फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको सफलताको लागि हार्दिक शुभकामना

(GMT+08:00) 2012-11-09 16:27:08

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका सहकर्मी साथीहरू,

         चीनका राष्ट्राध्यक्ष्य तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव महामहिम हु चिन थाउले सम्पूर्ण चिनियाँ जनता तथा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू माझ गर्नुभएको 'चिनियाँ विशेषतायुक्त समाजवादको बाटोमा अगाडि बढौं' उद्घोषसहित चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन आजबाट पैचिङको जनवृहत् सभाहलमा सुरु भएको समाचारले म अत्यन्तै खुसी भएको छु ।

         चीनलाई औपनिवेशिक दासताबाट मुक्ति दिलाउँदै चिनियाँ विशेषतायुक्त समाजवादी बाटोबाट सफलतापूर्वक विकास र समृद्धिको युगमा पुर्याउन सफल चिनियाँ कम्युनिष्ट पार्टीको यस 18औं राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै २1औं शताब्दीमा चीनको विकास, निर्माण र उसले विश्वमा निर्वाह गर्ने भूमिकाहरूका बारेमा उपयुक्त नीतिहरू तय गर्न सफल हुने विश्वास मैले लिएको छु ।

           क्यापिटल एफएमले चीन र समग्र विश्वका लागि नै अत्यन्त महत्वपूर्ण रहेको चिनियाँ कम्युनिष्ट पार्टीको यस 18औं राष्ट्रिय महाधिवेशनको अवधिभर सीआरआई नेपाली सेवाको सहयोगमा विशेष समाचार तथा कार्यक्रमहरू प्रसारण गर्ने छ र सीआरआईका लागि यस महाधिवेशनबारे नेपालका नेता तथा जनताका विचारहरू समेटिएका रिपोर्टहरू नियमित रूपमा प्रेषित गर्ने छ ।

          अन्त्यमा, सीआरआई माफत सम्पूर्ण्ा चिनियाँ जनता तथा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूलाई यस ऐतिहासिक राष्ट्रिय महाधिवेशनको अवसरमा हार्दिक बधाई तथा महाधिवेशनको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

प्रकाशबाबु

पौडेलअध्यक्ष्य

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह