फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊ हान विश्वविद्यालयको इतिहासबारे चर्चा

(GMT+08:00) 2014-01-13 14:09:40

          ऊ हान विश्वविद्यालय जन गणतन्त्र चीनको शिक्षा मन्त्रालय मातहतको एक महत्वपूर्ण विश्वविद्यालय हो। जुन हु पै प्रान्तको पहिलो उच्चस्तरीय विश्वविद्यालय हो। ऊ हान विश्वविद्यालयको इतिहास लामो भइसकेको छ। सन् 1893अर्थात् प्राचीन छिङ्ग वंशको सरकारले हु पै प्रान्तमा एउटा आत्म सशक्त प्रतिष्ठानको स्थापना गरेको थियो।

         अनि सन् 1928मा त्यस प्रतिष्ठान धेरै सुधार र विकास भएपछि देशबाट सञ्चालिन एक विश्वविद्यालयको रुपमा परिणत गरिएको थियो। साथै विश्वविद्यालयलाई औपचारिक रुपमा ऊ हान विश्वविद्यालय भन्ने नाउँमा पनि निश्चित गरिएको थियो।

         सन् 1946सम्म त्यस विश्वविद्यालयमा साहित्य, कानून, कृषि र चिकित्सा लगायत जम्मा छवटा क्याम्पस पनि खडा गरिएको थियो। नयाँ चीन स्थापना भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले त्यस विश्वविद्यालयको उच्च महत्व दिएका थिए। सन् 1958मा पूर्व अध्यक्ष माउ च तुङ्गले ऊ हान विश्वविद्यालय गएर वास्तविक निरीक्षण गर्नुभएको थियो।

          सन् 1993 ऊ हान विश्वविद्यालय स्थापना भएको एक सयौं वार्षिकोत्सव थियो। त्यस उपलक्ष्यमा पूर्व राष्ट्राध्यक्ष च्याङ्ग च मिन लगायतका नेतागणले बेग्लाबेग्लै गरी भाषण दिंदै विश्वविद्यालयको एक सयौं वार्षिकोत्सवलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।

          सुधार र खुलापन लागू भएयता ऊ हान विश्वविद्यालयले अरु विश्वविद्यालयभन्दा अगावै सर्वप्रथम शिक्षा-दिक्षाको सुधार गर्न थालेको छ। सुधार भएपछि विश्वविद्यालयका विभिन्न कार्य धुमधामसँग चल्नुका साथै विश्वविद्यालयको कूल स्तर पनि माथि उठ्दैगएको देखिन्छ।

         सन् 1999मा विश्वको आधिकारिक पत्रिका अर्थात् साइन्स नामक पत्रिकाले ऊ हान विश्वविद्यालयलाई "चीनका सबैभन्दा वरिष्ठ विश्वविद्यालयमध्येको एक" मानिएको थियो। के भन्नसकिन्छ भने अन्तर्राष्ट्रिय जगतले ऊ हान विश्वविद्यालयलाई उच्च प्रतिष्ठा पनि दिएको छ। अनि सन् 2000मा ऊ हान विश्वविद्यालयले हु पै प्रान्तका अन्य तीनवटा विश्वविद्यालयसँग जोडेपछि नयाँ रुपको ऊ हान विश्वविद्यालयलाई सारा संसारसमक्ष देखाएको छ।

          ती अन्य तीनवटा विश्वविद्यालय यस प्रकार छन्: ऊ हान जल र विद्युत शक्ति विश्वविद्यालय, ऊ हान नक्साँकन विश्वविद्यालय र हु पै चिकित्सा विश्वविद्यालय रहेका छन्। अन्य तीनवटा विश्वविद्यालयसँग जोडेको कुराबाट ऊ हान विश्वविद्यालयका लागि नयाँ अध्याय पनि खोलिएको छ। त्यो कुरा ऊ हान विश्वविद्यालयको नयाँ विकास हुने प्रतिक पनि हो।

          जम्मा चारवटा विश्वविद्यालय मिसाइएपछि ऊ हान विश्वविद्यालयको मिलिजुली शक्ति र प्रतिस्पर्धात्मक शक्ति दिनप्रति दिन बढ्दैगएको देखिन्छ। गत सन् 2011मा ऊ हान विश्वविद्यालयले बेलायतको द टाइम्सद्बारा प्रकाशित विश्वका चार सय वरिष्ठ विश्वविद्यालय सूचीमा प्रवेश गरेको थियो।

       

जानकारी तथा लेखहरु
सुझाउ