फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013 चिनियाँहरूको पर्यटन अवस्थाबारे चर्चा

(GMT+08:00) 2014-02-10 10:39:17

   हाल बोस्टनको एउटा जाँचबुझ कम्पनी अर्थात् बीसीजी तथा सारा विश्वको सबैभन्दा ठूलो पर्यटन वेभसाइटले संयुक्त रुपमा "सन् 2013 चिनियाँ यात्रुहरूद्बारा गरिएको यात्रा सर्भेक्षण प्रतिवेदन"जारी गरेका छन्। त्यस प्रतिवेदनमा सन् 2013 मा चिनियाँ यात्रुहरूको पर्यटन अवस्थामा देखा परेका विभिन्न प्रकारका परिवर्तनहरूबारे ब्याख्या गरिएको छ।

      उक्त प्रतिवेदनका अनुसार, सन् 2013मा पैचिङ्ग, शाङ्गहाई, क्वाङ्ग चौ र शन चन यी चारवटा ठूला शहरबाहेक अन्य मझौला शहरका झन् झन् बढी पर्यटकहरूले देश र विदेशको यात्रा गर्न छनौट गरेका थिए। तीमध्ये वन चौ, पाउ थौ र यी छाङ्ग यी तीनवटा शहरमा देश पार गरी यात्रा गर्ने पर्यटकहरूको सङख्या सबैभन्दा तीव्र गतिले वृद्धि भएको देखिन्छ।

         बितेका केही वर्षको तुलनामा सन् 2013मा चिनियाँ पर्यटकहरूले पर्यटनको क्रममा उपभोग गर्ने तरिकामा पनि केही नयाँ परिवर्तन देखा परेको देखिन्छ। सन् 2012को दाँजोमा सन् 2013मा चिनियाँ यात्रु विशेषगरी युवा यात्रुहरूले आफ्नो पैसालाई अझ उच्च गुणस्तरीय होटेल, किनमेल र रेस्टुराँमा प्रयोग गर्नका लागि छनौट गरेका थिए। उक्त प्रतिवेदनका अनुसार, फ्रान्स तथा इटली दुवै देश विश्वप्रख्यात मार्का लुइस भिट्टन र प्रादाका उद्गम स्थल नै हुन्। त्यसैकारण ती दुईटा देश सारा विश्वका पर्यटकीय गन्तव्यहरूमध्ये आफ्नो सशक्त प्रतिस्पर्धात्मक शक्ति रहेका देश हुन्। तर चिनियाँ यात्रुहरूको विचारमा आवत-जावत गर्ने विमान अथवा रेलको टिकट मूल्य पर्याप्त सस्तो छ भन्ने निकै राम्रो हुने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

            सन् 2012मा झण्डै चार करोड असी लाख चिनियाँ यात्रुहरूले विदेश भ्रमणलाई छनौट गरेका थिए। तीमध्ये 45 प्रतिशतका यात्रुले हङ्गकङ्ग र मकाउको यात्रा गरेका थिए भने झण्डै 35 प्रतिशत यात्रुहरूले अन्य एशियाली मुलुकको यात्रा गरेका थिए। यसबाहेक, करिब 20 प्रतिशत जति पर्यटकहरू एशिया बाहिरका गन्तव्य मुलुक घुमेका थिए। तर सन् 2013को अन्त्यसम्म हङ्गकङ्ग र मकाउ घुमेका पर्यटकको अनुपात 12प्रतिशतसम्म घटेको देखिन्छ। बरु एशिया बाहिरका गन्तव्य मुलुकको छनौट गर्ने पर्यटकको अनुपात चाहिं 44 प्रतिशतभन्दा बढी पुगेको छ।

          उक्त प्रतिवेदनका अनुसार, गत वर्ष थाइल्याण्डको विशेषतायुक्त समुद्री रीतिरिवाज र आनन्ददायी मौसम भएकाले निकै बढी चिनियाँहरूलाई आकर्षित गरेको छ। त्यसै कारण थाइल्याण्ड सन् 2013 चिनियाँका लागि सबभन्दा मन पर्ने गन्तव्य स्थलको पहिलो सूचिमा परेको थियो। अनि अमेरिका, बेलायत र फ्रान्स क्रमश: त्यसपछि रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ