फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मोबाइलद्वारा पहिलो तिब्बतसम्बन्धी मोबाइल गेम सार्वजनिक

(GMT+08:00) 2014-01-14 08:58:26

     विश्वको पहिलो तिब्बतसम्बन्धी मोबाइल गेम "सगरमाथातिर हिँड" सार्वजनिक भएको छ। यो मोबाइल गेम चाइना मोबाइल ग्रुप र हङ्ग कङ्ग युकेन ग्रुपले मिलेर विकास गरेको हो। इन्टर्नेटबाट तिब्बती संस्कृति तथा कला प्रचार-प्रसार गर्नसकिने त्यसको लक्ष्य रहेको छ।

      उक्त गेम एन्ड्रोइड सिस्टम र एप्पलको आइ ओ एस सिस्टममा चलाउन सकिन्छ। गेममा तिब्बती प्राकृतिक दृश्य र सांस्कृतिक विषय समेटिएको छ। युकेन ग्रुपका अध्यक्ष ऊ हाइ फोङले जानाकारी दिएअनुसार, उक्त "सगरमाथातिर हिँड" नामक गेम मोबाइ गेम मात्र होइन तर गेममा आधारित समुदाय र ई-वाणिज्य मञ्च पनि हो। त्यसले गेमको आधारमा सामाजिक अन्तर्क्रिया, सपिङ्ग, पर्यटन, शेयर गर्नसकिन्छ र त्यसमा तिब्बती संस्कृति, दृश्यावलोकन, गीत-संगीत आदि विषय छन्।

     केही दिन अगाडि आयोजित गेम सार्वजनिक समारोहमा उक्त गेम प्रदर्शन गरिएको थियो। सो अवसरमा हामीले देख्यौँ गेममा देखिएका सबै दृश्य तिब्बतका ल्हासा, लिन्ची आदि व्यावहारिक क्षेत्र थिए। पोताला दरबार, सगरमाथा आदि दृश्य पनि धेरै गेमा देखिन्छ। त्यसबाट हामीले तिब्बतको संस्कृति, दृश्य आदि बुझ्नसक्छौँ साथै कुपन, पर्यटनसम्बन्धी टिकट तथा होटेलको बुकिङ्ग, कलात्मक बस्तुको सपिङ्ग आदि ई-वाणिज्य सेवा पनि पाउनसकिन्छ।

    यसबाहेक हामीले गेमको अवधिमा अन्तर्रक्रिया गर्न पनि सक्छौँ। एक आपसलाई पर्यटनसम्बन्धी अनुभव, दृश्यावलोकन क्षेत्रको जानकारी यी सबै विषयसम्बन्धी आदान-प्रदान गर्न पनि सकिन्छ।

     ऊ हाइ फोङका अनुसार, सन् 2013 विश्वको मोबाइल इन्टर्नेट प्रयोगकर्ताको संख्या 1.3 अर्बभन्दा बढी पुगेको छ। मोबाइल इन्टर्नेटको तिब्र विकास हुँदा चिनियाँ संस्कृति पनि तिब्र गरी विश्वसम्म फैलिन्छ। हङ्ग कङ्गको सांस्कृतिक उद्योगको रुपमा रहेको युकेन ग्रुपको लागि हङ्ग कङ्गबाट चिनियाँ संस्कृतिलाई अझ राम्रोसँग विश्वसम्म फैलाउने जिम्मा र कर्तव्य रहेको छ।

       तिब्बतका सांस्कृतिक स्रोतहरु निकै मूल्यवान छन्। त्यसैले सहयोगी दुई पक्षले यसै गेम सार्वजनिक कार्यक्रमलाई हङ्ग कङ्गको बौद्धिक सम्पत्ति अधिकार केन्द्रमा राखेको छ। जसबाट विश्वमा "सगरमाथातिर हिँड" गेमको बौद्धिक सम्पत्तिको अझ राम्रोसँग संरक्षण गर्नसकिन्छ।

       युकेन ग्रुपका महा-प्रबन्धक क्वान च्येन छुङका अनुसार, चीनको मुख्य भूमि र हङ्ग कङ्गमा जाइना मोबाइलका धेरै प्रयोगकर्ता छन्। साथै विदेशमा युकेन ग्रुपको ठूलो प्रभाव छ। त्यसैले "सगरमाथातिर हिँड" गेमसम्बन्धी सबैको पूर्ण विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ