फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको समापन समारोह आयोजना हुँदै

(GMT+08:00) 2012-11-14 11:02:08

            चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको समापन समारोह आज विहान नौ बजे पैचिङ्गस्थित जन बृहत सभा भवनमा शुरु भएको छ।

             हु चिनथाऊ, च्याङ चमिन, ऊ पाङ्गको, वन च्यापाउ, च्या छिङलीन, ली छाङछुन, सि चिनफिङ, ली खछ्याङ, ह कोछ्याङ तथा चौ योङखाङ उक्त समारोहमा सहभागी हुनुभएको छ।

             हु चिनथाऊको अध्यक्षतामा शुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको समापन समारोहमा जम्मा गरी दुइ हजार तीन सय सात जना प्रतिनिधिको उपस्थिति रहेको छ।

             समापन समारोहको पहिलो कार्य चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, केन्द्रिय अनुशासन जाँच समितिको निर्वाचन हो। श्री हुले निर्वाचन नियम कानून वमोजिम भएको र यस पटकको निर्वाचन बैधानिक र प्रभावकारी भएको घोषणा गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह