फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

 

        हाम्रो मित्रराष्ट्र चीन अधिकारिक नाम जनवादी गणतन्त्र चीन पूर्वी एशियामा अवस्थित विश्वको सर्वाधिक जनसंख्या भएको र 96,41,144 वर्ग किलोमीटर क्षेत्रफलको भएको देश चिन राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो । माओले बाधेको अनुशासनमा तङ स्वाउ फिङले खोलेको वैदेशिक द्वार र विकासको नीतिले खुल्दै गएको चीन आजको दिनमा आइपुग्दा साच्चै "नया चीन" भइसकेको छ। वास्तवमा भन्ने हो भने चीन मेरो सपनाको देश हो। बारम्बार मलाइ चीन भ्रमण गर्ने त्यहाँको समग्र पक्षको बारेमा जान्ने बुझ्ने उत्सुत्तमा मैले सी.आर.आई. नेपाली सेवाको कार्यक्रमहरु सुन्न थाले पछि जागेको थियो । त्यसैले बारम्बार चीन सम्बन्धी जानकारीको माध्यम सी. आर.आई. नेपाली सेवालाई बनाउन थाले पनि चिनको प्रत्यक्ष भ्रमण गर्ने र त्यहाँको समग्र जानकारी लिने चाहनाले क्रमश: म चीन प्रति दिनानुदिन समर्पित हुँदै गएँ । फलस्वरुप मेरो मेहनत मेरो लगन र सी. आर. आइ. अनि चीन प्रतिको मेरो मोह माया र ममता देखेर सीआरआइ नेपाली सेवाले मलाई चीन भ्रमण गर्ने सुनौलो अवसर प्रदान गर्यो।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह