फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आउ ! हामी अंगालोमा बाँधिएर अघि बढौं

(GMT+08:00) 2013-04-10 14:34:04

आउ ! हामी अंगालोमा बाँधिएर अघि बढौं।

हात दिएर अघि बढौं, साथ दिएर अघि बढौं।

आउ ! हामी अंगालोमा बाँधिएर अघि बढौं।।

यो दक्षिण एशियालाई समृद्धिको बाटो देखाउँ,

चीन-युननान-खुन्मिङ्बाट एक भएर अघि बढौं।

आउ ! हामी …… …… …… …….. ।।

रोग - भोक - शोक सारा मिलिजुली हटाउनुछ,

शान्ति - सद्भाव - एकताको भाव लिएर अघि बढौं

आउ ! हामी …… …… …… …….. ।।

हाँसौं, बोलौ, विचार साँटौं, विकासका पहाड काटौं

मन - वचन र कर्मले माझिएर अघि बढौं

आउ ! हामी …… …… …… …….. ।।

अभावका खाल्डा पुरौं, समृद्धिका बाटा खोलौं

यो विकासको प्रवाहमा लपेटिएर अघि बढौं

आउ हामी …… …… …… …….. ।।

 

यो हो- 'चीन दक्षिण एशिया एक्स्पो'' मेला

जहाँबाट यो विश्वले नवीनतम् सूर्योदय हेर्दैछ

जहाँ मानिस एकआपसमा नयाँ परिचय खोज्दैछ।

आहा कति सुन्दर होला मित्रताको महाभेला

यो हो- 'चीन दक्षिण एशिया एक्स्पो'' मेला।

पूर्वको विशाल भूमि यो प्राचीन सभ्यता शीर हो

जहाँको कला संस्कृति ऊर्जा दक्षिण एशियाको

विकासको बाजा घन्किने अद्भूत चमत्कार होला

यो हो- 'चीन दक्षिण एशिया एक्स्पो'' मेला।

सबै जाति सबै भाषी एकै थलो खुनमिङमा

जहाँबाट सुरु हुन्छःशान्ति सद्भाव एकता

समृद्धिको प्रस्थानविन्दु बिर्सिन्न नाम कुनै बेला

यो हो- 'चीन दक्षिण एशिया एक्स्पो'' मेला।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह