फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाको नयाँ वेबसाइट अवलोकन गर्न स्वागत

(GMT+08:00) 2014-01-08 08:55:08

         प्रिय श्रोता, हाम्रो नेपाली सेवाको नयाँ वेबसाइट सन् 2014 जनवरी 13 तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। यस नयाँ वेबसाइटमा मुख्य गरी वेभसाइट प्रसारण, चीनको तिब्बत, ग्यालरी यी तीन विषयलाई जोड दिइएको छ।

         वेभसाइट प्रसारणमा काठमाण्डौं स्वर, पाश्चात्य सङ्गीत, ग्रामोफोन, मेरो गीत र नयाँ शब्द चार कार्यक्रम समावेश छन्। काठमाण्डौं स्वरले संस्कृति, अर्थतन्त्र, विज्ञान आदि धेरै विषय समेट्ने छ। पाश्चात्य सङ्गीतमा लोकप्रिय युरोपेली-अमेरिकी गीत राखिने छ। मेरो गीत कार्यक्रममा नेपाली श्रुतिमधूर गीत सुन्नसक्नु हुनेछ भने ग्रामोफोनमा श्रोताको आवाज राखिने छ। साथै नयाँ शब्द भन्ने कार्यक्रमबाट तपाईँले नयाँ चिनियाँ शब्द तथा भाषा सिक्नसक्नु हुनेछ।

         चीनको तिब्बत स्वायत्त प्रदेश नेपालसँग सीमा जोडिनुको साथै घनिष्ट सम्बन्ध पनि रहेको छ र समस्त श्रोताले विशेष चासो पनि देखाउने गरेको छ। त्यसैले हाम्रो नयाँ वेबसाइटले निरन्तर रुपमा तिब्बत सम्बन्धी विविध विषयलाई जोड दिनेछ। तिब्बतको पछिल्ला खबर तथा जानकारी लिनका लागि हाम्रो चीनको तिब्बत कार्यक्रम पढ्नुहोस् तथा सुन्नुहोस्।

          ग्यालरी हाम्रो नयाँ वेबसाइटको सबैभन्दा रमाइलो पक्ष बन्ने छ र यहाँहरूले पनि उत्तिकै रुचाउनु हुनेछ भन्न भन्ने हामीलाई लागेको छ। सुन्दर दृश्य, रङ्गीचङ्गी समाज, विविध सँस्कृति र ज्ञानविज्ञानसित सम्बन्धित जानकारीहरू फोटो तथा लिपिमार्फत दिइने छ।

          चीन र नेपालका जनताबीचको मित्रता र समझदारीलाई अझै बलियो बनाउनका लागि हाम्रो नयाँ वेबसाइटले प्रयास गरिरहेको छ। यस वेबसाइटलाई अझै राम्रो र परिष्कृत बनाउन तपाईँको सुझावको खाँचो छ। हामीलाई इमेल पठाउन अनुरोध गर्दछौं। धन्यवाद।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो

नेपाली सेवा

2014.1.13

जानकारी तथा लेखहरु
सुझाउ