको यो उदाहरणले चीनलाई नजिकबाट माया गर्नेहरुका लागि खुशीको सञ्चार गराएको छ । निर्यात व्यापार र निर्माणू उद्योगको क्षेत्रमा बढोत्तरी गर्दै आफ्नो अर्थव्यवस्थालार्इ मजबुद राख्न चीनले गरेको प्रयास प्रशंसनीय छ ।

            चिनियाँ कम्युनिष्ट पार्टीको यो 18 औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेताहरुको नेतृत्वमा आगामी वर्षहरुमा पनि चीनको आर्थिक विकासले थप उचार्इ लिंदै जानेकुरा निश्चित छ । छिमेकी देश चीनको विकासबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने ठाउँ छ भन्ने हामीलार्इ लागेको छ । चीनको प्रगतिबाट छिमेकीका नाताले हामी पनि लाभान्वित हुन सक्ने सम्भावना प्रशस्तै छन् । मलार्इ लाग्छ यो 18 औं महाधिवेशनबाट निर्वाचित हुने चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले छिमेकी मुलुकको विकास, स्थायित्व, सर्वाङ्गिण समृद्धि र उन्नतीमा सहयोगका हात फैलाउने नीतिलार्इ निरन्तरता दिंदै थप चासो देखाउने छ । नेपाल चीनका लागि धेरै दृष्टिले महत्वपूर्ण भूगोल पनि हो । सामरिक महत्वका दृष्टिले पनि नेपालको शान्ति र समुन्नतीमा सबै छिमेकीहरुको हित जोडिएको अवस्था छ । तसर्थ नेपालमा हुने यो वा अर्को परिवर्तन र चलखेलले चीनलार्इ प्रभावित नगर्ने भन्ने कुरै हुँदैन । तसर्थ छिमेकी मुलुक नेपालको पछौटे अवस्था रहिरहने कुराले चीनलार्इ पनि इज्जत दिंदैन । यसो भएकाले पनि यसपटकको महाधिवेशनले पारित गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको आगामी नीति तथा कार्यत्क्रमले नेपालप्रतिको सकारात्मक सहयोगका लागि मार्गप्रशस्त हुन सक्ने कुरामा आशावादी हुने ठाउँ रहेको छ।

         अन्त्यमा चीनको दिनानुदिन राजनैतिक, साँस्कृतिक, भौतिक, आर्थिक र मानवीय प्रगति तथा उन्नतीको कामना गर्दै चिनिया अन्तर्राष्टि्रय रेडियो नेपाली विभागको श्रोताहरुको तफबाट र सीआरआई नेपाली विभागको रेडियो मनिटरका नाताले 18औं महाधिवेशनको भब्य सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र मेहेनती चिनियाँ जनताहरुमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । चीन नेपाल मैत्री सम्बन्ध अमर रहोस् । धन्यवाद । राजेन्द्र पहाडी

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह