फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिंग अपेराको निरन्तरता र विकास

(GMT+08:00) 2014-01-08 11:05:41

      छिंग वंशको बादशाह छेन लोंग पच्पन्न साल अर्थात सन् 1790 मा चारवटा व्है अपेरा मण्डलीले राजधानीमा खुट्टा टेक्न थालेदेखि पैचिंग अपेराको दुइ सय वर्षभन्दा बढी लामो इतिहास रहेको छ। यी दुइ सय वर्षभन्दा बढीको समयभित्र पैचिंग अपेरा द्रुतगतिले विकसित हुँदै आएको छ। यस क्रममा त्यसको आफ्नो विशेष शैली तयार भएको छ र विस्तारै विस्तारै परिपक्व भएको छ। त्यो विकसित भएर बीसौं शताव्दीमा चरमबिन्दुमा प्रवेश भएर चीनको राष्ट्रिय निचोडयुक्त कला बनेको छ।

      आज आएर यस कला अरु परम्परागत कला सरह नै वायुपंखी गतिमा विकसित भएको छ। युगका सामु वेवास्ता र बिर्सने जस्तो चुनौती देखा परिरहेको छ। त्यसैले यसमा झन बढी ध्यान र नजर पुर्‍याउनुपर्छ र जोडतोडसंग यसलाई पुनःरुत्थान गराउनुपर्छ।

      चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष, चिनियाँ साहित्य र कला संघका अध्यक्ष एवँ चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनअन्तर्गत पैचिंग अपेरा र खुन अपेरा कार्यालयका प्रमुख सुन च्या चंगले चीनको परम्परागत अपेराका सामु देखिएको कठिन अवस्था बारे वर्णन गर्दै भन्नुभयो

     "हाल चिनियाँ अपेराको विकासका सामु एक धेरै ठूलो चुनौती देखा परेको छ। सुधार र खुलापनपछि चीनभरि आधुनिकिकरण र विश्वव्यापीकरण फिंजिएको छ। उत्ताउलो गरी भित्रिएको विचित्र सूचना, विभिन्न सूचना पाउने सुलभ माध्यम र नाना थरिका विदेशी सांस्कृतिक रुप-ढाँचाको प्रवेशले गर्दा हाम्रो नेत्र दृष्टि दिन पर दिन फराकिलो त भएको छ तर यसका साथसाथै आँखालाई तिर्मिराउने खालका विदेशी संस्कृतिले चीनको परम्परागत संस्कृतिमाथि ठूलो धक्का दिएको छ। हामीलाई परम्परागत अपेरा संस्कृतिको भरमग्दूरका साथ संरक्षण गर्ने उत्तरदायित्व र कर्त्तव्य छ। यसले चिनियाँ राष्ट्रको सांस्कृतिक थातथलोको दृढताका साथै रक्षा गर्ने मात्र होइन, अझ राष्ट्रिय भावनालाई पनि बढाउने फिंजाउने काम गर्नेछ। हामीले विकासका क्रममा अपेरा कलाको निरंतरता र विकासका सामु आउने सुअवसरको कसेर सदुपयोग गर्नुपर्छ।

      पैचिंग अपेरा चीन राष्ट्रको अमूल्य चीज हो। चिनियाँ संगीत, चिनियाँ साहित्य, चीनको इतिहास र परम्परागत सुन्दरताको दृष्टि गरी यी सबै कुरा पैचिंग अपेरामा अभिव्यक्त गरिएको हुन्छ। हाल पप संस्कृति निकै प्रचलित भइरहेको बखत हामीले के कसरी पैचिंग अपेराको निरंतरता दिने र विकास गर्ने साथै यस प्राचीन कलालाई उहिलेको शानदार स्थितिलाई कसरी पुनर्जीवन दिने भन्ने विषयमा सोच्नुपरेको छ ।

      पैचिंग अपेराका अग्रज स्वर्गीय मै लान फाँगले यसरी भन्नुभएको थियो- एक लबजमा भन्ने हो भने सबै कुरा परिवर्तित हुन्छ। परिवर्तन भएपछि मात्र प्रगति प्राप्त हुनेछ। अरु कलात्मक ढाँचासित दाँजी हेर्दा पैचिंग अपेराको दुइ सय वर्षे इतिहास त्यतिको लामो छैन तापनि पैचिंग अपेरा प्राचीन छिंग वंशको इटा वा हान वंशको झिंगटी झैं संग्रहालयमा सुरक्षित राख्न मिल्दैन। त्यो अभिनेता अभिनेत्रृहरुले अभिनय कार्यक्रममार्फत कायम रहिआएको हो। पैचिंग अपेरालाई पानी चढेको जीवन्त शक्ति कायम राखिरहने नयाँ र ताजा रगत नदिएको भए यस प्राचीन कला आजसम्म बाँचिरहन सक्दैनथ्यो। कुनै पनि मुलुकको सांस्कृतिक कलालाई त्यसै संग्रहालयमा सिलबन्द गरेर राख्न सकिंदैन। त्यसको अस्तित्व कायम राखिरहनका लागि विकास हुनुपर्छ र विकास चाहने हो भने सुधार हुनुपर्छ। तर के कसरी सुधार गर्नु र कति परिमाणमा सुधार गर्नु एक ज्यादै कठिन समस्या हो।

जानकारी तथा लेखहरु
सुझाउ