फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथाको पृष्ठभूमि

(GMT+08:00) 2013-10-15 08:45:11

         यो मेरो काल्पनिक कथा हो तर पनि यो सत्यतामा आधारित छ । यद्यपी मेरो छिमेकी देश चीन म मात्र एकपटक पुगेकी छु । तर वर्षौ पहिलेदेखिको मेरो एउटा अधुरो सपना छः राजधानी पैचिंगको सुन्दर अनि आकर्षक समर प्यालेस डुल्ने, चिनियाँ जनताका महान नेता अध्यक्ष माओको पार्थिव शरिरको दर्शन गर्ने, पैचिंग अपेराको मजालिने, पैचिंग डकको स्वाद लिने, चीनको प्रसिद्ध औधोगिक शहर सांघाई, सनचन र हंगकंग, मकाओको दृश्यावलोकन गर्ने, चीनको प्राचिन राजधानी सियानको भ्रमण गर्ने, तिब्बतमा रहेको जोखांग गुम्वा र पोतला दरवारको नजर गर्ने, सछुवान र भित्रि मंगोलियाका गाउँ बस्तिहरुमा पुगेर त्यहाँको मौलिक लोकजीवन र लोकसंस्कृतिको मजालिने अनि ७2 वर्षदेखि सिंगो विश्व ब्यूझाई रहेको हाम्रो प्यारो रेडियो सी.आर.आई पुगेर त्यहाँ कार्यरत चिनियाँ दाजुभाइ तथा दिदीबहिनीहरुसँग माया लाउने, रमाईलो गर्ने र सँगै बसेर मिठा मिठा चिनियाँ परिकारहरुको स्वाद लिने । यो कल्पना मात्र हो, यो एउटा सुन्दर सपना मात्र हो, यसले सार्थक रुप लेला नलेला त्यो त भविष्यले बताउला तर मेरो कथा, मेरो सपनाको चीन घुम्ने रहर पुरा गराउने उद्धेश्यले लेखिएको मेरो चिनियाँ कथा यसरी सुरु हुन्छ ।

         चीनको भूगोल

         जनवादी गणतन्त्र चीनलाई चाईना, चीन, चुंको आदि विभिन्न नामले चिन्ने गरिन्छ । यो एशिया महादेशको पूर्व र प्रशान्त महासागरको पश्चिमी भागमा पर्दछ । चीनको कुल क्षेत्रफल 96 लाख वर्गकिलोमिटर छ । भूगोलको आधारमा चीन एशिया महादेशको सबैभन्दा ठूलो मुलुक हो । रुस र क्यानडा पछि चीन विश्वको सवैभन्दा ठूलो भूखण्ड भएको देश हो । चीनको सीमाना उत्तर कोरिया, दक्षिण कोरिया, मंगोलिया, रुस, काजाक्स्तान, किर्कजिस्तान, अफगानीस्तान, पाकिस्तान, भारत, नेपाल, भूटान, म्यान्मार, लाओस, भियतनाम, जापान, फिलिपिन्स, मलेशिया, इन्डोनेशिया लगायतका मुलुकहरुसँग जोडिएको छ ।

          चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गीत र राजधानी

          चीनको राष्ट्रिय झण्डाः पाँच तारे रातो झण्डा चीनको राष्ट्रिय झण्डा हो । त्यसको पृष्ठभूमिको रंग रातो छ । रातो रंगको अर्थ क्रान्ति हो । पाँच ताराको रंग भने पहेंलो छ । हरेक साना ताराको एउटा कुना ठूलो ताराको केन्द्रतर्फ फर्कएको छ । यसको अर्थ चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी जनता बीचको एकता हो । 

          चीनको राष्ट्रिय चिन्हः चीनको राष्ट्रिय चिन्हमा राष्ट्रिय झण्डा, थ्येन आन मन चोक, दांतदार चक्र र गहुँको बाला रहेका छन् ।

           चीनको राष्ट्रिय गीतः चीनको राष्ट्रिय गीत चिनियाँ वीर सेनाको गुणगान गाइएको धून हो जसलाई सन् 1935 मा तयार पारिएको थियो । यसको रचना चीनका प्रसिद्ध कवि थ्येन हानले गर्नुभएको हो भने प्रसिद्ध संगीतकार ने आरले संगीत श्रृजना गर्नुभएको हो । यस राष्ट्रिय गीतमा जापानी अतिक्रमणकारी विरुद्ध संघर्षरतहरुको गौरवपूर्ण कथा देखाइएको छ । यस्तै विदेशी अतिक्रमणका विरुद्ध लड्ने चिनियाँ जनताको साहस, अठोट तथा शक्तिशाली श्वयं सेवकहरुको मार्चले चिनियाँ जनतालाई राष्ट्रिय स्वतन्त्रताका लागि बलिदान गर्ने हौसला दिएको छ ।

          चीनको राष्ट्रिय गीतको नेपाली रुपान्तर यस प्रकार हुन्छः

उठ, ए दास हुन अस्वीकार गर्नेहरु,

हाम्रो रगत र मासुबाट

हाम्रो नयाँ ठूलो पर्खाल बनाऔं !

चिनियाँ जनता अत्यन्त नाजुक घडीमा छन्

प्रत्येक व्यक्तिले हाँक दिनैपर्छ

उठ ! उठ ! उठ !

लाखौं मुटुहरुका साथ एकै मनले

शत्रुका बन्दुकको सामना गर,

अघि बढ !

शत्रुका बन्दुकको सामना गर,

अघि बढ, अघि बढ, अघि बढ, बढ !

         चीनको राजधानीः चीनको राजधानी पैचिंग हो । यसको इतिहास लगभग एक हजार वर्ष भन्दा पूरानो छ ।

          जनसंख्याः चीन संसारमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक हो । सन् 2008 को सरकारी तथ्याङ्क अनुसार चीनको कुल जनसंख्या 1 अरब 32 करोड भन्दा बढी रहेको छ । चीनको जनसंख्याले विश्वको कुल जनसंख्याको पाँच खण्डको एक खण्ड स्थान ओगटेको छ ।

        चीनको राजनीति

        जन गणतन्त्र चीन मजदूर वर्गको नेतृत्वमा रहेको, मजदूर र किसानको मित्रवत गठबन्धनका आधारमा रहेको र जनता प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत रहेको समाजवादी मुलुक हो । समाजवादी व्यवस्था चाहिं जन गणतन्त्र चीनको मूलभूत राजनीतिक व्यवस्था हो ।

         चीनको परराष्ट्र नीति

          चीन स्वतन्त्र र स्वावलम्बी एवम् शान्तिपूर्ण परराष्ट्र नीतिको दृढतासाथ पालना गर्दछ । सो नीतिको आधारभूत उद्देश्य चीनको स्वतन्त्रता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्नु, चीनको सुधार र खुलापन तथा आधुनिक निर्माणका लागि राम्रो अन्तर्राष्ट्रिय वातावरण तयार पार्नु, विश्व शान्तिको संरक्षण गर्नु र साझा विकासलाई अघि बढाउनु हो। यसको मुख्य विषय हुन्:

          सधैभरि स्वतन्त्र र स्वाधीनतामा आधारित सिद्धान्तको अवलम्बन गर्नु, कुनै पनि महाशक्ति वा मुलुक-समूहसँग संलग्न नहुनु, सैनिक गूटको स्थापना नगर्नु, सैनिक प्रतिस्पर्धामा भाग नलिनु र सैनिक विस्तार नगर्नु।

         प्रभुत्ववादको विरोध गर्नु, विश्व शान्तिको संरक्षण गर्नु। कुनै पनि मुलुक ठूलो वा सानो, बलियो वा कमजोर, धनी वा गरीब जेसुकै होस् ती सबै अन्तर्राष्ट्रिय समाजका समान सदस्य हुन् भन्ने धारणा लिनु, मुलुक-मुलुक बीचका वाद-विवादको समाधान आपसी छलफलका माध्यमबाट शान्तिपूर्ण तरिकाले गर्नु र सशस्त्र शक्तिको प्रयोग नगर्नु र सशस्त्र शक्तिको प्रयोगको धम्की नदिनु र कुनै पनि निहुँमा अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु ।

          चीन स्वतन्त्र र स्वावलम्बी एवम् शान्तिपूर्ण परराष्ट्र नीतिको दृढतासाथ पालना गर्दछ । सो नीतिको आधारभूत उद्देश्य चीनको स्वतन्त्रता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्नु, चीनको सुधार र खुलापन तथा आधुनिक निर्माणका लागि राम्रो अन्तर्राष्ट्रिय वातावरण तयार पार्नु, विश्व शान्तिको संरक्षण गर्नु र साझा विकासलाई अघि बढाउनु हो। यसको मुख्य विषय हुन्:

          सधैभरि स्वतन्त्र र स्वाधीनतामा आधारित सिद्धान्तको अवलम्बन गर्नु, कुनै पनि महाशक्ति वा मुलुक-समूहसँग संलग्न नहुनु, सैनिक गूटको स्थापना नगर्नु, सैनिक प्रतिस्पर्धामा भाग नलिनु र सैनिक विस्तार नगर्नु।

          प्रभुत्ववादको विरोध गर्नु, विश्व शान्तिको संरक्षण गर्नु। कुनै पनि मुलुक ठूलो वा सानो, बलियो वा कमजोर, धनी वा गरीब जेसुकै होस् ती सबै अन्तर्राष्ट्रिय समाजका समान सदस्य हुन् भन्ने धारणा लिनु, मुलुक-मुलुक बीचका वाद-विवादको समाधान आपसी छलफलका माध्यमबाट शान्तिपूर्ण तरिकाले गर्नु र सशस्त्र शक्तिको प्रयोग नगर्नु र सशस्त्र शक्तिको प्रयोगको धम्की नदिनु र कुनै पनि निहुँमा अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु ।

         चीनका 56 जाती

          चीन यौटा एकीकृत बहुजातीय मुलुक हो र यो सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । चीनमा 56 वटा जातिहरु छन । चीनका जातिहरुमध्ये हान् जाति, मंगोलियाली जाति, व्ही जाति, तिव्वती जाति, युगुर जाति, म्यां जाति, इ जाति, च्वांग जाति, पु इ जाति, कोरियाली जाति, मान् जाति, थोंग जाति, याओ जाति, बाइ जाति, थु च्या जाति, हा नि जाति, कजाक जाति, ताइ जाति, लि जाति, लि सु जाति, वा जाति, श जाति, गाओ शान् जाति, ला खु जाति, सुइ जाति, तोंग स्यांग जाति, ना सि जाति, जिन फो जाति, खर्खज जाति, थु जाति, दावर जाति, मो लाओ जाति, छिआन् जाति, बु लांग जाति, सा रा जाति, माओ नान् जाति, छि लाओ जाति, सि पो जाति, आ छांग जाति, फु मि जाति, ताजिक जाति, नु जाति, उज्वेक जाति, रुसी जाति, अ वन् ख जाति, द आंग जाति, पाओ आन् जाति, यु कू जाति, चिंग जाति, तातार जाति, दु लोंग जाति, अ रुंग छुन् जाति, ह च जाति, मन् बा जाति, क बा जाति, चि नो जाति रहेका छन। यसबाहेक चीनमा असंख्य अल्पसंख्यक जातिका मानिसहरुको पनि बसोबास छ जसको जनसंख्या निकै न्यून छ । चीनमा हान् जातिको जनसंख्याले कूल जनसंख्याको 92 प्रतिशत ठाउँ ओगटेको छ र अल्पसंख्यक जातिहरुको जनसंख्या आठ प्रतिशतभन्दा बढी छ ।

        चीनको वसन्त चाड

        पश्चिमी मुलुकका मानिसहरुका लागि क्रिसमस, नेपालीहरुका लागि दशैं जस्तै वसन्त चाड चिनियाँहरुका लागि एक वर्षमा आउने सबैभन्दा ठूलो चाड हो। समयको परिवर्तनका साथसाथै वसन्त चाड मनाउने विषयहरु र तरिकामा केही परिवर्तन भए पनि चिनियाँहरुको जीवन र विचारमा वसन्त चाडको स्थान कुनै अर्को चाडले लिन सक्दैन ।

        प्राप्त भनाइका अनुसार, वसन्त चाडको इतिहास चार हजार वर्ष पूरानो छ । तर शुरु-शुरुमा यसको नाम वसन्त चाड थिएन र साथै यसलाई नियमित रुपमा मनाइँदैनथ्यो पनि । इसा पूर्व दुइ हजार एक सय वर्षअघि त्यति बेलाका मानिसहरु वृहस्पति ग्रहको एक पटक परिक्रम गर्दा एक वर्ष लाग्छ भन्थे । त्यसका साथसाथै वसन्त चाडलाई वर्ष भन्थे। इसा पूर्व एक हजार वर्षसम्म मानिसहरु "वर्ष"लाई वसन्त चाडका रुपमा अभिव्यक्त गर्थे ।

          वर्ष भनेको त्यस बेलाको बुझाइअनुसार राम्रो फसल भन्ने थियो। राम्रो फसल भित्र्याइएको वर्षलाई सम्पन्न वर्ष भन्थे र निकै राम्रो फसल पाइएको खण्डमा त्यसलाई ठूलो सम्पन्न वर्ष भन्दथे ।

         चीनको विशाल पर्खाल

        "विश्वका सातवटा चमत्कार"मध्येको एक अर्थात् चीनको लामो पर्खाल विश्वमा सबैधभन्दा लामो समयसम्म निर्माण गरिएको र प्राचीन कालको सबैभन्दा ठूलो सैनिक-प्रतिरक्षात्मक संरचना हो । त्यो शानदार पर्खाल चीनमा 7000 हजार किलोमिटरभन्दा लामो छ । सन् 1987 मा लामो पर्खाललाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ । लामो पर्खालको निर्माण इशा पूर्व नौ दशकमा गरिएको थियो । त्यस बेला चीनको मध्य भागको प्रशासनले उत्तरी भागमा रहेका अल्पसंख्यक जातिहरुको प्रतिरोधका लागि सीमावर्ती क्षेत्रमा रहेका दरबार र सन्देश-बूर्जाहरुलाई पर्खालद्बारा जोडिदिएको थियो । यसबाट लामो पर्खालको निर्माण कार्यको शुरुवात भएको थियो ।

         त्यो पश्चिमी चीनको कान्सु प्रान्तको च्या यु क्वान नाकाबाट उत्तर-पूर्वी चीनको ल्याऊ निंग प्रान्तको या लु नदीको छेउसम्म फैलिएको छ ।

        चीनको पर्यटन

          चीनको भू-भाग निकै फराकिलो छ। त्यहाँ निकै सुन्दर र रमणीय डाँडा-काँडा अनि खोला-नाला छन । त्यसको संस्कृति शानदार र उज्ज्वल छ । बहु-जातीय चीनको फरक-फरक रितिरिवाज र परम्परा छन अनि चामत्कारिक शीप भएका मानिसहरुद्बारा बनाइएका प्रशस्त स्थानीय विशेषतायुक्त वस्तुहरु छन । तीनका विभिन्न स्थानीय विशेषतायुक्त स्वादिला खाने कुराहरु त संसारभरि नै नामी छन् । चीनमा पर्यटन व्यवसायको विकासको विशाल निहित क्षमता छ साथै यसको भविष्य उज्ज्वल छ। चीनमा आर्थिक विकास र खुलापनको नीतिले तिव्रता र गहनता पाइरहेको अवस्थामा पर्यटन व्यवसाय आर्थिक विकासको नयाँ विन्दु बनिसकेको छ । हाल चीनका विभिन्न ठाउँका सुन्दर पर्यटकीय क्षेत्रहरुको संख्यामा निरन्तर रुपमा वृद्धि हुँदैआएको छ । यस सम्बन्धी आधारभूत प्रबन्धहरुको निर्माण कार्यले निरन्तरता पाइरहेको छ । त्यसैले चीनको भ्रमणमा आउने विदेशीहरुको संख्यामा वर्षैपिच्छे वृद्धि हुँदैआएको छ ।

         चीनमा पर्यटनका श्रोत-साधनहरु विविधतायुक्त छन। भौगोलिक दृश्यावलीको हकमा समुद्र सतहदेखि 155 मीटर तलको थुलुफान भञ्जाङमा पर्ने आइतिन पोखरीको पींधदेखि लिएर समुद्र सतहदेखि 8848.13 मीटर अग्लो विश्वको सर्वोच्च शिखर-- जोमोलोंगमा चुचुरोसम्म नापी हेर्दा ती दुबै बीचको अन्तर 9003 मीटर पुगेको छ जुन विश्वमै अतुलनीय कुरा हो ।

         मौसम सम्बन्धी श्रोत-साधनको कुरा गर्ने हो भने चीनमा फरक-फरक मौसमी वातावरण विद्यमान रहेको देखिन्छ । खास गरी हँग तुआन शान पर्वतमाला क्षेत्रमा त झन "एउटा पहाडमा एकै दिनमा चारवटा ऋतु अनुकुलको मौसमको अनुभव गर्नसकिन्छ र हरेक पाँच किलोमीटरको दूरीमा फरक-फरक मौसमी वातावरण" पाइन्छ ।

         चीन विश्व-सभ्यताका उद्गम स्थलहरुमध्येको एक हो। त्यसको इतिहास शानदार छ र संस्कृति उज्ज्वल छ । यहाँ आजसम्म सुरक्षित रहेका बहुमूल्य ऐतिहासिक अवशेष स्थल र सम्पदाहरु पर्यटनका लागि अति मूल्यावान श्रोत-साधन बन्नपुगेका छन । सन् 1949मा नयाँ चीनको स्थापना भएदेखि यता मात्र चीनका चौंतीसवटा प्रान्तीय प्रशासनिक निकायहरुमध्ये उनन्तीसवटा निकायहरुमा पूरानो पाषाण युगका अवशेषहरु भेट्टाइएका छन ।

          चीनको मिठो खाना

          चिनियाँ तिहुन-तरकारी पकाउने अनेकौं विविध पाक-कलाहरु छन। तीमध्येका लु(शान्तुङ), छ्वान(सछ्वान), युए(क्वाङतुङ), मिङ(फुचेन), सु(च्याङसु), च(चच्याङ), स्याङ(हुनान) र ह्वै(आनह्वै) यी आठ ठाउँको संक्षिप्त नाउँले चर्चित व्यञ्जन-प्रणालीको व्यापक प्रतिनिधित्व गरिआएका छ।

          कुनै पनि व्यञ्जन-प्रणालीको उत्पत्ति त्यसको लामो इतिहास तथा अद्वितीय विशेषतादेखि अलग्ग रहन सक्दैन। साथै त्यसमा तत्स्थानको प्राकृतिक भौगोलिक स्थिति, हावा-पानी, श्रोत-साधन एवम् विशिष्ट वस्तु र भोजन सम्बन्धी बानी-बेहोरा जस्ता पक्षबाट समेत प्रभाव पर्छ नै। कसै-कसैले मानवीय स्वभावका आधारमा उक्त आठ किसिमका नामी व्यञ्जन-प्रणालीको यसरी चित्रण गरेका छन: सु र च यी दुइवटा व्यञ्जन-प्रणाली याङत्सी नदीको दक्षिणी भेगमा सुशील स्वरुपमा देखिएकी कोमल केटी सरह छन् भने लु र ह्वै यी दुइवटा व्यञ्जन-प्रणाली उत्तरी चीनमा सादा स्वभावमा देखिएको तन्दुरुस्त जवान सरह छन्।

         चीनको इतिहास

          चीनको इतिहासमा स्या वंश चीनको पहिलो शासक वंश हो। यस वंशले चीनमा इशापूर्व एक्काइसौं शताव्दीदेखि सोह्रौं शताव्दीसम्म पाँच सय वर्ष शासन गरेको थियो। सो वंशको केन्द्रीय शासन क्षेत्र हालको पल्लो शान सी प्रान्तको दक्षिणी भाग र ह नान प्रान्तको पश्चिमी भाग थियो।

          चीनका बहादुर ता युले स्या वंशको स्थापना गरेका थिए । उनले व्हांग ह नदीमा लामो समयसम्म देखिएको बाढी प्रकोपको सफलतापूर्वक नियन्त्रण गरेका कारण जनताको समर्थन पाएर स्या वंशको स्थापना गरेका थिए । स्या वंशको स्थापनादेखि चिनियाँ समाजले आदिम समाजबाट भूदाश समाजमा प्रवेश गरेको थियो। चीनले आदिम समाजबाट भूदास समाजमा प्रवेश गरेको थियो।

           स्या वंशको अन्तमा राज-परिवारमा निकै गोलमाल हुनुका साथै समाजका विभिन्न तहहरु बीचको वादविवाद पनि दिनप्रति दिन चर्कंदैगएको थियो। स्या वंशको अन्तिम सम्राट स्या चेले आफू सत्तामा आएपछि सामाजिक सुधारका बारेमा विचारै नगरी आफ्नो शासन अधिकारको दुरुपयोग गरेका थिए। उनले दिनभरि आफूलाई मनपर्ने रानीसँग बसेर खाने र खेल्ने मात्र गरेका थिए। सर्वसाधारणको जीवनप्रति उनले कुनै पनि महत्व दिएनन। उनलाई राम्रो सुझाव दिने मन्त्रीहरुलाई उनले मारिदिए। त्यसैले स्या वंश अन्तर्गतका विभिन्न राज्यहरुले उनको समर्थन गरेनन् । यस्तो अवस्थामा शांग राज्यले विप्लव गरी सम्राट स्या चेको सेनालाई पराजित गर्यो। स्या चे त्यहाँबाट भागेर नान छाउ भन्ने ठाउँमा गए र त्यही मरे । यसरी स्या वंश नष्ट भयो । सन् 1959 देखि चीनको पूरातात्विक वस्तुको सर्भेक्षण क्षेत्रले स्या वंशको पूरानो स्थलको सर्भेक्षण गरी स्या वंशको सँस्कृतिको अनुसन्धान शुरु गरेको थियो। हाल ह नान प्रान्तको र लि थौ पूरानो स्थल भन्ने नाम पाएको र लि थौ सँस्कृति नै स्या वंशको सँस्कृतिको सर्भेक्षणको मुख्य बिषय रहेको अधिकांश विद्बानहरुको ठहर छ । सम्बन्धित निरीक्षण अनुसार यो सँस्कृति इशापूर्व एक हजार नौ सय वर्ष जति पूरानो छ र यो अवधि स्या वंशको अवधि थियो । यो स्या वंशको सँस्कृति भएको भन्ने प्रत्यक्ष प्रमाण त हालसम्म फेला परेको छैन । तर सर्भेक्षणका आधारमा प्राप्त विविध सामग्रीहरुले स्या वंशको सँस्कृतिको सर्भेक्षण कार्यलाई अघि बढाउन सशक्त सहयोग पुर्याउका छन ।

          चीनको पैचिंग विश्व विद्यालय

           पैचिङ्ग विश्वविद्यालय चीनको एउटा प्रसिद्ध संयुक्त विश्वविद्यालय हो। यस विश्वविद्यालयमा राम्रा लिबरल आर्टस्— कला, भाषा,इतिहास, साहित्य आदि विषय पढाइने, विज्ञान शास्त्र तथा अध्ययनको स्तर उच्च भएकाले यो चीनमा प्रसिद्ध छ। सन् 1898 मा स्थापना भएको पैचिङ्ग विश्वविद्यालय चीनका सबैभन्दा लामो इतिहास भएका विश्वविद्यालयहरुमध्येका एक पनि हो ।

          चीनको थाइवान

          थाइवान चीनका विभिन्न टापूहरुबाट गठित एक समुद्री प्रान्त हो। जुन चीनको मुख्य भूमिको दक्षिण-पूर्वमा अवस्थित छ । यो सम्पूर्ण प्रान्त थाइवान टापू र त्यसका वरिपरिका स-साना टापूहरु तथा फंग हू द्बिप-पुंजका गरी जम्मा 80 वटाभन्दा बढी टापूहरुबाट मिलेर बनेको छ । त्यसको स्थल क्षेत्रफल करीब 36 हजार वर्गकिलोमिटर छ ।

          थाइवानको उत्तरपट्टि पूर्वी सागर छ र उत्तर-पूर्वतिर लिउ छ्यौ द्बिप-पुंजसँग जोडिएको छ । त्यसको पूर्वमा प्रशान्त महासागर छ भने दक्षिणी भाग बाश् जल-डमरुसँग जोडिएको छ । यो फिलिपिन्सको छिमेकी भू-भाग पनि हो । त्यसको पश्चिमी भाग र मुख्य भूमिको फु चेन् प्रान्तको बीचमा थाइवान जल-डमरु पर्दछ। मुख्य भूमिबाट यसको नजिकको दूरी 130 किलोमिटर मात्र छ । थाइवान प्रान्त पश्चिम प्रशान्त महासागरको जल-मार्गको केन्द्रमा परेको हुँदा रणनैतिक दृष्टिबाट हेर्दा त्यसको अत्यन्तै महत्वपूर्ण स्थान रहेको छ ।

         चीनको सिंगच्यांग प्रान्त

          सिंग च्यांग युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ "सिंग च्यांग" हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ । त्यसको क्षेत्रफल 16 लाख 60 हजार वर्गमिलोमिटर छ। त्यो चीनको सबैभन्दा ठूलो प्रान्त हो । सिंग च्यागका पश्चिमी भाग र उत्तरी भागमा आठवटा छिमेकी मुलुक छन । तिनीहरु क्रमश: मंगोलिया, रुस, काजाक्स्तान, किर्गिस्तान, ताज्जिकिस्तान, अफगानिस्तान, पाकिस्तान र भारत हुन । त्यसको वैदेशिक सीमा रेखाको लम्बाइ पाँच हजार चार सय किलोमिटर छ। त्यो चीनको सबैभन्दा लामो वैदेशिक सीमा रेखा र सबैभन्दा धेरै नाका रहेको प्रान्त हो ।

           चीनको तिब्बत

           तिब्बत स्वायत्त प्रदेश चीनका पाँचवटा स्वायत्त प्रदेशहरुमध्येको एक हो। त्यसलाई छोटकरीमा तिब्बत पनि भनिन्छ। त्यहाँ मुख्यतः तिब्बती जातिका मानिसहरुको बसोबास छ। त्यसैले त्यसलाई स्वशासनको अधिकार दिइएको छ। तिब्बत चीनको दक्षिण-पश्चिमी सिमा क्षेत्र र छिंगहाई-तिब्बत टारभूमिको दक्षिण-पश्चिमी भागमा अवस्थित छ। तिब्बतको दक्षिणी भाग नेपाल, भारत, भूटान र म्यान्मार आदि मुलुकहरुसँग जोडिएको छ। तिब्बतको सिमा-रेखाको कूल लम्बाइ झण्डै चार हजार किलोमिटर छ। सारा तिब्बतको कूल क्षेत्रफल बाह्र लाख बीस हजार वर्गकिलोमिटर भन्दा बढी छ भने तिब्बतको क्षेत्रफलले चीनको कूल क्षेत्रफलको 12.8 प्रतिशत ठाउँ ओगटेको छ।

            तिब्बत स्वायत्त प्रदेश भू-भागको सरदर उचाइ चार हजार मिटरभन्दा बढी छ । यो छिंगहाई-तिब्बत टारभूमिको मुख्य भाग हो। त्यसलाई विश्वको छानो पनि भनिन्छ। तिब्बत स्वायत्त प्रदेशको कूल जनसंख्या छब्बिस लाख भन्दा बढी छ जसमध्ये तिब्बती जातिका मानिसहरुको कूल जनसंख्या पच्चीस लाख जति छ। तिब्बती जातिका मानिसहरुको जनसंख्या तिब्बत स्वायत्त प्रदेशको कूल जनसंख्याको 96 प्रतिशत छ । तिब्बत नै चीनमा जनसंख्या सबैभन्दा कम रहेको स्वायत्त प्रदेश हो।

           निष्कर्ष

            सारमा भन्नुपर्दा चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । संयुक्त राष्ट्रसंघको स्थायी सदस्यको नाताले चीनले जहिले पनि विश्वमा देखिएका जस्तासुकै समस्या र बिवादको समाधान शान्तिपूर्ण छलफलबाट मात्र संभव छ भन्ने विश्वास राख्दछ । विश्वशान्ति, भातृत्व, एकता र मेलमिलापयुक्त विश्वको पक्षमा रहेको चीन आफ्ना जनताको जीवनस्तर उकास्न निरन्तर प्रयत्नशिल छ । चीनको विकासबाट चिनियाँ जनतामात्र नभएर विश्वका अन्य धेरै देशका नागरिकहरुले पनि फाईदा लिईरहेकाछन् । त्यसैले चीनको विकासलाई शान्तिपूर्ण विकास पनि भन्न सकिन्छ । प्राचिनकालदेखिनै नेपालको एक घनिष्ट छिमेकीको नाताले नेपालको भौतिक तथा शैक्षिक एवम् प्राविधिक क्षेत्रको विकासमा चीनको महत्वपूर्ण सहयोग छ । सन् 2008 को पैचिंग ओलम्पिक खेल भव्य रुपमा सफल पारेर विश्वलाई नयाँ सन्देश दिएको चीन आगामी दिनमा अझ विकसित, शक्तिशाली र न्यायप्रेमी जनताको पक्षमा रहने हाम्रो विश्वास छ । सन् 1975 को जुन 25 तारिखदेखि प्रसारण सुभारम्भ गरेको सी.आर.आई नेपाली विभाग र अन्य विभागहरुको माध्यमबाट चीनको आगामी विकास, चीनको समाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, धार्मीक, सांस्कृतिक, कृषि, पर्यटन, उद्योग, अन्तरीक्ष विज्ञान लगायतका विविध विषयमा अझ धेरै जानकारी पाउने आशा र विश्वास व्यक्त गर्दै मेरो चिनियाँ कथा यहि अन्त्य गर्दछु ।

नेपाल चीन सुमधुर मैत्री अमर रहोस् ।

कला त्रिताल

काठमाडौं 32, डिल्लीवजार

पो.व.नं 405, काठमाडौं, नेपाल ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह