फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

 

                                                          चीन भ्रमण भित्रको मेरो चिनियाँ कथा

       

          टीकाराम घिमिरेसल्लाहकार, सि.आर.आई स्रोताक्लबहरुको राष्टि्रय परिषद्, नेपाल विद्यालयस्तरदेखि नै म ऋच्क्ष् प्रति आकर्षित भएको थिएँ । ऋच्क्ष् नेपाली विभागले गरेको कार्यक्रमहरु "कथाकुथुङ्ग्री", "चीनको सयर गरौँ", चिठीको डालो", "खेलबाड र स्वास्थ्य" तथा अन्य कार्यक्रमहरु निकै नै चाख लाग्दा थिए । अझ कार्यक्रम प्रस्तोताहरुको चिनियाँ जिब्रोले नेपाली बोलेको सुन्न धेरै रमाइलो लाग्थ्यो । यसैगरी विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै जाँदा चीन र ऋच्क्ष् बारे धेरै जानकारी हुन थाल्यो । मेरो मनमा पनि एकपटक चीन भ्रमण गर्न पाए हुन्थ्यो भन्ने लालसा जागिसकेको थियो । निरन्तर ऋच्क्ष् प्रतिको सम्पर्कले त्यो सपना पूरा हुने भयो सन् 1997 को अक्टोवर महिनामा । सन् 1998 लाई नेपालले नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको थियो भने चीनले 1997 लाई नै ख्क्ष्क्क्ष्त् ऋज्क्ष्ल्ब्-ज्ञढढठू भनेर चीन भ्रमण वर्षको रुपमा मनाइरहेको थियो । यता ऋच्क्ष् को निमन्त्रणा पाइसकेपछि म पनि भ्रमणको तयारीमा जुटेँ। नेपालीहरुको महान चाड दशै नजिकै आइसकेको थियो । कोजाग्रत पूर्णमाको लगत्तै भ्रमणको मिति तय भइसकेको हुनाले म आफ्नो घर झापा नगई भ्रमणको तयारी गर्न थालेँ । मसँगै यात्रामा सहभागी हुन सिराहाका साथी भूपालदास श्रेष्ठ तथा ऋच्क्ष् नेपाली विभागमा कार्यरत कर्मचारीहरुलाई 35 वर्ष अघि नेपाली भाषा शिक्षण गर्नुभएका आदरणीय गुरु र गुरुआमा श्री कृष्णबहादुर प्रधान तथा श्रीमती सुलोचना प्रधान पनि तयार हुनहुन्थ्यो । यता म कार्यरत शिक्षण संस्था बौद्ध, काठमाडौंस्थित महेन्द्र बौद्ध मा.वि. बाट विद्यार्थी तथा शिक्षकहरुले पनि चीन भ्रमणका लागि मलाई शुभकामना तथा बिदाई गर्नुभयो भने मैले पनि दुई हप्ताका लागि विद्यालयमा अध्यापन कार्यबाट बिदा लिएको थिएँ । 23 अक्टोबर 1997 को दिन बिहान 9:45 बजे काठमाडौंबाट ल्हासाका लागि उडान गर्न ऋजष्लब क्यगतज ध्भकत ब्ष्चष्लिभक 9ऋक्ध्ब् 0 को विमान तयार थियो । एयरपोर्टमा मेरा शुभेच्छुक तथा राष्टि्रय परिषद्का उपाध्यक्ष राजेन्द्र रिमाल, महासचिव राजेन्द्र पहाडी, सचिव चेतनाथ आचार्य, सदस्यहरु ध्रुव पौडेल, दुर्गा घिमिरे, धु्रव भण्डारी, माया घिमिरेलगायत अन्य साथीहरु पनि हामीलाई बिदाई गर्न पुष्पगुच्छाहरु लिएर आउनुभएको थियो । माला, अविर लगाई हातमा पुष्प गुच्छाहरु राखेर फोटो खिच्यौँ । त्यसपछि म लगायत कृष्णबहादुर प्रधान, श्रीमती सुलोचना प्रधान, भूपाल श्रेष्ठ गरी चार जनाको टोली विमानमा प्रवेश गर्यो । सेड्युल भन्दा 15 मिनेट ढिलो गरी 10:00 बजे विमानले भुर्इँ छोड्यो।

       


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह