फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गगन थाम्छ मेरो खुनमिङ

(GMT+08:00) 2013-03-20 14:20:05

बाहुल्य छ अल्पसंख्यकको,संस्कृति छ खालखालको

विकास भयो रेल र जहाजको, बाटा बने तला तलाको

मानव कोक्रो देश अनेकको, कूटनीति बोक्छ सारा विश्वको

एउटै सुन्दर मेरो आँगन, गगन थाम्छ मेरो खुनमिङ

 

भूगोल, खानी, उर्जा, पर्यटन,छा मा कु ता ओ बाटो प्रचीन

चिया अनेक, फूलको रोटी, सेता सिगल कावा खाने

धनी र सुन्दर मानवता बोक्ने, व्यापार गर्ने देशी विदेशी

एउटै सुन्दर मेरो आँगन, गगन थाम्छ मेरो खुनमिङ

 

मान्छ नेपाली आँखाको नानी, विकास गर्ने उसको बानी

मेला लाग्छन् गर्दै रमिता, देशी विदेशी विकास धाउनी

बोक्छ खुलापन, हेराइ मित,सीप सीपका सदा वसन्ती

एउटै सुन्दर मेरो आँगन, गगन थाम्छ मेरो खुनमिङ

 

शहर सफा, सदा वसन्त,मौरी भुँवरा प्रकृति सुन्दर

सहयोग साझा, खुला र लाभ,खुनमिङ हाँक्छ एशिया माझ

आनाजाना मानव जाति,संस्कृति कला सुन्दर खानी

एउटै सुन्दर मेरो आँगन, गगन थाम्छ मेरो खुनमिङ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह