फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नी चोङ्ग गुम्बाको पुन:निर्माण

(GMT+08:00) 2014-01-17 08:37:10


        गत सन् 2010को अप्रिल चौध तारिखका दिन छिङ्ग हाई प्रान्तको यु शुमा बिनाशकारी भूकम्प गएको थियो। त्यसबाट तत्स्थानका लगभग एक सयवटा धार्मिक स्थललाई विभिन्न स्तरमा ध्वस्त पारिएको थियो। बढी धार्मिक व्यक्तिहरू त्यस प्रकोपमा हताहत हुनुका साथै घरबार बिहीन भएका थिए। तर तीन वर्षसम्मको पुन:मर्मत गरिएपछि ध्वस्त पारिएका धार्मिक स्थलहरू अब नयाँ दृश्यमा देखिएका छन्।

        तीन वर्षअघिको बिनाशकारी भूकम्पमा नी चोङ्ग गुम्बामा रहेका तीनवटा सुनौलो दरबार ध्वस्त हुनुका साथै भिक्षुहरूको आबासभवनमा नराम्ररी क्षति पुगेको थियो। तीन वर्ष भइसके तापनि स बा नामका अवतारी बुद्धले त्यति बेलाको भूकम्पलाई पट्टकै बिर्सनसक्नुभएको छैन। उहाँले भूकम्पको पुन:सिंहावलोकन गर्दै भन्नुभयो: हाम्रो नी चोङ्ग गुम्बा सन् 2006मा स्थापना गरिएको थियो। तर कसैलाई पनि सम्झेको छैन, करिब साढे तीन वर्षसम्म त्यो गुम्बा भूकम्पबाट ध्वस्त अवस्थामा थियो। हामीलाई साह्रै दु:ख लागेको छ। तर आश्चर्य र घत लाग्दो कुरा के हो भने हाम्रो देशले प्रकोप उत्पन्न भएपछिको तीन महिनामा हाम्रो धार्मिक स्थलको पुन:निर्माण गर्ने योजनाको तर्जुमा गरेको थियो। अनि छिटोभन्दा छिटो गरी हाम्रो नी चोङ्ग गुम्बालाई 58लाख 40हजार चिनियाँ युआन छुट्याएको थियो। त्यो मैले कहिल्यै पनि विचार गरेको थिइन।

        नी चोङ्ग गुम्बाको पुन:निर्माण जम्मा एक वर्षसम्म गरिएको थियो। त्यस अवधिमा गुम्बाका एक सयभन्दा बढी भिक्षुहरू सबै नै टेन्टमा बसेका थिए। टेन्टमा बसेको क्षण सम्झँदा अवतारी बुद्ध स बा यसरी भन्नुहुन्छ: टेन्टमा एक वर्षभन्दा लामो समयसम्म बसेको थिएँ। त्यति बेला निकै अप्ठ्यारो पर्‍यो। तैपनि हामी मातृभूमिप्रति निकै कृतज्ञता व्यक्त गर्न चाहन्छौं। किनभने भूकम्पमा धेरैजनाको घरबार बिहीन भए। धेरै मानिसका नातेदार र साथीहरुले ज्यान पनि गुमाएका थिए। प्रत्येक मान्छेलाई साह्रै दु:ख लागेको छ। तर हाम्रो मातृभूमिले ती मानिसलाई एउटा साझा परिवारको वातावरण सिर्जना गरेको छ। हाम्रा भवन ध्वस्त भए तापनि हाम्रा मनलाई एकै ठाउँमा एकताबद्ध गरिएको छ। त्यसै कारण जति कठिन अवस्थामा परे तापनि हामीले धार्मिक गतिबिधिलाई कायम राख्दैजानेछौं।

        चीनको स छ्वान प्रान्तको एउटा इन्जिनियरिङ्ग कम्पनीले नी चोङ्ग गुम्बाको पुन:निर्माणको जिम्मेवारी लिएको थियो। ती कम्पनीका प्राय:जसो कामदारहरू हान जातिका जनता हुन्। गुम्बाको पुन:निर्माण गर्ने क्रममा ती कामदारहरूले अरु तिब्बती भिक्षुहरूसँगै मिलेर टेन्टमा आश्रय लिएका थिए। स्थानीय वातावरण निकै अप्ठ्यारो र नराम्रो भए तापनि हान जातिका दाजुभाइ तथा तिब्बती जनताका भिक्षुहरू मिल्दोजुल्दोसँग बसिरहेका थिए। तिब्बती भिक्षुहरूले समयसमयमा कामदारहरूलाई फलफुल, रोटी र नौनी चिया दिने गरेका थिए।

        अवतारी बुद्ध स बाका अनुसार, नी चोङ्ग गुम्बाको पुन:निर्माण कार्यलाई तत्स्थानका धार्मिक विभाग, डिजाइन संस्था र साँस्कृतिक सँरक्षण एकाईहरूले ठूलो समर्थन र सहायता दिएका छन्। साढे एक वर्ष भएपछि नो चोङ्ग गुम्बाको पुन:निर्माण कार्य सफलताका साथ सम्पन्न भएको थियो। भिक्षुहरू खुसीसाथ टेन्टबाट नयाँ गुम्बामा सरेका छन्। हाल नी चोङ्ग गुम्बामा जल विद्युत र टेलिकम आदि समस्याहरूको पूराका पूरै समाधान गरिसकिएको छ। भिक्षुहरूले सामान्य जीवनबारे कुनै चिन्ता लिनुपर्दैन।

        स बा नामका अवतारी बुद्धका अनुसार, सन् 2010मा बिनाशकारी भूकम्प प्रकोप उत्पन्न भएपछि गुम्बाका नब्बेभन्दा बढी भिक्षुहरूले सक्रियताका साथ प्रकोप उद्धार कार्यमा भाग लिएका थिए। उनीहरूले लगभग आधा महिनाको समयमा सरकारी विभाग र सिपाहींहरूलाई सहायता दिएर तीसभन्दा बढी घाइतेलाई जोगाएका थिए। यसबाहेक, भिक्षुहरूले आफ्नो व्यक्तिगत पैसाद्बारा पचास हजार जतिको प्रकोप उद्धार सामग्री खरिद गरेका थिए। यस विषयबारे चर्चा गर्दै स बा यसरी भन्नुहुन्छ: त्यो बिनाशकारी भूकम्पमा सौभाग्यवश हाम्रो गुम्बामा कोही पनि हताहत भएको थिएन। तर अरु मान्छेलाई सहयोग चाहेको बेला हामीले तुरुन्तै माया र सहयोग पुर्‍याउनुपर्छ। त्यो हाम्रो पवित्र कर्तव्य हो।

जानकारी तथा लेखहरु
सुझाउ