फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 "वायुभन्दा माथि"शीर्षको चलचित्रबारे चर्चा

(GMT+08:00) 2014-01-20 14:21:27

        सन् 2013को अन्तिम दिन अर्थात् डिसेम्बर एकतीस तारिखका दिनदेखि "वायुभन्दा माथि"शीर्षकको चलचित्र चीन देशैभरि औपचारिक रुपमा देखाउन थालिएको हो। त्यो चलचित्र मुख्य भूमिका युवा निर्देशक थङ्ग व्हा थाउ र थाइवानको चिन मा पुरस्कार पाएकी वरिष्ठ पटकथा लेखिका पाउ चिङ्ग चिङ्गले संयुक्त रुपमा बनाउनुभएको हो। चिनियाँ चलचित्र मञ्चमा रहेका दुईजना सक्रिय युवा अभिनेता चिङ्ग पो रान र युवा अभिनेत्री नी नीले बेग्लाबेग्लै गरी चलचित्रका मुख्य पुरुष र महिला पात्रको भूमिका निर्वाह गरेका छन्।

        चलचित्रमा यस्तो कथा लेखिएको छ: केही युवा युवतीबाट गठित एउटा पर्यटन टोलीले सारा विश्वको सबैभन्दा सुखी मुलुक मानिने नेपालको अवलोकन गर्ने "सुखमय यात्रा"थालेका छन्। ती यात्रुहरूमध्ये मीठा खानेकुरा सम्बन्धी विशेष लेखिका छङ्ग यु मङ्ग, धनी परिवारका छोरा वाङ्ग छान र भर्खरै विश्वविद्यालयबाट स्नातक भएकी युवती ली र स्युए रहेका छन्। यसबाहेक, आ-आफ्नो परिवारमा बारम्बार झगडा र विवाद मौजुद रहेका आइमाइहरू र सुन्दर फोटो खिच्नुलाई मुख्य उद्देश्य बनाएका फोटोग्राहकहरू पनि समावेश छन्। के भन्नसकिन्छ भने त्यस पर्यटन टोलीका सदस्यहरुको भिन्ना भिन्नै किसिमका समस्याहरु रहेका छन्। पर्यटन गर्नका लागि उनीहरू जम्मा भएर रमणीय मुलुक नेपालतर्फ प्रस्थान गर्दछन्।

        पर्यटन टोलीले शुरुवातदेखि अनेकन् गोलमाल कठिनाइहरुको सामना गर्नुपरेको छ। जस्तै: टोली स्थापना गरिएपछि तुरुन्तै तत्स्थानमा बिघटन गरिएको छ, मध्यरात बस्दाखेरी होटेलमा बिद्युत विच्छेद गरिएको, चुचुरोमा अवस्थित सानो अतिथि भवनमा बसेको डर लाग्दो अनुभव र तत्स्थानमा डाँबाडोल गतिबिधि भेटिएको घटनाहरू हुन्। तर जति जटिल कठिनाई भेटिए तापनि मण्डलका सदस्यहरूले एकले अर्काको ख्याल-विचार गर्नुका साथै आपस्तमा सक्दो ठूलो सहयोग दिएका छन्। अनेकन् जटिल घटनाहरू उत्पन्न हुने क्रममा प्रत्येक सदस्यले आफ्नो साँचो अनुहारलाई अरुसमक्ष देखाएका छन्।

        नेपालबाट छाड्नुअघिको अन्तिम दिनमा मुख्य पात्र अर्थात् वाङ्ग छान नामका धनी युवकले मण्डलका अन्य सदस्यलाई प्याराग्लाइडिङ्ग खेल्न निमन्त्रणा दिएका छन्। उनीहरू प्याराग्लाइडिङ्ग बोकेर चुचुरोको किनारमा उभिंदा मनमा साह्रै डर उत्पन्न भएको देखिएका छन्। त्यस्तो अवस्थामा प्रशिक्षकले पहाड अगाडिको बनतिर औंल्याएर भन्छन्: हतार गर्नु पर्दैन, हामी वायुलाई पर्खन्छौं। केही समय पर्खेपछि अगाडिका रुखहरू वायु बहेसँगै हल्लिन थालेको देखिन्छ। त्यति बेला सो टोलीका सबै सदस्यहरु सफलताका साथ नीलो आकाशमा उडेका छन्।

        आकाशमा उडिरहेको बेला हरेक मान्छेको मनमा विभिन्न किसिमको भावना आएको छ। वास्तवमा जीवनको यात्रा होस् वा सामान्य जीवन बिताउँदा कुनै निर्णय वा परिवर्तन गर्ने सवालमा हतारिनु हुँदैन। विशेषत: जीवनको किनारमा पुग्दा कुनै दिशातिर जानुको सट्टा शान्त भएर वायुलाई पर्खनु अझ उपयुक्त हुन्छ।

        विशेषतायुक्त प्याराग्लाइडिङ्गको अनुभव गरेपछि हरेक मानिसले यथावत रुपमा आ-आफ्नो सामान्य जीवनलाई निरन्तरता दिनुपर्छ। तैपनि केही रोचक र बिर्सन नसकिने स्मरणहरू पछिका दिनहरूमा उनीहरूको दिमागमा आउने सम्भावना हुन्छ। आगामी दिनहरूमा उनीहरू शान्त भएर वायुको आवाज आ-आफ्नो कान छेउ पुन: सुन्नका लागि पर्खनेछन्।

        प्राप्त जानकारी अनुसार, "वायुभन्दा माथि"शीर्षकको चलचित्रमा पाँच खण्डको चार खण्डका दृश्यहरू नेपालका विभिन्न ठाउँमा खिचिएको हो। सन् 2013को मार्च तीन तारिखका दिन "वायुभन्दा माथि"शीर्षकको चलचित्र खिच्ने कार्य नेपालको चितवनमा औपचारिक रुपमा शुरु भएको छ। अनि चलचित्र छायाङ्कन टोलीले अघिपछि गरी नेपालका चितवन, पोखरा र राजधानी काठमाडौंमा श्रृंखलाबद्ध रमणीय दृश्यहरू खिचेका थिए। मे तेईस तारिखका दिनसम्म चितवन, पोखरा, काठमाडौं र शाङ्गहाई यी चार ठाउँमा रहेका चलचित्रका शाखा तयारी टोलीहरुको काम पूराका पूरै सम्पन्न भएको थियो।

        सन् 2013को डिसेम्बर छब्बीस तारिखका दिन "वायुभन्दा माथि"शीर्षकको चलचित्रले पैचिङ्गमा प्रथम प्रसारण समारोहको आयोजना गरेको थियो। त्यस समारोहमा निर्देशक थङ्ग व्हा थाउ, पटकथा लेखिका पाउ चिङ्ग चिङ्ग, खानेकुरा सम्बन्धी विशेष लेखिका छङ्ग यु मङ्गको अभिनय गरेकी युवा अभिनेत्री नी नी र धनी परिवारका छोरा वाङ्ग छानको अभिनय गरेका युवा अभिनेता चिङ्ग पो रानको उपस्थिति थियो। उनीहरूले सञ्चार-माध्यमसमक्ष चलचित्र बनाउने क्रममा देखा परेका विभिन्न रोचक घटनाहरूबारे जानकारी दिएका थिए। अनि सन् 2013को अन्तिम दिन अर्थात् डिसेम्बर एकतीस तारिखका दिनदेखि "वायुभन्दा माथि"शीर्षकको चलचित्र चीन देशभरि औपचारिक रुपमा प्रसारण गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ