फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेषताप्रति माया शिर्षकमा प्रतिभा-प्रतिस्पर्धा- सुन्दर ह्वाङ शान पहाड

(GMT+08:00) 2013-06-21 16:18:41

           नमस्कार अनि हार्दिक स्वागत। यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आजको 'चिनियाँ विशेषताप्रति माया' भन्ने श्रृंखलाबद्ध कार्यक्रममा उपस्थित भएको छु म सञ्चालिका हिमा। चीनमा पर्वत-पहाडहरु तथा खोलानालाहरु थुप्रै पाइन्छन्। रमणीय प्राकृतिक दृश्य मात्र नभई चीनमा संस्कृतिको गहिरो जग पनि बसालिएको छ। आजको कार्यक्रमा तपाईं मसँगै चीनमा प्रसिद्ध पहाड ह्वाङ शान पहाड घुम्न आउनुहोस्।

           सर्वप्रथम ह्वाङ शान पहाडसम्बन्धी दुईवटा प्रश्नहरु सोध्दैछु।कृपया ध्यान दिएर सुन्नुहोला है----

           एक, ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्रलाई दिइएका तीनवटा अन्तर्राष्ट्रिय मान्यता के के हुन?

           दुई, ह्वाङ शान पहाडमा भेटिने पाँच वटा अद्बितीय प्राकृतिक दृश्यहरु के के हुन्?

           यी दुईटा प्रश्नका उत्तरहरु पत्ता लगाउनका लागि आजको कार्यक्रम अवश्य पनि सुन्नुहोला।

           ह्वाङ शान पहाड चीनको आनह्वी प्रान्तीको दक्षिणी शहर ह्वाङ शान शहरमा पर्दछ। चीनको मिङ बंशकालका यात्री तथा भौगोलिक विद्बान स्यु स्याखले दुई पटक गरी ह्वाङ शान पहाड पर्वतारोहण गरेका थिए र ह्वाङ शान पहाडबाट फर्केर अरु पहाड हेर्ने आवश्यकता छैन भन्ने कुरा पनि लेखेका थिए।

           ह्वाङ शान पहाड चीनमा दश वटा प्रसिद्ध दृश्यावलोकन क्षेत्रहरुमध्येको एक हो। सन् 1999मा विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा भन्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्‍यो र सन् 2004मा पहिलो खेपका विश्व भौगोलिक पार्क सूचीमा सूचिकृत गरियो। ह्वाङ शान पहाड चीनमा विश्व प्राकृतिक सम्पदा, विश्व सांस्कृतिक सम्पदा र विश्व भौगोलिक पार्क भन्ने तीनवटै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको एउटै मात्र पर्यटकीय स्थल हो।

           ह्वाङ शान पहाड घुम्न गएका भारतीयन मुम्बाईका पर्यटक दरिउस स्रोफले ह्वाङ शान पहाडबारे चर्चा गर्दै भनेः

           'इन्टर्नेटबाट मैले ह्वाङ शान पहाडबारे केही छोटकरी जानकारि लिएँ। फोटाहरुलाई पनि हेरें। चीनको यात्रा निर्देशिकालाई पल्टाउँदा बादलले घरिएको पहाड देख्नेबित्तिकै, यो ह्वाङ शान पहाड वा ली च्याङ नदि हुनुपर्ने विचार तुरुन्तै आउँछ।'

           श्री दरिउस स्रोफले उल्लेख गरेको बादलले घेरिएको पहाड भन्ने दृश्य ह्वाङ शान पहाडमा भेटिने पाँच वटा अद्बितीय प्राकृतिक दृश्यहरुमध्येको एक बादलको समुद्र भनिन्छ। प्रिय श्रोता मित्र, तपाईंलाई थाहा छ कि ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्रमा भेटिने पाँच वटा अद्बितीय प्राकृतिक दृश्यहरु यस प्रकार छनः अचम्म लाग्दो सल्लोको रुख, अनौठो आकारका ढुँगा, बादलको समुद्र, आनन्दमय हट स्प्रिङ र हिउँदे हिउँ दृश्य।

           अब ती पाँच किसिमका प्राकृतिक दृश्यबारे ब्याख्या गर्दछु।

          सर्वप्रथम, अचम्म लाग्दो सल्लोको रुखबारे। ह्वाङ शान पहाडका सल्लोको रुखहरु समुद्र सतहदेखि आठ सय मिटर भन्दा अग्लो ठाँउमा फैलिन्छ। ती रुखका विभिन्न नामहरु छनः पाहुनाको स्वागत गर्ने रुख, पाहुनालाई बिदा गर्ने रुख, एकता रुख, रुखका राजा। विशेष गरी पाहुनाको स्वागत गर्ने रुख विश्वभरि प्रसिद्ध छ र चिनियाँ राष्ट्रको हौहार्दपूर्ण भावनालाई प्रतिविम्वित गरिन्छ।

          दोस्रो प्रसिद्ध प्राकृतिक दृश्य अनौठो आकारका ढुँगा हो। ह्वाङ शान पहाडमा भेटिने ढुँगाहरुका आकार थरी थरीका छन। कुनै पात्र जस्तो कुनै चराचुरुङ्गी वा वन्यजन्तु जस्तो। ती ढुँगाका आकारबाट दृश्यहरुको नाम राखिन्छः समुद्रलाई हेर्ने बाँदर, टाढाबाट उडेर आएको ढुँगा।

          तेस्रो प्रसिद्ध प्राकृतिक दृश्य बादलको समुद्र मानिन्छ। ह्वाङ शान पहाडतिरका बादलहरु परिवर्तित र रमणिय देखिन्छ। ती बादलहरुको दृश्यलाई पूर्वी बादल समुद्र, दक्षिणी बादल समुद्र, पश्चिमी बादल समुद्र, उत्तरी बादल समुद्र र आकाशे बादल समुद्र छुट्याइएको छ।

          चौथो प्रसिद्ध प्राकृतिक दृश्य आनन्दमय हट स्प्रिङ हो। चिनियाँ किम्बदन्ती वमोजिम, आदिकालमा स्यानयुआन राजाले ह्वाङ शान पहाडको हट स्प्रिङमा नुहाएपछि भगवान बने। प्रतिदिन ह्वाङ शान पहाडको हट स्प्रिङबाट निस्कने पानीको परिमाण 200टन जति छ र पानीको तापक्रम 42डिक्री सेन्टिक्रेट जति छ। हट स्प्रिङमा हाम्रा स्वास्थ्यको लागि हानिकारक तत्वहरु भेटिन्छ र चिकित्साको ठूलो मूल्य पाइन्छ।

           ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्रको पाँचौं प्रसिद्ध प्राकृतिक दृश्य हिउँद ऋतुमा हिउँले ढाकिने दृश्य भन्नैपर्छ। वर्षका चारै ऋतुमा ह्वाङ शान पहाडको दृश्य रमणिय हुन्छ तर हिउँद ऋतुमा हिमले ढाकिने दृश्य सबभन्दा मन छुने दृश्य मानिन्छ। साथै जाडो बनेपछि रुखमा झुण्डाइने बाक्लो तुसारो पनि हेर्नेपर्ने दृश्य हो।

          अचम्म लाग्दो सल्लोको रुख, अनौठो आकारका ढुँगा, बादलको समुद्र, आनन्दमय हट स्प्रिङ र हिउँदे हिउँ दृश्य भन्ने ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्रमा भेटिने पाँच वटा अद्बितीय प्राकृतिक दृश्यहरुबाट चीनका सुन्दर पहाड पर्वतहरुको सबभन्दा राम्रा दृश्यलाई देखाइन्छ।

          ह्वाङ शान पहाडको सौदर्य माथि उल्लेखित पाँच वटा अद्बितीय प्राकृतिक दृश्यहरु मात्र नभई वर्षका चारै ऋतुका फरक दृश्यहरु, पहाडमुनी तथा माथिका फरक दृश्यहरु, विहान तथा बेलुकीका फरक दृश्यहरु, घाम लागेको र पानी परेको दृश्यमा पनि भेटिन्छ। परिवर्तित ह्वाङ शान पहाडलाई हेर्ने इच्छा लिएका पर्यटकहरु धेरै छन। चीनको च च्याङ प्रान्तीय हाङचौ शहरबाट गएका पर्यटक स्यु मिङली तीमध्येका एक हुन्। पानी परेको ह्वाङ शान पहाडको दृश्य हेरेर उनलाई निकै अचम्म लागेको छः

           'घाम लागेको बेला होस वा पानी परेको बेलामा ह्वाङ शान पहाडका फरक फरक मुख देखाइन्छ। आज जस्तै कुहिलो लाग्दा बादलले सल्लोको रुखलाई घेरिएको दृश्य आनन्दधाम पुगेको जस्तो लाग्छ। घाम लागेको बेला जताततै स्पष्ट देखिएको भन्दा निकै फरक भएको रहेछ। आज मलाई सबभन्दा मन पर्ने दृश्य सल्लोको रुख हो।'

           ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्रमा थुप्रै दृश्यहरु पाइन्छ। ह्वाङ शान पहाड घुम्नुको मुख्य अर्थ आफ्नो मनलाई छुने क्षणलाई समात्नु रहेको छ। किनकि फरक मान्छेका आँखामा फरक आनन्दमय दृश्य देख्न सकिन्छ।

           हवस्त, श्रोता, आजको कार्यक्रमको अन्तमा म फेरि एक पटक ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्र सम्बन्धि दुईटा प्रश्न सोध्छुः

          एक, ह्वाङ शान पहाड दृश्यावलोकन क्षेत्रलाई दिइएका तीनटा अन्तर्राष्ट्रिय मान्यता के के हुन?

          दुई, ह्वाङ शान पहाडमा भेटिने पाँच वटा अद्बितीय प्राकृतिक दृश्यहरु के के हुन्?

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह