फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऐतिहासिक साँस्कृतिक पैतृक सम्पत्तिको आधुनिक महत्व सि आनमा

(GMT+08:00) 2013-06-21 15:53:48

          आदरणीय श्रोता, सँस्कृतिको सेरोफेरो कार्यक्रमबाट म सँचालिका मूनाको नमस्कार। चीन तथा चिनियाँ सँस्कृतिबारे विदेशी श्रोताको जानकारीलाई गहन पार्न तथा विदेशी श्रोतालाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोसँग आदान-प्रदान गर्ने चौतारो उपलब्ध गराउनका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन् 2013को जुन एक तारिखदेखि अगष्ट एकतीस तारिखसम्म विदेशी श्रोताबीच "चिनियाँ विशेषताप्रति माया"शीर्षकमा प्रतिभा प्रतिस्पर्धाको आयोजना गर्नेछ। आजको कार्यक्रममा यस प्रतिस्पर्धाको सि आन शहर सम्बन्धी विषय जानकारी दिने अनुरोध मैले गरेको छु।

          कोही मानिस भन्छन्: एक शहरको इतिहास एक जातिको इतिहास हो। चीनको पश्चिमी भागमा पर्ने सि आन शहर पुरातन कालमा तेह्र वटा राजवँशको राजधानी हो। हालसम्म यो शहर एथेन्स, काइरो, रोमसँगैको विश्व सभ्यताको चौथो राजधानी तथा प्राचीन शहर भन्ने नाम रहेको छ। पहिले सि आन इटली अन्वेषक मार्को पोलोले लगेको नामी रेशमी मार्गको सुरुवात स्थल हो। अहिले गहन सँस्कृति र ऐतिहासिक वातावरण बोक्ने यस प्राचीन शहरको भाग्य भरिएको देखिन्छ। आजको कार्यक्रममा हामीसँगसँगै सि आनमा प्रवेश गरी यस परापरागत साँस्कृतिक प्राचीन शहरको आधुनिक मनोहरताको अनुभव गरौं है त।

          सर्वप्रथम त आजका तीन प्रश्नबारे जानकारी लिउँ।

          एक:पेइचिङबाट सि आनतर्फ जान उच्च गतिको रेल चढ्दा कति समय लाग्छ?

          दुई:सि आनको सबैभन्दा नामी प्राचीन साँस्कृतिक सडकको नाम के हो?

          तीन:सि आनमा गुड्ने जम्मा ट्याक्सीको सङ्ख्या कति छ?

          सि आनको यथेष्ठ प्राकृतिक पर्यटकीय ऊर्जास्रोत रहेको छ। दुई हजार वर्षअघि चीनको इतिहासमा पहिलो एकिकृत राष्ट्र छिन राजवँशदेखि जम्मा तेह्र वटा राजवँशले आफ्नो राजधानीलाई सि आनमा बसाएका थिए। पर्यटन व्यवसाय"प्राकृतिक ऐतिहासिक संग्रहालय"भन्ने नाम बोक्ने यस शहरको मुख्य व्यवसाय हो। पर्यटन शहरको हैसियातले सि आनको यातायात प्रबन्ध एकदमै सुविधाजनक छ। सारा शहरमा शहरी केन्द्रदेखि विविध पर्यटन स्थलतर्फ जाने चालिसभन्दा बढी सडक रहेका छन् तीमध्ये दशभन्दा बढी विशेष पर्यटन लाइन छन्। यसका अतिरिक्त सि आनमा लगभग दश हजारभन्दा बढी ट्याक्सी रहेका छन्।

          केही वर्षयता सि आनको पर्यटन व्यवसाय तीब्र गतिले विकसित हुँदै आएको देखिन्छ। विशेष गरी चङ्ग सि अर्थात् चङ्ग च्वौ-सि आन उच्च गति रेलमार्ग र पेइचिङ्ग-क्वाङ्ग चौ उच्च गति रेलमार्ग जोडिएपछि पेइचिङ,उ हान,क्वाङ्ग चौ,शाङ्ग हाइ आदि शहरबाट सि आन जाने समय ठूलो मात्रामा घटेको छ। उदाहरणका लागि हाल उच्च गति रेलद्बारा पेइचिङबाट सि आनतर्फ जान लगभग चारघण्टा लाग्छ। सम्बन्धित तथ्याङ्कअनुसार सन्2012मा सि आनको यात्रा गर्ने विदेशी पर्यटकको संख्या दश लाखभन्दा बढी छ।

          सि आनमा प्रशस्त मूल्यवान ऐतिहासिक पूरातात्विक वस्तु रहेका छन्। केही वर्षयता सि आनले सक्रिय रुपमा यी ऐतिहासिक साँस्कृतिक वस्तुको आधुनिक मूल्य आविष्कार गरिरहेको छ। शु य्वान मन प्राचीन साँस्कृतिक सडक एक उल्लेखनीय उदाहरण हो। सि आनको यात्रा गर्दा छिनबंश कालमा पुरिएका सैनिकका मुर्ति ,पल्लो शान सि इतिहास संग्रहालय आदि ऐतिहासिक पूरातात्विक स्थलको अवलोकनबाहेक शु य्वान मन प्राचीन साँस्कृतिक सडक एक आवश्यक छनौट हो।

          शु य्वान मन सडक सि आनको बै लिन क्षेत्रमा पर्दछ भने सि आनको सबैभन्दा नामी प्राचीन साँस्कृतिक सडक हो। गत शताब्दीको नव्बेको दशकमा सि आन शहरले यस सडकलाई मिङ छिन राजवंशको निर्माण शैली बोक्ने प्राचीन वाणिज्य सडकको रुपमा पुनःमर्मत गरेको थियो। आजको यस सडक प्राचीन सि आनको चित्रकला र सुन्दर हस्तलिपि एकीकृत केन्द्र बनेको छ। पर्यटकले यहाँका पेशागत र सौखीन चित्रकला,सुन्दर हस्तलिपिको अवलोकन गर्नुबाहेक आफैँले चिनियाँ परम्परागत चित्रकला वा हस्तलिपि कोर्न सक्नेछन्।

          जानकारीबाट थाहा भएअनुसार शु य्वान मन प्राचीन साँस्कृतिक सडक सि आनले परम्परागत पूरातात्विक बस्तु प्रयोग गरेर ठूलो शक्तिले विशेष वाणिज्य सडकको विकास गर्ने एक नमुना हो। केही वर्षयता सि आनले विशेष वाणिज्य सडक वा क्षेत्रको निर्माण तथा विकासलाई निकै जोड दिँदै योजना,निर्देशन,नीति,पूँजी आदि धेरै क्षेत्रको समर्थनमार्फत यस्तो सडक वा क्षेत्रको विकासलाई प्रवर्द्धन गरेको छ। हाल सारा शहरमा चालीसभन्दा बढी विभिन्न किसिमका वाणिज्य क्षेत्र रहेका छन्।

          ऐतिहासिक पूरातात्विक स्थल र वस्तुको संरक्षण गर्दा सि आनले परम्परागत साँस्कृतिक पूरातात्विक वस्तुलाई सर्वसाधारणको दैनिक जीवनमा राख्ने कुरामा ध्यान दिन्छ। यस धारणा थाङ्ग राजवंशको पुरानो शहरी पर्खाल पूरातात्विक स्थल पार्कको निर्माणबाट स्पष्ट अभिव्यक्त भएको छ। सैंतीस किलोमिटर लामो यस पुरानो पर्खालको संरक्षण गर्नका लागि सि आन सरकारले लगभग दश करोड चिनियाँ युआन लगानी गरेको थियो। चिनियाँ र विदेशी पर्यटकहरुले चौतर्फी रुपमा थाङ्ग राजवंशको समृद्धिको जानकारी लिनसक्ने छन्। यसका अतिरिक्त शहरी थाङ्ग राजवंशको पुरानो शहरी पर्खाल पूरातात्विक स्थल पार्क नजिक चार लाख चालिस हजार वर्गमिटरको हरियालीकरण परियोजना गरेबाट ठूलो परिमाणमा यहाँ क्षेत्रीय पर्यावरणीय वातावरणलाई सुधार गरेको देखिन्छ।

           प्राचीन तथा आधुनिक सि आन शहरमा घुम्नु एउटा यथेष्ठ विषय बोक्ने पुस्तक पढ्नु जस्तै हो । हवस त। आजको सँस्कृतिको सेरोफेरो यही पूरा हुन्छ।अन्तमा मैले आजका तीन वटा प्रश्न दोहोर्‍याउन चाहन्छु।

           एक:पेइचिङबाट सि आनतर्फ जान उच्च गतिको रेल चढ्दा कति समय लाग्छ?

           दुई:सि आनको सबैभन्दा नामी प्राचीन साँस्कृतिक सडकको नाम के हो?

           तीन:सि आनमा गुड्ने जम्मा ट्याक्सीको सङ्ख्या कति छ?

           तपाई श्रोताहरुले चिठी वा इमेलमार्फत हाम्रो यस पुरस्कार प्रतिस्पर्धा कार्यक्रममा भाग लिने आशा मैले गरेकी छु। नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह