फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मान बहादुर खत्री किर्तिपुर नेपालबाट चिनियाँ कम्युनिष्ट पार्टीको 18 ‌औं महाधिवेशनको शुमकामना

(GMT+08:00) 2012-11-09 15:49:20

            प्रत्येक पाँच पाँच वर्षमा आयोजना हुँदै आएको चिनियाँ कम्युनिष्ट पार्टीको 18 ‌औं महाधिवेशन 8 तारिखका दिन शुरु भइसेको छ । यस पुनीत अवसरमा अत्यन्त नजिकको छिमेकी, घनिष्ट तथा मित्रराष्ट्र चीन, चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनतामा यस महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु । चिनियाँ कम्युनिष्ट पार्टीको 18 ‌औं महाधिवेशनले पार्टीको विधानलार्इ समयानुकुल परिमार्जन गर्ने, वर्तमान समयमा देखिएका आन्तरिक चुनौतिहरु विषेशगरी, पूर्व पश्चिमका क्षेत्रहरुमा रहेको विकासको खाडल पुर्ने, गाँउ र शहर बीचको अन्तर कम गर्ने धनी र गरीव बीचको बढ्दो दुरी घटाउनु तथा बाह्य चुनौतिलार्इ सामना गर्न तथा पार्टीलार्इ मजबुत पार्नमा यस महाअधिवेशनले महत्वपूर्ण रणनीति तयार पार्ने छ । यसका साथै, चिनियाँ नेतृत्व हस्तान्तरण बारेमा पनि छलफल गरिने छ । यस महाधिवेशनले पनि बिगतका अधिवेशनले जस्तै चिनियाँ अर्थतन्त्रलार्इ मजवुद पार्दै सन् द्दण्द्धढ सम्म आफुलार्इ समृद्ध मुलुक बनाउनको लागि ठोस कदम चाल्ने छ भन्ने विश्वास लिएको छु ।

            अन्तमा नेपाल, चीन, नेपाली र चिनियाँ जनता साथै रेडियो तथा हामी नेपाली श्रोताहरु बीच रहदै आएको सम्बन्धमा आगामी दिनहरुमा अझ गाढापन र घनिष्टता थपिदै जाओस । नेपाल चीन मैत्री सम्वन्ध अमर रहोस।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह