फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग व्हो तीन नम्बर चन्द्र अन्वेषण यान

(GMT+08:00) 2014-01-22 14:29:00

          पैचिंग समयबमोजिम सन् 2013 डिसेम्बर 2 तारिख एक बजे तीस मिनेट चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रमा "छाङ चङ तीन नम्बर ख" रेकट मार्फत् "छाङ्ग व्हो तीन नम्बर" चन्द्र अन्वेषण यानलाई प्रक्षेपण गर्न सफल भएको थियो।

          छाङ्ग व्हो तीन नम्बर चन्द्र अन्वेषण यान अवतरण यान र निरीक्षण यान अर्थात् चन्द्रमाको परिक्रमा गर्ने यानद्वारा गठित भएको हो। छाङ्ग व्हो एक नम्बर र दुई नम्बरसित छुट्टिएर छाङ्ग व्हो तीन नम्बर उपग्रह अर्थात् "अन्वेषण यान" भनिएको छ।

         सन् 2013 नोभेम्बर 26 तारिख चन्द्रमाको परिक्रमा गर्ने यानलाई "यु थु"को नाम दिइएको थियो। चीनको पहिलो चन्द्रमाको परिक्रमा गर्ने यानका लागि विश्वभरि नामको संकलन कार्यक्रममा लगभग 6 लाख 50 हजार जना इन्टर्नेट प्रयोगकर्ताले "यु थु" यसको नाम हुनुपर्ने भनेर अभिमत दिएका थिए।

         छाङ व्हो तीन नम्बर चन्द्र अन्वेषण यान भार लगभग 3.8 टन छ। चन्द्र सतहमा सफ्ट ल्याण्डिङ भएपछि "यु थु" नम्बरले तीन महिनासम्म वैज्ञानिक अन्वेषण गर्ने छ।

         मानव जातिले चन्द्रमा अन्वेषण गर्नका लागि "अन्वेषण", "अवतरण", "बसाइ" गरी तीन वटा चरण पालना गर्ने गरिन्छ। चीनले चन्द्रमा अन्वेषण गर्ने परियोजनाले पहिलो पाइला अर्थात् "चन्द्रको अन्वेषण"लाई "चक्कर लगाउने", "अवतरण गर्ने", "फिर्ता हुने" गरी तीन वटा ठोस चरणमा विभाजन गरिएको छ।

         चन्द्रमामा चक्कर लगाउने परियोजना छाङ्ग व्हो एक नम्बरद्वारा पूरा गरिएको छ। "चन्द्रमामा चक्कर लाउने" कार्य पूरा भएपछि "चन्द्रमा अवतरण" चरणमा प्रवेश गरिएको छ। "चन्द्र अवतरण" कार्य छाङ्ग व्हो तीन नम्बरद्वारा पूरा गरिएको हो।

         छाङ्ग व्हो एक नम्बर र दुई नम्बरको तुलनामा छाङ्ग व्हो तीन नम्बर अन्वेषण यानको जटिल प्राविधिक माग र डिजाइन छ। छाङ्ग व्हो तीन नम्बर अन्वेषण यान अवतरण यान र निरीक्षण यानबाट गठित भएको छ। निरीक्षण यान अर्थात् चन्द्रमाको परिक्रमा गर्ने यान नौ वटा शाखा प्रणालीबाट गठित भएको छ। अवतरण यान चन्द्रको सतहको सफ्ट ल्याण्डिङका लागि खास गरी बनाइएको अन्तरिक्ष चौतारो भएको हो। अवतरण यानका एघार वटा शाखा प्रणाली छ।

         छाङ्ग व्हो तीन नम्बर अन्वेषण यान रेकटमार्फत् प्रक्षेपण गरिएपछि चौध दिनसम्म उडेर चन्द्रको साइनस इरिडममा सफ्ट ल्याण्डिङ भएको छ। त्यसपछि अवतरण यान र निरीक्षण यानले छुट्टिएर चन्द्रमामा स्वतन्त्र रुपमा अन्वेषण कार्य गर्ने छन्।

         पहिलेका अन्तरिक्ष यानहरुको तुलनामा छाङ्ग व्हो तीन नम्बरको सबैभन्दा ठूलो विशेषता पृथ्वी वाहिरको खगोलीय पिण्डमा सफ्ट ल्याण्डिङ भएको र चन्द्रको सतहमा अन्वेषण गर्ने भन्ने हो। यसबाट चीनको अन्तरिक्ष इतिहासमा अर्को "पहिलो" घटना खडा गरिएको छ।

         अन्तरिक्षमा छाङ्ग व्हो तीन नम्बरका तीन वटा लक्ष्य छन्। पहिलो, चन्द्रमा स‍फ्ट ल्याण्डिङ पूरा भएको छ र चन्द्रमा अन्वेषण गरिने छ। दोस्रो, चन्द्रमा सफ्ट ल्याण्डिङको अन्वेषण यान र निरीक्षण यानको अनुसन्धान गरिनेछ। तेस्रो, चन्द्रमाको अन्वेषणसम्बन्धी अन्तरिक्ष परियोजनाको आधारभूत प्रणालीको स्थापना गरिनेछ।

         यस वाहेक, छाङ्ग व्हो तीन नम्बरले चन्द्रमाको सतहको आकार र भौगोलिक अवस्थाको जाँचबुझ गर्ने, चन्द्रमाको सतहको पदार्थ र प्रयोग गर्नसकिने श्रोत-साधनको जाँचबुझ गर्ने, अन्तरिक्ष वातावरणको अन्वेषण आदि गर्नेछ। ती जाँचबुझ र अन्वेषणले भविश्यमा चन्द्रमामा अन्वेषणसम्बन्धी चीनको कार्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।

        "छाङ्ग व्हो तीन नम्बर" चन्द्र अन्वेषण यान र "छाङ चङ तीन नम्बर ख" रेकट चिनियाँ अन्तरिक्ष विज्ञान तथा प्रविधि समूहद्वारा समन्वय र अनुसन्धान गरिएका छन्। "छाङ्ग व्हो दुई नम्बर" उपग्रह र रकेटको तुलनामा यस पटक प्रक्षेपण गरिएको रकेटमा धेरै प्रविधि परिवर्तन भएको छ। रकेटको सुरक्षा क्षमता बढाइएको छ। यस पटकको प्रक्षेपण छाङ चङ रकेटको 186औं प्रक्षेपण हो।

जानकारी तथा लेखहरु
सुझाउ