फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपाल हामी हौं दाजु, भाइ युगौदेखि एशिया माझमा ।

(GMT+08:00) 2013-04-16 09:14:23

चीन र नेपाल हामी हौं दाजु, भाइ

युगौदेखि एशिया माझमा ।

भृकुटी र अरनिको, सङ चङ गम्पो हाम्रा

फात्सियान र मञ्जुश्री ती त झनै राम्रा ।

ग्रेटवाल र सगरमाथा मितेरी लगाउँछन्

घुम्नै भनि विश्वबाट पर्यटक यहि आउँछन् ।।

चीन र नेपाल हामी हौं दाजु, भाइ

युगौदेखि एशिया माझमा ।

विविध भाषा, संस्कृति छन् हाम्रा दुवै देशमा

सुहाएको कत्ति हेर थरी थरी भेषमा ।

नदी, पहाड, हिमालले जोडेको यो नाता

स्वर्ग जस्ती सुन्दर हाम्री, यीनै धर्ती माता ।।

चीन र नेपाल हामी हौं दाजु, भाइ

युगौदेखि एशिया माझमा ।

विकासको बाटो सँधै, खोज्दै खोज्दै हिँड्ने

विश्व शान्ति, मित्रतालार्इ रोज्दै रोज्दै हिड्ने ।

खुलापनलार्इ मनैबाट अझै खुला गर्दै

साझा हितमा अघि बढौं हामी भरपर्दै ।।

चीन र नेपाल हामी हौं दाजु, भाइ

युगौदेखि एशिया माझमा ।

युननान् हेर्दा सुन्दर भन्छन, फुलैफुलकी रानी

ताली, लिच्याङ् सफा, सुन्दर, संस्कृतिका खानी ।

हरियाली चियावारीमा, पिरतीको वास

खुनमिङ अझै सुन्दर हुने, विश्वकै छ आश ।।

चीन र नेपाल हामी हौं दाजु, भाइ

युगौदेखि एशिया माझमा ।

वसन्तको शहर हेर्न, हामी पनि जाँऊ

मोती, चिन्सा, मेकङसँगै, मायाको गीत गाउँ ।

एशियाको माझमा, वसी त्यसले पि्रत लाओस

खुनमिङले सँधै सँधै शान्तिको गीत गाओस् ।।

चीन र नेपाल हामी हौं दाजु, भाइ

युगौदेखि एशिया माझमा ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह