फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"मेरो चिनियाँ कथा" निबन्ध प्रतियोगिताको परिचय

(GMT+08:00) 2013-07-25 15:59:39

        तपाईंसँग चीनसित सम्बन्धित कुनै अनुभव अथवा अविस्मरणीय रमाइला क्षण छन् कि?

       पैचिङ्ग आएर ग्रेटवाल र कु कुङ्ग दरवार अर्थात् फर्बिडन सिटी अवलोकन गर्ने, पैचिङ्ग ताक चाख्ने तथा चिनियाँ सर्वसाधारणको जीवन अनुभव गर्ने मौकाको खोजिमा हुनुहुन्छ कि?

       ओहो, अब मौका आयो है। तपाईंले "मेरो चिनियाँ कथा" शीर्षकको कथा प्रतियोगितामा भाग लिएर चीनको भ्रमण गर्ने सुवर्ण अवसर पाउन सक्नुहुनेछ।

       उक्त प्रतिस्पर्धामा भाग लिने तरिका यस प्रकार छः

       तपाईं आफू अथवा तपाईंको परिवारका अन्य सदस्यसँग चीनबारेको संस्मरण मोटामोटी आठ सयदेखि बढीमा एक हजार शब्दबाट नबढाइ लेख्नुहोस् । र उपलब्ध भएमा फोटो पनि समावेश गर्नुहोस्।

         तपाईंले बिर्सन नसक्ने चिनियाँ घटनाको श्रव्य दृष्य वा फोटोहरु पनि समावेश गरी पठाउन सक्नुहुनेछ। अथवा एउटा विशेष भिडियोको स्वरुपमा पनि प्रतिस्पर्धामा भाग लिन अनुरोध छ।

         हाम्रो ठेगाना होः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली कार्यक्रम पोष्ट बक्स नम्बर 4216 पैचिङ्ग । जनगणतन्त्र चीन अथवा पोष्ट बक्स नम्बर 405 काठमाडौं नेपाल। हाम्रो इमेल ठेगानाः nepali@cri.com.cn

      "मेरो चिनियाँ कथा"प्रतियोगितामा सहभागि हुने अन्तिम मितिः सन् 2013 सेप्टेम्बरको तीस तारिख।

         पुनश्च विशेष पुरस्कारको विजेताले निःशूल्क पैचिङ्ग भ्रमणको मौका पाउनेछ। छिटै भाग लिनुहोस्। हामी तपाईंको स्वागतका लागि पर्खिरहेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह